Websoft University

४१ उम्मेदवार निर्विरोध निर्वाचित भए बाँकीको भोलि निर्वाचन हुदैछ


काठमाडौं,असार १३ गते । रातो तारा डट कम,दोस्रो चरणको स्थानीय तुनावमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि भोलि हुँदैछ । बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका,१११ नगरपालिका र २१५ गाउँपालिकामा चुनाव हुन लागेको हो ।

१५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवारचुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने आयोगले जनाएको छ यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.