Websoft University

भन्सार नाकाबाटै तस्करीको नयाँ तरिका-एउटै प्रज्ञापन पत्र देखाएर बारम्बार तस्करी

विराटनगर, साउन १६ गते ।  रातो तारा डट कम,विराटनगर भन्सार कार्यालय परिषरबाटै भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा नयाँ उपाय लगाएर सामान तस्करी हुने गरेको पाइएको छ । भन्सार नाकाबाट एउटै प्रज्ञापन पत्र देखाएर तस्करीमा संलग्नले बारम्बार सामान ओसारपसार गर्दा समेत त्यसमा एजेन्ट र कर्मचारीले सहयोगीको भूमिका निर्वाह गर्ने गरेको सार्वजनिक भएको हो ।

भन्सार ढाटमा सशस्त्र र नेपाल प्रहरीको २४ घण्टा नै ड्युटी हुने भए पनि यसरी हुने तस्करी पत्ता लागेको थिएन । भन्सार प्रमुख कृष्ण बस्नेतले रातो तारा डट कम,लाई दिएकोअनुसार यस्तो खालको तस्करी कसैको सहयोग विना सम्भव छैन ।

‘तस्करीमा संलग्नले विहान काटेको एउटै प्रज्ञापन पत्र देखाएर दिनभर सामान ओसारपसार गर्दा रहेछन्,’ उहाँले भन्नु भयो, ‘यसमा कडाई नगरिनुमा भन्सार महशुल लिन बसेका एवं जाँचपासमा खटिएका कर्मचारी, एजेन्ट र प्रहरीकै कमजोरी देखिन्छ ।’

बस्नेतले तस्करलाई बल पुग्ने गरी काम गर्ने कर्मचारी र एजेन्टको पहिचान गरेर कारवाही अघि बढाउन निर्देशन समेत दिनु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बारम्बार सामान ओसारपसारमा प्रज्ञापन पत्र भने एउटै हुने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्दै भन्सार नाकाबाट हुने तस्करी निमिट्यान्न पार्न निर्देशन दिएर प्रहरी नायव निरीक्षक दीपक यादवको नेत्रृत्वमा भन्सारको ढाटमा टोलीनै परिचालन गर्नु भएको छ ।

प्रनानि यादवले भन्नु भयो, ‘तस्करीमा संलग्नले प्रत्येक दिन विहान एउटा प्रज्ञापन पत्र काट्दा रहेछन् र त्यसैलाई प्रयोग गरेर दिनभर सामान ओसारपसार गर्दा रहेछन् ।’ यादवका अनुसार भारतबाट नेपालतर्फ भित्रने फलफुल, माछा, गाडीका पार्टपूर्जा, कपडा, चिनी, काजु, किसमिस तथा खाद्यान्न तस्करीमा संलग्नले एउटा प्रज्ञापन पत्र देखाएर दिनभर ओसारपसार गर्ने गरिएको पाइएको छ ।

ठेला, रिक्सा, सिटी सफारी र साइकलको प्रयोग गरेर हुने गरेको तस्करीमा एउटै प्रज्ञापन पत्रको प्रयोग गर्ने गरिएको पाइएको हो । प्रहरीले भन्सारको ढाटमा चेकजाँचमा कडाई गर्दै एउटै प्रज्ञापन पत्रको प्रयोग गरेर पटक पटक ओसारपसार गरिने सामान नियन्त्रणमा लिएर कारवाहीका लागि भान्सार कार्यालयमा समेत बुझाउन थालेको छ ।

 त्यसरी ल्याउने गरिएको एक सय ५० किलो चिनी बरामद गरेर प्रहरीले कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.