Websoft University

बङ्गलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी




काठमाडौ, दाङ,असार १६ गते । रातो तारा डट कम- जिल्लाको बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्र,का भक्तबहादुर वलीले तीन हजार ३५२ र उपाध्यक्षमा सोही पार्टीका यमुना घर्तीले तीन हजार ३७१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोजराज पाण्डेले दुई हजार ५१५ तथा काग्रसकी निर्मला खनालले दुई हजार ५६९ मत प्राप्त गर्नुभएको छ ।

उक्त गाउँपालिकाको वडा नं। १ मा नेपाली कांग्रेस, वडा नं २, ३, ४, ५, ७ र ८ मा माओवादी केन्द्रका उम्मेदवार प्यानलै विजयी भएका थिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका–२ को वडाअध्यक्षमा काँग्रेसका राजु आचार्यले ८३५ मत प्राप्त गरी विजय हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का भीमबहादुर योगीले ८२५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महिला सदस्यमा कमला थापा, दलित महिला सदस्यमा सरीता विक,खुल्ला सदस्यमा कविराम चौधरी र राजकुमार केसी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.