Websoft University

उमादेवी शर्माको स्मृति ग्रन्थ विमोचन



विराटनगर, असार १६ गते । रातो तारा डट कम-नेपाली काँग्रेसकी नेतृ उमादेवी शर्माको स्मृति ग्रन्थ विमोचन गरिएको छ ।

आज विराटनगरको कोइराला निवासमा आयोजित एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, काँग्रेस प्रजातन्त्र सेनानी रमाप्रसाद रिजाल, इन्दिरा लामा,लगायतले पुस्तक विमोचना गर्नुभयो ।

शर्मा लामोसमय कोइराला निवासमा बस्नु भएको थियो । काँग्रेस र कोइरालासँग निकट रहेकी शर्माको शुक्रबार वार्षिक पूण्यतिथिको अवसर पारेर पुस्तक विमोचन गरिएको प्रकाशक प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा.अनिल पोखरेलले बताउनु भयो ।

कार्यक्रममा डा. शेखर कोइराला, रमाप्रसाद रिजाल, अधिवक्ता भरत थापा,बद्रीनारायण बस्नेत,शर्माकी मित्र इन्दिरा लामा, शर्माका नाती सुनिल नाहटा, काँग्रेस नेता निरन्जन रिजालले शर्माको व्यक्तित्वमाथि चर्चा गरेका थिए ।














Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.