Websoft University

मतदान गर्ने युवायुवती भन्दा जेष्ठनागरिक धेरै


केराबारी,मोरङ,असार १५ गते। रातो तारा डट कम,
केराबारी गाउँपालिका मोरङको वडा नम्बर -२सिंहदेवीमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ।

सिंहदेवीको लेचाङ्गो मतदान केन्द्र र पन्चायत प्रावि हाबेचौरीमा भएको मतदानमा युवायुवती भन्दा जेष्ठनागरिकले धेरै मत खसालेको पाइएको छ।युवाहरू धेरै वैदेशिक रोजगारमा भएको र धेरैको फोटो सहितको मतदाता नामावली नभएको कारण पनि युवाहरुको उपस्तिथि कम भएको स्थानीयहरु बताउछन् ।

पहाडी वडामा पर्ने सिंहदेवीको कुल मतदाता चौध सयमा १०६०मत खसेको चेचाङ्गो मतदान केन्द्रका मतदान अधिकृत नारायण दाहालले बताउनु भयो।

लेचाङ्गोमा ४८६र पन्चायत प्रावि हावेचौरमा ५७४मत खसेको थियो।सिंहदेवीमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.