Websoft University

दोस्रो चरणका लागि छ हजार प्रहरी थपियो




विराटनगर,जेठ १७ गते । रातो तारा डट कम-दोस्रो चरणमा हुने स्थानीय निकाय निर्वाचनका लागि पूर्वाञ्चलमा छ हजार नेपाल प्रहरी थप गरिएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयको विशेष आग्रहमा प्रहरी प्रधान कार्यालयले थप मद्धतका लागि छ हजार प्रहरी पूर्व पठाएको हो । पहिलो चरणमा निर्वाचन भएका स्थानबाट दोस्रो चरणको निर्वाचन सुरक्षार्थ थप मद्धत टोली आइपुगेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्राईले बताउनु भयो ।

पूर्व आइपुगेको टोलीलाई आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन गर्दै सम्बन्धीत प्रहरी कार्यालयसंग समन्वय गरेर काम गर्ने हिसाबमा विभिन्न जिल्लामा परिचालन गरिसकिएको डीआईजी भट्राईले बताउनु भयो ।

निर्वाचन सकिएपछि टोली आफ्नो दरबन्दीमा र कार्यरत स्थानमा फिर्ता हुने छ । गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको निर्वाचनका लागि पनि पूर्वाञ्चलबाट विभिन्न जिल्लामा प्रहरीको थप मद्धत टोली पठाइएको थियो । सशस्त्र प्रहरी भने थप मद्धतका लागि पठाइएको छैन ।

यसैबीच पूर्वाञ्चलमा दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बाहेक ३६ हजार प्रहरी परिचालन गरिने भएको छ । पूर्वाञ्चलमा कार्यरत १३ हजार, थप गरिएका छ हजार र म्यादी १७ हजार गरेर ३६ हजार प्रहरी परिचालन गरिने जानकारी डीआईजी भट्राईले दिनु भयो ।

पूर्वाञ्चलका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, ओखलढुँगा, खोटाङ, सोलुखुम्बु, सप्तरी र सिरहामा दोस्रो चरणमा निर्वाचन हुँदैछ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.