Websoft University

उद्योग सङ्गठन मोरङले हिजो भव्य स्वर्ण जयन्ती मनायो



विराटनगर, जेठ १७ गते । रातो तारा डट कम-नेपाल उद्योग वाणिज्य महासङ्घका नवर्निवाचित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लामो समय पछि मुलुकमा प्राप्त सुनौलो मौका र अबसरलाई सहिरूपमा सदुपयोग गरेर इतिहासमा हामीले बनानु पर्छ भन्नुभयो ।



‘पछिल्लो १५ वर्षमा प्रतिव्यक्ति आय ४ गुणाले बढेको छ’ उद्योग सङ्गठन मोरङको स्वर्ण जयन्तीको हिजो उद्घाटन समारोहमा गोल्छाले भने, ‘९० को दशकपछि पहिलो पटक आर्थिक वृद्धिदर ७ प्रतिशत पुगेकोले यो सकारात्मक कुराहो भन्नुभयो।

कृषिमा ६ प्रतिशत बृद्धि र ऊर्जा सङ्कटमा सुधार आएपछि औद्योगिक वृद्धिदर १० प्रतिशतभन्दा बढी छ। कर्जा प्रवाह १६ प्रतिशतले बढेको छ र राजस्व वृद्धि उत्साहजनक छ। यो मोैका हाम्रालागि चुनोैति र अबसर दुबै हुन राम्रो सदुपयोग हुनुपर्छ भन्नुभयो।

राजनीतिक अस्थिरताका नाममा यस्तो मौका चिप्लन सक्ने उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र मुलुकका सबै पक्ष सचेत र एकाबद्ध भएर अहिलेको अवसरलाई निरन्तरता दिनुपर्ने बताए।

रेमिट्यान्सका कारण अर्थतन्त्र धानिएको चर्चा गर्दै गोल्छाले निर्यात, वैदेशिक लगानी र पर्यटनमा वृद्धि भएन भने रेमिट्यान्स खतरनाक हुने तर्फ समेत चिन्ता ब्यक्त गरे।

‘खासमा राजनीतिक मुद्दाभन्दा तल आर्थिक मुद्दा कहिल्यै हुनसक्तैन र हुनु पनि हुँदैन’, गोल्छाले भने, ‘तर निर्वाचन आचारसंहिताका नाममा महासङ्घले दिएका सुझावलाई बजेटमा पारिएन भन्ने गुनसो पनि राख्नु भयो।

नयाँ श्रम ऐनको मस्यौदा भइसकेको जानकारी दिँदै उनले उद्यमीले चाहेको श्रम लचकता र श्रमिकले चाहेको सामाजिक सुरक्षासहितको ऐन यही महिनाभित्र आउने विश्वास व्यक्त गरे।

मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाले आगामी जुलाई देखि भारतमा जिएसटी गुड्स एन्ड सर्भिस ट्याक्स, लागु हुने सन्दर्भमा नेपालको कर नीति पनि सरल र सहज बनाउन सुझाव दिए।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले विराटनगरका समाजसेवी एवम् उद्योगपति जुद्धबहादुर श्रेष्ठले २०२४ सालमा सङ्गठनको स्थापना गरेको  कुरा देखि मनाउदै गरेको ५० सोै वर्ष गाठ सम्मका कुराहरूको जानकारी गराउनु हुँदै उपस्थित सबैलाई स्वागत गर्नु भए थियो। अन्त्यमा २५ वर्ष देखि अनबरत रूपमा खटिरहे सोम अधिकारीलाई धन्यवाद समेत दिनु भएको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले आफ्ना कुरा राख्दै उधोग सगठ मोरङ स्वर्ण जयन्तीको अबस्थामा शुभकामना दिनु भएको थियो।

समारोहमा सङ्गठनका पूर्व अध्यक्षहरू नन्दकिशोर राठी, सुशील धनावत, अशोक मुरारका र शिवशङ्कर अग्रवाललाई सम्मान गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.