Websoft University
May 2017


रबिन्द्र बराल - रंगेली माेरङ,जेठ १७  गते । रातो तारा डट कम-माेरङकाे बेलवारी ७ स्थित बाहुनीमा ससस्त्र वेश क्याप काे नयाँ भवन स्थानीयले बनाउने भएका छन ।

करिव २४ लाख रुपैयाँ बराबरकाे अार्थिक सहयाेगमा ससस्त्र प्रहरी ब्यारेक बनाउन लागेका छन । २०६३ साल चैत्र ३० गते स्थापना भएको बेशक्याप सुनसरी माेरङ सिचाइ परियोजना काे भवनमा बिगत १० बर्षदेखि साेहि भवनमा बस्दै अाईरहेकाे छ ।

ससस्त्र प्रहरी  बेशक्यापका प्रमुख सुभाष भट्टराईले बताउनु भयाे । स्थानीय बासिन्दा पहलमा उनिहरुले २०६९ साल फाल्नु ४ गतेदेखि पुराण अायाेजना गरेर चन्दा सङकलन गरि भवन बनाउन लागिपरेका छन ।

साे रकमले ससस्त्र वेश क्याप र रामजानकी मन्दिर बनाउन लागि परेका छन । पुराणमा २७ लाख ५० सङकलन गरि ससस्त्र वेश क्याम्प बनाउन थालिएको  समिति का अध्यक्ष तारा वीर कटुवालले बताउनु भयाे।

उहाँका अनुसार  बेश क्याप स्थापना भएको समय देखि यस क्षेत्रकाे बाहुनी,हाेक्लाबरी,कालिस्थान,दलेली लगायतका क्षेत्र हरुमा चाेरी,डकैती ,लुटपाट समेत बन्द भएको  कटुवालले बताउनु भयो ।

ससस्त्र वेश क्याप यस भेग बाट अन्यत्र नजाअाेस भन्दै अाफु हरुले बेशक्यापका लगि पुराण लगाएर सङकलित रकम र स्थानीय काे सहयोगमा ११ कठ्ठा ३ धुर जग्गामा प्रहरी जवान काे भवन बनाउने र त्याे सम्पन्न गरेपछि ससस्त्र प्रहरी काे कार्यलय भवन  समेत बनाइने  समितिका सचिव सत्यनारायण मन्डले   बताए ।

त्यसैगरी श्रम तथा राेजगार राज्य मन्त्री तथा सभाषद दिलिप गछेदार ले सभाषदकाेष बाट २० लाख रुपैया र स्थानीयले ४ लाख रुपैया  बराबर काे सहयाेगमा ससस्त्र प्रहरीकाे भवन बनाउन लागेकाे स्थानीय युवराज चाैधरीले बताए ।

यता ससस्त्र बेश क्याप बाहुनिका प्रमुख सुभाष भट्टराईले भने
यस क्षेत्रमा बेशक्याप स्थापना भए पछि हाल सम्म यहाँ अपराधीक गतिविधि तथा चाेरी,डकैती ,लुटपाट घटनाहरु समेत नभएको र अाफु यहाँ रहुनजेल यस भेगका जनता हरुकाे रात दिन जिउ धनकाे सुरक्षा गर्ने र शान्ति सु वेवस्था कायम गर्ने समेत भट्टराईले ले बताउनु भयाे ।




विराटनगर,जेठ १७ गते । रातो तारा डट कम-दोस्रो चरणमा हुने स्थानीय निकाय निर्वाचनका लागि पूर्वाञ्चलमा छ हजार नेपाल प्रहरी थप गरिएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयको विशेष आग्रहमा प्रहरी प्रधान कार्यालयले थप मद्धतका लागि छ हजार प्रहरी पूर्व पठाएको हो । पहिलो चरणमा निर्वाचन भएका स्थानबाट दोस्रो चरणको निर्वाचन सुरक्षार्थ थप मद्धत टोली आइपुगेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्राईले बताउनु भयो ।

पूर्व आइपुगेको टोलीलाई आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन गर्दै सम्बन्धीत प्रहरी कार्यालयसंग समन्वय गरेर काम गर्ने हिसाबमा विभिन्न जिल्लामा परिचालन गरिसकिएको डीआईजी भट्राईले बताउनु भयो ।

निर्वाचन सकिएपछि टोली आफ्नो दरबन्दीमा र कार्यरत स्थानमा फिर्ता हुने छ । गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको निर्वाचनका लागि पनि पूर्वाञ्चलबाट विभिन्न जिल्लामा प्रहरीको थप मद्धत टोली पठाइएको थियो । सशस्त्र प्रहरी भने थप मद्धतका लागि पठाइएको छैन ।

यसैबीच पूर्वाञ्चलमा दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बाहेक ३६ हजार प्रहरी परिचालन गरिने भएको छ । पूर्वाञ्चलमा कार्यरत १३ हजार, थप गरिएका छ हजार र म्यादी १७ हजार गरेर ३६ हजार प्रहरी परिचालन गरिने जानकारी डीआईजी भट्राईले दिनु भयो ।

पूर्वाञ्चलका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, ओखलढुँगा, खोटाङ, सोलुखुम्बु, सप्तरी र सिरहामा दोस्रो चरणमा निर्वाचन हुँदैछ।






विराटनगर,जेठ १७ गते । रातो तारा डट कम-विराटनगरको बरगाछी स्थित गुराँस पुस्ताकलयको र हामी युवा नामक संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

पुस्तकालयमा भएको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ  । विराटनगरमा पछिल्लो पटक देखिएको रगतको कमीलाई पूरा गर्न आज कार्यक्रम आयोजना गरिएको पुस्तकालयका अध्यक्ष दीपक चापागाईले बताउनु भयो ।

बिहान भएको कार्यक्रममा युवा सहभागिता अधिक रहेको युवाका संयोजक सविन दाहालले जानकारी दिनुभयो । 




  बिराटनगर जेठ १७ गते । रातो तारा डट कम-बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल, टंकीसिनुबारी–२,मोरङ्गले
आफ्ना सेवा र सुबिधा बृद्धि गरेको बारेमा पत्रकार सम्मेलनको
आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमै प्रेस बिज्ञप्ती जार्दै भनिएकोछ,आज फेरी तपाँइहरुमाझ बिराट मेडिकल कलेजले गरेका उल्लेखिय प्रगति तथा सञ्चारकर्मी साथीहरुसँग मिलेर अगाडी बढ्ने कुरा राख्न पाउँदा खुशी लागेको कुरा उल्लेख गरिएछ।

तपाँइको सहयोग र सदभावले गर्दा आज यो मेडिकल कलेजले चिकित्सा क्षेत्रमा उल्लेखणीय काम गरेको छ । हामीले धेरै राम्रा कामहरु पनि गरिरहेका छौं जुन सञ्चार क्षेत्रमा त्यति आएको छैन् । यो हाम्रो निरन्तर काम भएकोले हामी काम प्रति उत्तरदायित्व भई काम गरिरहेका छौ ।

प्रेस विज्ञप्ती मै भएका कुरा उल्लेख गर्दै डा. ज्ञानेन्द्र मान कार्कीले भन्नु भयो-गरिब तथा असहायहरुलाई, सन्चारकर्मीहरू लाई पनि निःशूल्क  र  ससुल्क सेवा दिनेछ भन्नु भयो ।

पत्रकार सम्मेलनको उदेश्य
यस अस्पतालले नेपाल सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमहरुलाई समर्थन गर्दै आर्थिक अभाव, अशिक्षा, अज्ञानताका कारण स्वास्थ्य सुविधामा पहुच हुन नसकेका तथा अन्य बिमारीहरुलाई उपचारका लागि महङ्गा हस्पिटल र नर्सिङ्ग होमहरुमा जानुपर्ने बाध्यतालाई चिर्दै अब विस्वस्तरीय, गुणस्तरीय, विश्वासणीय, सर्वसुलभ अत्याधुनिक उपकरण सहितको सम्पूर्ण उपचार सुविधाहरु प्रदान गर्न मेडिकल कलेजहरु नै सक्षम भएको डा. ज्ञानेन्द्रमान कार्कीले जानकारी गराउनु भयो ।

यो अस्पतालले नेपाली जनतालाई न्यून शूल्कमा सुलभ, गुणस्तरीय र विश्वस्तरीय सेवा प्रदान गर्न अत्याधनिक, सविधा सम्पन्न श्रोत र साधनले सक्षम र प्रतिवद्ध रहेकोले अब अन्य महङ्गा अस्पतालहरुमा उपचारका लागि धाउने आवश्यकता देखिदैन यस मेडिकल कलेज भित्र नै सबै सुबिधा रहेको समेत जानकारी गराउन चाहन्छौ ।

कुनै पनि व्यक्तिलाई स्वास्थ्य सम्बन्धि समस्या देखिएमा आफुले कडा  मिहिनेत र परिश्रमबाट आर्जन गरेको सम्पतीको सदुपयोग गर्न एकै छानामुनि रहेका विभिन्न विभागका अनुभवी र दक्ष विशेषज्ञ चिकित्सकहरुद्धारा मात्र उपचार गरिने यस विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा २४ सै घण्टा इमेरजेन्सी सेवा, ओ.पी.डी. सेवा, अन्तरङ्ग सेवा, ल्याब र डाइग्नोष्टिक सेवा, आइ.सी.यू.÷एन.आई.सी.यू. सेवा, शल्यक्रिया सेवा, दुरबिनबाट नचिरिकन ल्याप्रोस्कोपीक अप्रेशन सेवा सञ्चालनमा रहेको सहर्ष जानकारी गराउन चाहन्छौ कार्कीले पत्रकार हरूलाइ भन्नु भयो।

 विभिन्न स्वास्थ्य सुविधाहरु सहुलियत दरमा सञ्चालनमा रहेकोमा हाल अन्य थप नयाँ सुविधाहरु सुचारु भएको र अझ केही सविधाहरु सञ्चालन हुन लागेको सहर्ष जानकारी गराउँदछौँ ।

पूर्वाञ्चलमा बसोबास गर्ने जनताहरुको लागी स्वास्थ्य क्षेत्रमा नयाँ आयाम दिलाउँने अपेक्षाका साथ विराट मेडिकल  कलेज  टिचिङ्ग हस्पिटल सदैव यस भेगका जनताहरुको साथमा रहेको कुरा यसै पत्रकार सम्मेलन मार्फत जनजनमा पु¥याउन चाहँन्छौँ ।

सञ्चालनमा रहेका सुविधाहरुः स्त्री तथा प्रसुती, गाइने ल्याप्रोस्कोपिक सर्जर, जनरल मेडिसिन, हाडजोर्नी तथा नसा रोग, मुत्र तथा पुरुष गुप्त रोग, छाला, यौन, कुष्ठ रोग तथा सौन्दर्य, बाल रोग तथा नवजात शिशु, नाक , कान तथा घाँटी रोग, मुख तथा दन्त रोग, मानसिक रोग
सञ्चालनमा रहेका निःशुल्क सुविधाहरु निम्न रहेकाछन-

१) प्रसुति सेवाः नेपाल सरकारको सहयोगमा आमा सरक्षा कार्यक्रम अन्तर्गत नर्मल र अप्रेशन प्रसुति सेवा निःशुल्क गरिएको छ ।

२) इमेरजेन्सि अप्रेशनः गरिब, विपन्न, पिछडा वर्ग, अपाङ्ग, जेष्ठ नागरिकहरुको लागि विभिन्न कारणहरुले स्वास्थ्यमा समस्या भई इमेरजेन्सी विभाग मार्फत भर्ना भई अर्थो, सर्जरी, र नाक, कान, घाँटी विभागका शल्यक्रियाहरु आकस्मिक रुपले इमेरजेन्सी विभाग मार्फत गर्नुपर्यो भने निःशूल्क अप्रेशन गरिनेछ ।

३) हाइड्रोशिल÷हर्नियाको अप्रेशनः गरिब, विपन्न, पिछडा वर्ग, अपाङ्ग, जेष्ठ नागरिकहरुको लागि हाइड्रोशिल÷हर्नियाको अप्रेशन निःशूल्क गरिएको छ ।

४) पाठेघर (आङ्ग) खसेको अप्रेशनः महिलाहरुमा बिकाराल रुपमा देखिएको आङ्ग खस्ने समस्याको अप्रेशन औषधी, ल्याब र बेड चार्ज समेत निःशूल्क गरिएको छ ।
 
५) पाठेघरको अण्डाको क्यान्सरः महिलाहरुको लागि पाठेघरको अण्डाको क्यान्सरको निःशूल्क उपचार र शल्यक्रिया भईरहेको छ ।

६) ब्ल्ऋ क्लीनिकः गर्भवती महिलाहरुको लागि प्रत्येक बुधबार निःशूल्क गर्भवती जाँचको व्यवस्था गरिएको छ  ।
यस सुबिधा अन्तर्गत ल्याब टेष्टहरुमा १५५ र अल्ट्रासाउण्ड मा ५०५  छुट गरिएको छ ।

७) खोप सेवाः नेपाल सरकारको सहयोगमा महिला, नवजात शिशु तथा बालबालिकाहरुको लागि प्रत्येक बुधबार निःशूल्क खोप सेवा सञ्चालन गरिएको छ ।

नोटः निःशल्क सविधा अन्तर्गत माथी उल्लेखित सेवाहरु मध्ये नं २,३, ४ र ५ प्राप्त गर्न गाउपालिका, नगरपालिका वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट निःशल्क उपचारका लागि सिफारिस वा आवश्यक प्रमाण अनिवार्यरुपले पेश गन पर्नेछ ।
सञ्चालनमा रहेका विशेष छुट सुविधाहरुः

१) दुरबिनबाट गरिने अप्रेशनः दुरबिनबाट एपेन्डिक्स  र पित्तथैलीको पत्थरीको अप्रेशन मात्र रु.१४,४९९ र दुरबिनबाट पाठेघर र किडनीको पत्थरीको अप्रेशन मात्र रु.२५,००० मा भइरहेको छ ।

२) चिरेर गरिन अप्रेशनः चिरेर गरिने कुनै पनि मेजर अप्रेशन रु.१२,५००, इन्टरमिडिएट अप्रेशन मात्र रु.६,५०० र माइनर सामान्य अप्रेशन मात्र रु.३,००० मा भइरहेको छ ।

३) स्पाइन सर्जरीः मेरुदण्ड भाँचिएको, ढाँडको नसा च्यापिएको र कुनै किसिमको ट्यूमर वा इन्फेक्सन भएको, सानैदेखि वा जन्मजात ढाँड बाँङ्गिएको अप्रेशन मात्र रु.१२,५०० भइरहेको छ ।

परिवारिकि सहुलियत कार्डः यस अस्पतालले उपचार सुविधा जनजनमा सहुलियत कार्ड घरघरमा, सहुलियत कार्ड हातमा स्वास्थ्य सुविधा तपाँइको साथमाू नाराका साथ सहुलियत दरमा उपचार सुविधालाई जनजनमा पु¥याउने उदेश्यका साथ परिवारको बढीमा ६ जनासम्मका सदस्यहरुको फोटो सहितको पारिवारिक सहुलियत कार्ड वितरण गर्दैै आएकोछ

यस अन्तर्गत  १ वर्षसम्म ओ.पि.डी. दर्ता शुल्क निःशूल्क, , ल्याब तथा अन्य डाइग्नोष्टिकमा १५ ५ छुट, अल्ट्रासाउण्ड सिटी स्कयानमा २५५ छुट, लिथोट्रिप्सी सेवा (किडनीको पत्थरी) २५५ छुट, चिरेर गरिने शल्यक्रियामा २५५ छुट, ल्याप्रोस्कोपीक अप्रेशनमा १०५ छुट (बडापत्रमा उल्लेखित शूल्कमा), जनरल बेड चार्जमा २५५ छुट, आई.सी.यू, एन.आई.सी.यू.र भेन्टिलेटर शूल्कमा मा १५५ छुट, फार्मेसीमा ५५ प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ ।

अस्पतालबाट प्रदान गरिने सम्पर्ण सेवाहरु सहलियत दरमा प्राप्त गर्न फोटो सहितको पारिवारिक सहलियत कार्ड निःशल्क बनाई सविधा प्राप्त गर्न हन अनरोध छ ।

शिघ्र सञ्चालन हुन लागेको
१) ट्रमा सेन्टरः राजमार्गमा दिनहु जसो सडक दुर्घटना हुने गरेको र केही सेकेण्ड र मिनेटकै कारणले ज्यान गुमाउन सक्ने अवस्था रहेकोले त्यस्ता बिरामीहरुको जिउ तथा धनजनको क्षतिलाई न्यून गर्ने उदेश्ले टाउको तथा शरिरका अन्य भागहरुमा चोटपटक लागेका विरामीहरुलाई लक्षित गर्दै ट्रमा सेन्टर सञ्चालनका लागि गृह कार्य भइरहेका र चाडै नै संचालन गरिने सहर्ष जानकारी गराउँदछौ ।

२) स्पेशल क्लीनिकः वर्तमान समयमा भयावह रुपमा देखिएका रोगहरु जस्तै मधुमेह, हाइ ब्लडप्रेशर, थाइराइड, दम जस्ता रोगहरुका लागि  हप्ताको १–१ दिन मिलाएर क्रमशः डाइबेटिक क्लीनिक, एच.टी.एन.क्लीनिक, थाइराइड क्लीनिक र सी.ओ.पी.डी. (दम) क्लीनक सञ्चालनका लागि तयारी भई रहेकोछ ।

यस सविधा अन्गर्तत सम्बन्धित रोगका बिरामीहरुलाई आ.पी.डी. परामर्श र काउन्सेलिङ्ग सेवा निःशल्क गरिनेछ भने जाँचमा विशेष छुट प्रदान गरिने छ ।

३) सि.टी.स्क्यान सेवाः राजमार्गमा दिनहु जसो हने दर्घटनाबाट टाउको तथा शरिरको अन्य भागमा चोटपटक लागि घाइते बिरामीहरुलाई लक्षित गरी हाल रहेको सी.टी स्कयान मेशिनलाई प्रतिस्थापन गरी अत्याधनिक, नयाँ सविधा सम्पन्ने सी.टी.स्कायान मेशिन सहितको सेवा शिघ्र सञ्चालन गरिनेछ।
४) अत्याधनिक सविधासम्पन्न भवन निर्माणः बिरामीहरुको अत्याधिक चाप, सविधा र आवश्यकतालाई मनन गदै सेवाग्राहीलाई अझ बढी स्वास्थ्य सेवा सहज रुपमा पु¥याउन हाल १०० बेड सञ्चालनमा रहेकोमा अस्पताल पछाडी रहेको जग्गामा अत्याधनिक सुविधासम्मन ओ.पी.डी र थप २५० बेड वृद्धि गर्नको लागि अत्याधनिक सविधासम्पन्ने भवन निर्माण कार्य युद्धस्तरमा भइरहेको छ ।

५) बिरामी कुरुवा घरः बिरामी कुरुवाहरुको सुविधालाई ध्यानमा राख्दै सुविधा सम्पन्न बिरामी कुरुवा घरको लागि अस्पताल अगाडीको जग्गामा कुरुवा घरको लागि भवन निर्माण कार्य भईरहेको छ ।

यति धेरै सेवा–सविधा रहेको यस विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवारीमा सेवा लिन सम्पूर्ण
सेवाग्राहीहरुलाई अनुरोध गर्दछौ ।




बिराटनगर,जेठ १७ गते । रातो तारा डट कम,बिश्व सुर्तीजन्य पदार्थ रहित दिवस ३१ मे २०१७ भन्ने नाराका साथ कार्याक्रमको आयोजना गरिएको थियो । कार्याक्रम जिल्ला जनस्वास्थ्य कार्यालय मोरग र स्वास्थ्यमा अधिकार तथा सुर्तीजन्य बस्तु नियान्त्रर्ण सन्जाल (वपरडेक) बिराटनगरको सयुक्त आयोजनामा कार्याक्रम भएको थियो ।



कार्याक्रममा बिराटनगरका सरकारी र निजि दश विधालयका करिव १५० जना बिधार्थीहरु र संघ सस्थाका पतिनिधिहरु मानव अधिकारवादी,पत्रकारहरु बाहेक का सरोकारवालाहरु लाई सो कार्याक्रममा सहभागिता गराईएको थियो ।


कार्याक्रमका प्रमुख अतिथि साहेक जिल्ला अधिकारी सेसनारायण पौडेल उपस्थित बालबालिका हरुलाई सुर्ती जन्य पदार्थ खानु हुन्न र खान पनि दिनु हुन्न भन्नु भयो । यो सुर्तीजन्य पादार्थ सेवन गर्नु भनेको मृत्यु क्यान्सर लाई निमत्याउनु ओ त्यसैले खानु हुन्न भन्नु भयो ।

बिश्व सुर्तीजन्य पदार्थ रहित दिवस कार्याक्रमका अध्यक्ष तथा जिल्ला जनस्वास्थ्या कार्यालय मोरगका कार्याकलय प्रमुख चन्द्र देव मेहताले सुर्तीजन्य पदार्थ सेवन गर्नु हुदैन र यसले मानिसलाई सिधै मृत्यु वरणको अवस्थामा पुगाउछ त्यसैले खानु हुन्न बिधार्थीहरु भन्नु भयो ।

गर्भवती महिला बालबालिका र बृधाहरुले सुर्तीजन्य पदार्थको सेवन गर्नु हुदैन र गरेकाहरुलाई पनि नखान पेरणा गर्नु पर्छ भन्नु भयो । सुर्तीजन्य बस्तु पदार्थ सेवान वा खानु हुन्न भन्ने जस्ताकुराहरुको प्रचार प्रसार गर्नु पर्छ र यो बस्तु खादा दम, खोकी, मुटुका रोग क्यान्सर जस्ता भयानक रोगहरुलागे मानिसहरुको ज्यान सजिलै जानसक्छ भन्ने जस्ता कुरा समाज छिमेक सबैठाउहरुमा सबै मिलेर प्रचार गर्दा राम्रो हुने धारण राख्नु भएको थियो ।

(वपरेडक)की कार्याकारी निर्देशक सन्जु साह लगायतका वक्ताहरुले पनि सुर्ती खैनी र सुर्तीजन्य पदार्थबाट हुने नकारात्मक असरहरुको बारेमा बिधार्थीहरु र सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्याक्रममा जिल्ला जनस्वास्थ्या कार्यालय मोरगका अधिकृ नर्भु तामागले सुर्तीजन्य पादार्थ नियान्त्रण हुनु पर्छ यसो नगरे यसले पछि गएर घातक असर पार्नेछ भन्दै उपस्थित सबैलाई कार्याक्रममा स्वागत गर्नु भएको थियो ।


बिराटनगर जेठ १७ गते । रातो तारा डट कम-भनिन्छ, लसुन र प्याज सेवन गर्दा शरीरमा क्यान्सरसँग लड्ने तत्व प्राप्त हुन्छ । निश्चय पनि लसुन र प्याजमा केहि औषधिय गुण हुन्छ । यसलाई हामी स्वादको लागि प्रयोग गर्छौ साथसाथै स्वस्थ्यका लागि पनि ।

प्याज र लसुनको खास बिशेषता के भने, यसमा क्यान्सर बिरोधी यौगिक पाइन्छ, जसले क्यान्सरको बिरामी हुनबाट रोक्ने सामथ्र्य राख्छ । यसमा रहेको यौगिक र रसायनले केहि प्रकारको क्यान्सरको कोशिका शरीरमा बढ्न दिदैन ।
तथ्य १
प्याज र लसुन दुबैमा एन्टि अक्सिडेन्ट हुन्छ, जो पि|m रेडिकल्स डिएनए कोसिकामा नोक्सान पुग्नबाट बचाउँछ । यसैले क्यान्सरबाट बचाउनका लागि दुबै उपयोगी हुन्छ ।
तथ्य २
प्याज र लसुनमा यस्तो यौगिक रहेको हुन्छ, जसले यस्तो इन्जाइम्सलाई बढाव दिन्छ जो कार्सिजेनिक तत्व बढ्नबाट रोक्छ । त्यसलाई नष्ट गर्छ । कार्सिजेनिक शरीरमा क्यान्सर पैदा गर्ने तत्व हो ।

तथ्य ३
केहि अध्ययनबाट यो पनि थाहा भएको छ कि प्याजको सेवनले कोलोन क्यान्सरको खतरा ५६ प्रतिशत र ब्रेस्ट क्यान्सरको खतरा २५ प्रतिशतले काम गर्छ । त्यस्तै लसुनले प्रोस्टेट र ब्रेस्ट क्यान्सरका साथै अन्य क्यान्सरबाट बचाउन सहयोग गर्छ ।

तथ्य ४
यदि प्याज वा लसुनबाट प्रभावकारी फाइदा लिने हो भने यसलाई कसरी प्रयोग गर्ने ? वास्तवमा प्याज र लसुनबाट स्वास्थ्य लाभ लिनका लागि यसलाई काँचो सेवन गर्नु राम्रो हुन्छ । प्याज काटेर १५ मिनेट छाड्नुपर्छ, जसले त्यसमा एन्टि क्यान्सर गुण बढ्छ ।

तथ्य ५
हालै अमेरिकामा गरेको एक अध्ययनबाट थाहा भएको छ कि, एक हप्तमा केवल एक केस्रा लसुन सेवन गर्दा पनि कोलोन क्यान्सरको संभावना ३० प्रतिशतले कम हुन्छ । एक चिनियाँ अध्ययन अनुसार हप्तामा पाँच केस्रा लसुन सेवन गर्दा पेटको क्यान्सरको खतरा कम हुन्छ ।अनलाइन बाट



विराटनगर, जेठ १७ गते । रातो तारा डट कम-नेपाल उद्योग वाणिज्य महासङ्घका नवर्निवाचित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लामो समय पछि मुलुकमा प्राप्त सुनौलो मौका र अबसरलाई सहिरूपमा सदुपयोग गरेर इतिहासमा हामीले बनानु पर्छ भन्नुभयो ।



‘पछिल्लो १५ वर्षमा प्रतिव्यक्ति आय ४ गुणाले बढेको छ’ उद्योग सङ्गठन मोरङको स्वर्ण जयन्तीको हिजो उद्घाटन समारोहमा गोल्छाले भने, ‘९० को दशकपछि पहिलो पटक आर्थिक वृद्धिदर ७ प्रतिशत पुगेकोले यो सकारात्मक कुराहो भन्नुभयो।

कृषिमा ६ प्रतिशत बृद्धि र ऊर्जा सङ्कटमा सुधार आएपछि औद्योगिक वृद्धिदर १० प्रतिशतभन्दा बढी छ। कर्जा प्रवाह १६ प्रतिशतले बढेको छ र राजस्व वृद्धि उत्साहजनक छ। यो मोैका हाम्रालागि चुनोैति र अबसर दुबै हुन राम्रो सदुपयोग हुनुपर्छ भन्नुभयो।

राजनीतिक अस्थिरताका नाममा यस्तो मौका चिप्लन सक्ने उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र मुलुकका सबै पक्ष सचेत र एकाबद्ध भएर अहिलेको अवसरलाई निरन्तरता दिनुपर्ने बताए।

रेमिट्यान्सका कारण अर्थतन्त्र धानिएको चर्चा गर्दै गोल्छाले निर्यात, वैदेशिक लगानी र पर्यटनमा वृद्धि भएन भने रेमिट्यान्स खतरनाक हुने तर्फ समेत चिन्ता ब्यक्त गरे।

‘खासमा राजनीतिक मुद्दाभन्दा तल आर्थिक मुद्दा कहिल्यै हुनसक्तैन र हुनु पनि हुँदैन’, गोल्छाले भने, ‘तर निर्वाचन आचारसंहिताका नाममा महासङ्घले दिएका सुझावलाई बजेटमा पारिएन भन्ने गुनसो पनि राख्नु भयो।

नयाँ श्रम ऐनको मस्यौदा भइसकेको जानकारी दिँदै उनले उद्यमीले चाहेको श्रम लचकता र श्रमिकले चाहेको सामाजिक सुरक्षासहितको ऐन यही महिनाभित्र आउने विश्वास व्यक्त गरे।

मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाले आगामी जुलाई देखि भारतमा जिएसटी गुड्स एन्ड सर्भिस ट्याक्स, लागु हुने सन्दर्भमा नेपालको कर नीति पनि सरल र सहज बनाउन सुझाव दिए।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले विराटनगरका समाजसेवी एवम् उद्योगपति जुद्धबहादुर श्रेष्ठले २०२४ सालमा सङ्गठनको स्थापना गरेको  कुरा देखि मनाउदै गरेको ५० सोै वर्ष गाठ सम्मका कुराहरूको जानकारी गराउनु हुँदै उपस्थित सबैलाई स्वागत गर्नु भए थियो। अन्त्यमा २५ वर्ष देखि अनबरत रूपमा खटिरहे सोम अधिकारीलाई धन्यवाद समेत दिनु भएको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले आफ्ना कुरा राख्दै उधोग सगठ मोरङ स्वर्ण जयन्तीको अबस्थामा शुभकामना दिनु भएको थियो।

समारोहमा सङ्गठनका पूर्व अध्यक्षहरू नन्दकिशोर राठी, सुशील धनावत, अशोक मुरारका र शिवशङ्कर अग्रवाललाई सम्मान गरिएको थियो ।


चितवन, जेठ १७ गते । रातो तारा डट कम,भरतपुर महानगरका मतगणनाका क्रममा च्यातिएका मतपत्रहरुको अवस्था नै नहेरी निर्वाचन आयोगले गठन गरेको अनुगमन टोली काठमाडौं फर्किएको छ ।

मतगणनास्थल कर्भडहलको च्यानल गेटबाट नै भित्रको अवस्था नियालेर आयोगको टोली राजधानी फर्किएको हो । कति मतपत्र च्यातिएका छन् ? तिनको अवस्था के छ ? गणना गरेका कति छन् ? गणना गर्न योग्य कति, अयोग्य कति भन्ने बारेमा जाँचबुझ नै नगरी प्रतिनिधीमूलक रुपमा विभिन्न सरोकारवाला पक्षका धारणा मात्रै बोकेर आयोगको टोली फिर्ता भएको छ ।

सोमबार दिउँसो भरतपुर आएको टोलीले सोमबार नै प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका पदाधिकारी, निर्वाचनमा खटिएका गणकहरुसँग घटनाका विषयमा जानकारी लिएको थियो ।

मंगलवार भने प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरुलाई बोलाएर घटनाका विषयमा जानकारी लिएको थियो । बिहान ८ बजेबाट मध्यान्न १२ बजेसम्म दलका प्रतिनिधीहरुसँग आयोगको छानविन टोलीले छुट्टाछुट्टै छलफल गरेको थियो ।

‘आयोगले हामीसँग राय मात्रै माग्यो । घटनाबारे जानकारी लियो’ एमालेबाट छलफलमा सहभागी भएका कानुनविद् जगन्नाथ भण्डारीले भने, ‘आयोगको टोलीले हाम्रो धारणा मात्रै लियो आफ्नो तर्फबाट केही कुरा गरेन ।’

सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वको अनुगमन समितिलाई बुधबार प्रतिबेदन दिन समय सीमा तोकिएको छ । संयोजक तिमल्सिनाले छानविनका लागि जिल्लामा आवश्यक सबै संयन्त्रसँग भेट गरी काम टुङग्याएको बताए ।

छानविन समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि यसबारे निर्वाचन आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिएको छ ।

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो।
निर्वाचन आयोगले सहन्यायधिवक्ता गीताप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३ सदस्यीय अनुगमन टोली गठन गरेको थियो ।

समितिमा तिमल्सिनासहित गृहमन्त्रालय सहसचिव महेश न्यौपाने र एक प्रहरी नायव महानिरीक्षक छन् ।

अर्जुन जम्नेली राई-मोरङ,जेठ १६ गते । रातो तारा डट कम-मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्वतन्त्र उम्मेदवार घोषणा गर्ने क्रम बढ्दो छ ।

मेयर पदकालागि राधा संग्रौलाले पत्रकार सम्मेलन नै गरेर  उम्मेदवार घोषणा गरेका छन् । संग्रौला र उनका परिवार एमाले कार्यकर्ता हुन । एमालेले भने दिलिपकुमार राईलाई मेयरको उमेद्वार तोकेको छ ।

पार्टीले दिलिपकुमार राईलाई टिकट दिएपछि उमेद्वारका केही आकांक्षीले आफ्नो घरमा राखेको भण्डा—चुनाव चिन्ह सांसद चण्डीप्रसाद राईको घरमा ल्याएर छाडि दिएको बुझिएको छ।

एमालेले मेयरमा ७ र उपमेयरमा ८ जनाको नाम प्रदेश कमिटीमा पठाएका थिए । तिम्मा साप्ताहिक पत्रिका निकाल्दै आएका विजय खम्बूले पनि मेयरको लागि स्वतन्त्र उमेद्वारी घोषणा गरेका छन् ।

वडा नम्बर १ मा धनकुमार तामाङले स्वतन्त्र उम्दवार दिने पक्का भएको छ । एमालेले बाबुराम सुब्बालाई वडा अध्यक्षको टिकट दिने भएपछि धनकुमार तामाङ स्वतन्त्र उठ्ने भएका हुन । तामाङ उद्योग वाणिज्य संघ पथरीको वर्तमान अध्यक्ष हुन् ।

त्यसैगरी २ नम्बर वडामा एमालेले यामप्रसाद गुरागाइलाई अध्यक्षको टिकट दिएपछि रत्नबहादुर बस्नेतले स्वतन्त्र उमेद्वारी घोषणा गरेका हुन् । बस्नेत २०५४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष जितेर काम गरेका व्यक्ति हुन् ।

वडा अध्यक्ष पदका स्वतन्त्र उमेद्वार बस्नेत चौतारी सामुदायिक वन उपभोक्ता समितिमा ९ बर्षसम्म काम गर्दा उपभोक्ताको चित्त बुझाएर बसेको भन्दै आफू जित्नेमा ढुक्क रहेको उनको दावी छ ।

वडा नम्बर ७ मा रत्नबहादुर कार्कीले स्वतन्त्र उमेद्वार दिने पक्का भएको छ । उनी २०५४ सालको निर्वाचनमा एमालेबाट वडा अध्यक्ष पदमा उठेका थिए । ७ मतको अन्तरले पराजित भएका कार्की पहिलो संविधानसभाको निर्वाचनसम्म सक्रिय रुपमा एमालेको राजनीतिक गरेका व्यक्ति हुन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले कपिलमणी ढकाललाई ७ नम्बर वडा अध्यक्षको टिकट दिने भएपछि कार्कीले स्वतन्त्र उमेद्वारी घोषणा गरेका हुन ।

आफूले स्वतन्त्र वडा अध्यक्षको उमेद्वारी घोषणा गरेपछि सांसद चण्डीप्रसाद राई, मेयरका उमेद्वार दिलिपकुमार राई लगायत नेताहरु पुगेको कार्कीले बताए । यद्यपि आफू कुनै हालतमा उमेद्वारी दिने जनाए ।

वडामा लामो समयदेखि सामाजिक काम लागिरहेका कार्कीले जनताले आफूलाई जिताउने वचन बद्धता दिएको बताए ।
वडा नम्बर ३ मा भने संघीय लिम्बुवानको काबुलबहादुर मगर (बिकास)ले वडा अध्यक्षको उमेद्वारी दिएका छन् ।

हरियाली सामुदायिक वन उपभोक्ता समितिको निर्वाचित बाहालवाला अध्यक्ष रहेका मगर पनि आफू जित्नेमा निश्चित भएको दावि गर्दै आएका छन् । मेयर र वडा अध्यक्षको स्वतन्त्र उमेद्वारहरुले कांग्रेस, माओवादीलाई थोरै असर गरेपनि प्रमुख चुनौती भने एमालेलाई हुने देखिन्छ ।


काठमाडौं,जेठ १६ गते । रातो तारा डट म-बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।

तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।

तर, विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।

विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।

सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाली न्युजबाट


रबिन्द्र बराल-रंगेली माेरङ, जेठ १६  गते। रातो तारा डट कम-
माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पताल मा मङगलबार एक कार्यक्रम बिच राेटरी क्लव अफ बिराटनगर सबिता मेमोरियल ग्रान्ट नम्बर १६३९२१२ प्राेजेष्ट ले कुल ६१ लाख ४८ हजार ८ सय रुपैयाँ बराबरको उपकरण हरु हस्तान्तरण गरेको छ ।



जस मध्य अल्ट्रासाउन्ड, जेनेटर, डेन्टल चियर,ईसिजि,र काडिक माेनिटर जस्ता उपकरण हरु हस्तान्तरण गरेका छन ।
कार्यक्रमकाे प्रमुख अतिथि पि डि जि ए•अार•एफ सि  राेटरी ईन्टरनेशनल का बासुदेव गाेल्यान,पबन सरडा,दिलिप बगडिया,मेडिकल सुपरिटेन्डेन्ट डाक्टर समीर पाैडेल, अस्पताल समितिका अध्यक्ष सन्ताेष साह,बुद्धिजीवी, सुरेश मिश्र , जगर्नाथ मन्डल,बजरंग अग्रवाल, मङगलचन्द अग्रवाल,लगायतकाे उपस्थितमा  उपकरण हरु हस्तान्तरण गरेका थिए।


कार्यक्रम बाेल्दै पवन सारडाले भने अब रंगेली काे मुहार खुलेको र अाफुले सक्दाे  जिल्ला अस्पताल लाई जस्तोसुकै सहयोग गर्ने समेत बताएका छन।

त्यसैगरी  बासुदेव गाेल्यानले भने अबका दिन हरुमा यस जिल्ला अस्पताल मा अाफ्नाे क्लवकाे पुर्णरुपमा साथ र सहयाेग समेत रहिरहने कुरा समेत बताए ।

 डाक्टर समीर पाैडेले भने अब रंगेली जिल्ला अस्पताल नेपाल कै सरकारी अस्पताल मा नमुनाकाे रुपमा सावित हुने र अबकाे   केही महिनामा यहाँ अाएका बिरामी हरुले अरु अस्पतालमा नजानु पर्ने र सबै सेवा हरु यहीँबाट हुने समेत कुरा  बताउनु भयाे ।

कार्यक्रममा साे सभापति राेटरी क्लवका अध्यक्ष शिव रतन जाेशिकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


काठमाडौं, जेठ १६ गते । रातो तारा डट कम,सरकारले नयाँ बजेटमार्फत् सुर्ती र चुरोटको भाउ करिब १० देखि १२ प्रतिशतको दरमा बढ्ने भएको छ ।

सरकारले यी बस्तुको अन्तशुल्कः ८ देखि १० प्रतिशतसम्म वृद्धि गरेको छ । सरकारले यी बस्तुको अन्तशुल्क : २३ रुपैयाँदेखि १ सय ८७ रुपैयाँसम्म बढाएको हो ।

सरकारले फिल्टर नभएको चुरोटमा प्रति एम अन्तशुल्कः ८ प्रतिशतले (२८ रुपैयाँ) ले बढाएर ३ सय ७४ पुर्याएको छ । चालु आवमा यसको दर ३ सय ४६ रहेको छ ।

समरुपी वा पुननिर्मित, चुना मिलाईएको, कट टोबाको र धुलो सुर्ती १० प्रतिशतले (२३ रुपैयाँ) ले बढेर २ सय ५३ रुपैयाँ पुगेको छ । यो दर हाल २ सय ३० छ ।

जर्दा, खैनी, नस, गुट्खा, निकोटिनयुक्त पान मसलाहरुको अन्तशुल्कः प्रति किलो ग्राम १० प्रतिशतले बढेर ४ सय ६२ रुपैयाँ पुगेको छ । यसको दर हाल ४ सय २० रहेको छ ।

७० मिमिसम्म लम्बाई भएको चुरोट (सुर्ती भएको) को अन्तशुल्कः पनि ८ प्रतिशत बढेर ८ सय ५९ रुपैयाँ पुगेको छ ।
७० देखि ७५ मिमिसम्म लम्बाई भएको चुरोटको अन्तशुल्कः करिब ९ (८.९८) प्रतिशत बढेर १ हजार १ सय १६ पुगेकोछ ।यसको दर हाल १ हजार २४ रुपैयाँ रहेको ।

७५ देखि ८५ मिमिसम्म लम्बाई भएको चुरोटको अन्तशुल्कः करिब ९ (८.९८) प्रतिशत बढेर १ हजार ४ सय ५६ पुगेको 
छ । यसको दर हाल १ हजार ३ सय ३६ रुपैयाँ रहेको ।

८५ मिमि भन्दा बढि लम्बाई (फिल्टर भएको) चुरोटको अन्तशुल्क: १० प्रतिशतले बढेर २ हजार ५५ रुपैयाँ पुगेको 
छ । हाल यो दर १ हजार ८ सय ६८ रुपैयाँ छ ।


काठमाडौं, जेठ १६ गते । रातो तारा डट कम-नयाँ बजेटमा कर्मचारीको तलबभत्ता केही वृद्धि हुने आशा बोकेर बसेका कर्मचारी बजेट भाषणपछि हिस्स परेका छन् ।

सङ्घीयता कार्यान्वयनमा कर्मचारी व्यवस्थापनको विषय निकै चुनौतीपूर्ण भइरहेको अवस्थामा कर्मचारीलाई स्थानीय निकायमा जान प्रोत्साहित गर्नकै लागि भए पनि सरकारले बजेटमार्फत आफ्ना माग सम्बोधन गर्ने आशा कर्मचारीले गरेका थिए ।

तर, सरकारले घुमाउरो पारामा तलबभत्ता पुनरावलोकन आयोग गठन गरेर उसको सिफारिसका आधारमा तलब वृद्धि गर्ने आश्वासन दिएकोप्रति कर्मचारीले असन्तुष्टि जनाएका 
छन् ।

बजेटमा सरकारले राष्ट्रसेवकको तलबभत्ता र सुविधामा पुनरावलोकन गरी उपयुक्त सुझाव सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा सुझाव आयोग गठन गर्ने भनेको 
छ ।

‘यो हामीलाई झुक्याउने पारा मात्र हो’, आधिकारिक ट्रेड युुनियनका अध्यक्ष पुण्य ढकालले भने, ‘यसअघि पनि यस्ता समिति बनेका थिए तर कुनै समितिको सिफारिस पनि सरकारले कार्यान्वयन गरेन । अब बन्ने समितिको सिफारिस कार्यान्वयन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ?’

उनले सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण पाटो कर्मचारी समायोजन भएको बताउँदै यस्तो अवस्थामा कर्मचारीमा उत्प्रेरणा जगाउने गरी तलबभत्तामा विचार नगरेर सरकारले विवेक नपुर्याएको आरोप लगाए ।

निजामती सेवामा रहेका अन्य कर्मचारी सङ्गठनहरूले
पनि कर्मचारीप्रति बजेट उदासीन देखिएको गुनासो गोरखापत्रबाट


चितवन, जेठ १६ गते । रातो तारा डट कम,मतपत्र च्यातिएपछि मतगणना रोकिएको भरतपुर महानगरपालिकाको निर्वाचन अनुगमन गर्न गठित टोली भरतपुर आइपुगेको छ ।

आयोगले गठन गरेको टोली सोमबार दिउँसो भरतपुर आएर प्रमुख निर्वाचन अधिकृत सहितका अन्य पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मतगणनाका गणकहरुसँग मतगणना केन्द्रमा भएको घटनाका विषयमा जानकारी लिएको छ ।

आयोगको बैठकले सहन्यायधिवक्ता गीताप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३ सदस्यीय अनुगमन टोली गठन गरेको थियो । समितिमा तिमल्सिनासहित गृहमन्त्रालय सहसचिव महेश न्यौपाने र एक प्रहरी नायव महानिरीक्षक छन् । समितिलाई १७ गतेभित्र यर्थाथ अवस्थाको बारेमा प्रतिवेदन दिन भनिएको छ ।

टोलीले राजनीतिक पार्टीहरुसँग भने भोलि मंगलवार मात्रै छलफल गर्ने जानकारी आएको छ । ‘अनुगमन तथा छानविन टोलीले हामीलाई अहिलेसम्म खबर गरेको छैन’ एमाले चितवनकी सचिव पार्वती रावलले भनिन् ‘सायद भोलि छलफल हुन्छ होला ।’

महानगरपालिकाको वडा नः १९ को मतगणना अन्तिम चरणमा पुगेका बेला दलका प्रतिनिधीले मतपत्र च्यातिदिएका थिए । करीव १ सय मत च्यातिएको अनुमान गरिएको छ । च्यातिएका मतपत्रलाई तन्नामा बेरेर मुचुल्का उठाई राखिएको छ ।

घटनाको बिरोधमा एमालेले सोमवार भरतपुरमा बिरोध र्‍याली निकालेको थियो । मंगलवार बिहान ८ बजेपनि नारायणगढको पूल्चोकबाट बिरोध र्‍याली निकाल्ने र मतगणना केन्द्रस्थल बाहिर धर्ना दिने जनाएको छ ।

माओवादी केन्द्र र कांग्रेसले भने वडा नः १९ मा पुन मतदान हुनुपर्ने माग बिज्ञप्ती जारी गरी गरेका छन् । अनलाइन बाट



काठमाडौं, जेठ १६ गते । रातो तारा डट कम,आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।

आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।

लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारी सँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् । पहिलो चरणको निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरुको सहभागिता सुनिश्चित गर्न पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते सार्ने निर्णय लिनु परेको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशका ४६१ स्थानीय तहमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ का ३८१ स्थानीय तहमा बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ ।


रबिन्द्र बराल- रंगेली माेरङ, जेठ १५ गते । रातो तारा डट कम,
भारत बाट नेपाल तर्फ ल्याउदै गरेकाे सुर्ति ईलाका प्रहरी कार्यलय माेरङकाे विभिन्न सीमा नाकाका बाट अवैध रुपमा सामान हरू नेपाल भित्रने गरेको छ।

भन्सार छली,चोरी निकासी बाट आउने माल सामनहरू निगरानी नियन्त्रण गर्ने उद्देश्यअनुरुप प्रहरीले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले ४ सय १४ के.जी.अवैध सूर्तिसहित २ जना कारोवारी व्यक्ति तथा १ थान मोटरसाईकल बरामत गरेकोछ।

बरामतमा परेको अन्दाजी रु १ लाख २५ हजार रुपैयाँ  मुल्य राबरको  सर- सामान भारतबाट नेपालतर्फ ल्याउने क्रममा  पक्राउ गरि भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेलीका सन्जिव बाबू खड्काले जानकारी दिनुभएकोछ  ।


कोैशल निरोैला- बिराटनगर जेष्ठ १५ गते । रातो तारा डट कम,वडा अध्यक्ष देखी मेयर सम्मका पदहरूमा पपुलर व्यक्तिहरुलाई टिकट दिनुपर्ने धारणा कांग्रेस आवद्ध युवाहरुले आज बिराटनगरमा कार्यक्रमको आयोजना गरेरै सो कुरा राखेका हुन ।

नेपाली कांग्रेस जिताउ अभियानमा जुटेका युवाहरुले सोमवार विराटनगरमा गरेको छलफल कार्यक्रमका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनीहरुले वडा देखीनै पपुलर व्याक्ति काग्रेसले छनौट गर्न सके त्यसको प्रभाव मेयर सम्म पर्ने धारणा व्यक्त गरे । वडा नै विग्रियो मत पनि विग्रन्छ यसका लागी युवाहरुले आवाज उठाउन आवश्यक छ ।

कार्यक्रममा कांग्रेस संग आस्था राख्ने धार्मिक व्यक्तित्व,सामाजिक अभियन्ता ,शिक्षा,स्वास्थ्य र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सहभागीहरुले पहिलो चरणमा भएका स्थानीयतहको निर्वाचनमा भएका कमजोरीलाई सुधार गर्दे कांग्रेसले टिकट वितरण गर्नुपर्ने भनाइ राखेका थिए ।

युवा अभियानका संयोजक हरि भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेतृहरु पुनम सिंह,प्रमिला थापा,विन्दिया कार्की,सामाजिक अभियन्ता बशन्त अधिकारी,राजेन्द्र ढकाल,पत्रकार कौशल निरौला ,युवा नेताहरु खेमराज थापा,आदर्श कार्की,दिननाथ आचार्य,प्रशान्त निरौला,मनिष तिम्सिना ,मोरङ ब्यापार संघका विकास वेगवानी र मारवाडी युवामञ्चका गोपाल अग्रवाल लगायतले नेतृत्व चयन गर्दा कांग्रसले ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।



अमृत बास्तोला-तेह्रथुम, जेठ  १५ गते । रातो तारा डट कम,
तेह्रथुमको आठराई गाउँपालिका स्थित साविक संक्रान्तिबजार वडा नं. ३ लाई सोमबार पूर्ण सरसफाई युक्त वडा तथा विद्यालय घोषण गरिएको छ ।

 वडाका सबै घरमा शौचालय, सुधारिएको चुलो, चाङ, शुद्ध खानेपानीको व्यावस्थापनका सुचक पुरा भएकाले पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको हो ।

साविक संक्रान्ति गाविसलाई पूर्ण सरसफाई घोषण गर्न फन वोर्डको १ लाख ५० हजार  र सक्रान्तिबजार गाविसको  १ लाख ५० हजार सहयोगमा संक्रान्ति गाविसका सामाजिक परिचालक कमल भण्डारीले जानकारी दिनु भयो ।

देउराली सोसाईटी तेह्रथुमको सहजिकरणमा सुधारिएको चुलो निर्माणका लागि गाविसले प्रत्येक घरलाई १ केजि फलामको रड र ५४ घरमा शौचालय निर्माणका लागि १५ वटा प्यानसेट मात्र गाविसबाट सहयोग भएको पूर्ण सरसफाई वडा समितिका संयोजक जेवि कटुवालले बताउनु भयो ।

अनुगमन समितिका संयोजक कमलबहादुर माबोहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सरसफाई उत्प्रेक रमिला नेपाली, अनुगमन समितिका सदस्य उमानाथ भण्डारी, नेपाली काँग्रेसका प्रतिनिधि महेन्द्र विमली, आठराई पत्रकार समाजका अध्यक्ष अमृत बास्तोलाले घोषणा सभालाई सम्बोधन गरेका थिए ।

कार्यक्रम पूर्ण सरसफाई वडा समितिका संयोजक जेवि कटुवालको सभापतित्वमा सम्पन्न भएको हो ।


अर्जुन जम्नेली राई - पथरी- जेठ १५ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)ले मोरङको कानेपोखरी गाउँपालिकाको सोमबार बृहत कार्यक्रमको आयोजना गरी उमेद्वारी घोषणा भएको छ ।

रमाइलो बचत तथा ऋण सहकारी संस्थाको हलमा आयोजित कार्यक्रम मार्फत गाउँपालिकाको प्रमुखमा सुर्यबहादुर धिमाल, उपप्रमुखमा तारा ओझा (राजवंशी) लाई उमेद्वारी बनाउने घोषणा गरेको हो ।

त्यसैगरी १ देखि ७ नम्बरसम्म वडा अध्यक्षमा क्रमस वीरबहादुर कुवर, भोजवीर माझी, अम्बिकाप्रसाद दाहाल, टेकबहादुर तामाङ, बद्री पोख्रेल, अम्बिका अर्याल र नवीन राईको उमेद्वार घोषणा भएको हो ।

घोषणा सभामा पार्टी पोलिटब्यरो सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज कुसल लिम्बू, जिल्ला सह संयोजक खेम भट्टराई (दिपक) किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय महासचिव अर्जुन किराती लगायतले शुभकामना मन्तब्य राखेका थिए।

प्रमुख पदका उमेद्वार सुर्य धिमाल पञ्चायत कालमा वडा अध्यक्ष र गाउँ पञ्चायतको समेत उपप्रधान पञ्च जितेर जनताको काम गरेको अनुभवी हुन् ।

उमेद्वारी घोषणापछि नारा उपस्थित नेता कार्यकर्ताले नारा जुलुस सहित रमाइलो बजार परिक्रमा गरी चौकमा आएर कोण सभा गरेका थिए ।



प्रेम देबान- बिराटनगर जेठ १५ गते । रातो तारा डट कम-किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति विराटनगरको  सातौँ अधिवेशनबाट पहिलो पटक महिला उम्मेदवार चयन भएको छ ।

सोमबार भएको सातौ अधिवेशनबाट विष्णु राईको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरिएको छ । विराटनगर १५ पिचरामा भएको अधिवेशनले उपाध्यक्षमा सुरेन्द्र नाछिरीङ राई सचिवमा कुन्ता राई सहसचिवमा दशरथ रुम्दाली राई, कोषाध्क्षमा मधु राई र सह – कोषाध्यक्षमा दान बा.राई सर्व सम्मतले निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा खड्क बा. राई, मिना राई, राधा राई, मीना राई, बर्माराज राई, जस बा. राई राम कुमार राई, बाल कुमारी राई, सविता राई, दिपक सन्चु राई,  नविना राई र मैया राई रहेका छन् ।

नव निर्वाचित अध्यक्ष विष्णु राईले आफ्नो कार्य कालमा अधुरो रहेका किरात राई यायोक्खाको भवन निर्माण सक्रिय रुपमा लागि पर्ने प्रतिबद्धता जाहेर गरिन् ।


काठमाडौ -कैलाली, जेठ १५ गते । रातो तारा डट कम-नेपाल औषधि लिमिटेड आफैंले उत्पादन गरेको जीवन जलको विक्री वितरण कैलालीको धनगढीबाट सुरु भएको छ ।

धनगढीमा पत्रकार सम्मेलन गरेर लिमिटेडका महाप्रबन्धक डा. रोबस कृष्ण सुवेदीले बन्द रहेको नेपाल औषधि लिमिटेडबाट पहिलो पटक जीवन जल उत्पादन गरी विक्री वितरण सुरु गरिएको जानकारी दिए ।

उनले जीवन जल नपाएर मानिसको मृत्यु भएको खबर समाचार माध्यमबाट धेरै पटक सुनेपछि औषधिको रुपमा पहिलो पटक जीवन जललाई प्राथमिकतामा राखेर उत्पादन थालिएको बताए । महाप्रबन्धक सुवेदीले धनगढीका लागि आधिकारीक विक्रेता अमित मेडिसिन तोकिएको जानकारी दिए ।

सुन्तलाको स्वादमा उत्पादन गरिएको जीवन जलको एक प्याकेटको बजार मुल्य नौ रुपैयाँ कायम गरिएको छ ।
वि.सं. २०२९ सालमा तत्कालीन राजा महेन्द्रले काठमाडौंको बबरमहलबाट शाही औषधि लिमिटेडको नामबाट औषधि उत्पादन सुरु गरिएको उद्योगले त्यसताका करिब १ सय २० प्रकारका औषधिहरु उत्पादन गर्ने गरेपनि विभिन्न काल खण्डमा भएका राजनैतिक घटनाक्रमले कर्मचारी भर्तिकेन्द्र र औषधिहरुमा कमिसनको खेलका कारण वि.सं. २०६६ सालमा धरासायी हुदै बन्द भएको थियो ।

उद्योगमन्त्री नविन्द्रराज जोशीको पहलमा २०७४ बैशाख २४ गते पुनः संचालनमा आएको नेपाल औषधि लिमिटेडले आगामी तीन महिनाभित्र सिटामोल उत्पादान गर्ने लक्ष्य रहेको महाप्रबन्धक सुवेदीले बताए ।


काठमाडौं, जेठ १५ गते । रातो तारा डट कम-बजेट रोक्ने नेकपा एमालेको चेतावनीपछि सत्तारुढ दलहरु प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन सहमत भएका छन् ।

शनिबार तीन दलका शीर्ष नेताहरुबीच महाअभियोग फिर्ता लिने सहमति भएको थियो । तर, सहमति बिपरित महाअभियोगका प्रस्तावक र समर्थकले प्रक्रिया अघि नबढाउन सभामुखसामू निवेदन दिएपछि एमाले आक्रोशित बनेको
 थियो ।

राष्ट्रिय जनता पार्टीको मागबारै छलफल गर्न बोलाइएको प्रमुख दलहरुको बैठक एमालेले महाअभियोग फिर्ताको सहमति तोडिएको भन्दै असन्तुष्टि जनाएपछि फेरि तीन दलको बैठक बस्यो । बैठकमा एमालेले सहमतिअनुसार महाअभियोग फिर्ता नभए बजेटसमेत रोक्ने चेतावनी दिएको छ ।

लगतै सत्तारुढ दलका शीर्ष नेताहरुले सहमति अनुसार नै अघि बढ्ने बचन दिएका छन् । ‘प्रधानमन्त्री, शेरबहादुर देउवा सबैले महाअभियोग फिर्ता लिने भनेको हो । त्यसअनुसार निर्देशन पनि दिएको हो । के भएछ, यो फिर्ता हुन्छ भन्नुभएको छ,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने ।

लगतै सभामुखसँग कुराकानी भएको र आवश्यक प्रक्रिया पुरा गरेर महाअभियोग फिर्ता लिने व्यवस्था मिलाउन भनिएको थियो । ‘महाअभियोग दर्ता भएपछि जहाँ-जहाँ जानकारी गराइएको थियो । अब फिर्ता भयो भनेर पनि जानकारी गराउने भन्ने भएको छ,’ पूर्वसभामुख समेत रहेका नेम्वाङले भनेका छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पनि महाअभियोग फिर्ता लिने सहमति भएको बताए । 
तीन दलबीच शनिबार नै सहमति भएकोले त्यसअनुसार प्रक्रिया अघि नबढेपछि एमालेले आपत्ति जनाएको उनले बताए ।


फाएल फोटो-
विराटनगर, जेठ १५ गते । रातो तारा डट कम-पूर्व-पश्चिम राजमार्ग अन्तर्गत आज बिहान सिरहाको मिर्चैया नगरपालिका १ स्थित महादेवा चौकमा बस दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

घटनामा २३ यात्रु घाइते भएका छन् । बिराटनगरबाट काठमाण्डौ जाँदै गरेको ना ४ ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको १ ख ५०६७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको हो।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परि घाईते भएका ५०६७ नम्बरको बसका कन्डक्टर कटारी नगरपालिका ३ बस्ने ३७ वर्षीय निलकमल श्रेष्ठको उपचारका लागि बिराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएका सिरहा मिर्चैया नगरपालिका ६ का ठकसी सरी, सिन्धुली दुधौली नगरपालिका ७ का चन्ऽ बहादुर बुढाथोकी र उदयपुर कटारी नगरपालिका ४ का मिलन थापाको मंगलम रेखा मिर्चैया नर्सिङ होममा उपचार भइरहेको छ ।

त्यस्तै बसमा सवार अन्य २० जनाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



मोरङ, पथरी जेठ १५ गते । रातो तारा डट कम-मोरङको पथरीशनिश्चरे नगरपालिकामा राधा संग्रौलाले मेयर पदको लागि स्वतन्त्र उमेद्वार घोषणा गरेकी छन् ।

हिजो आइतबार, पथरीमा पत्रकार सम्मेलनको अयोजना गरी नगरको लागि संग्रोलाले मेयर पदको लागि उमेद्वारी घोषणा गरेकी हुन् ।

राधा संग्रोला खगेन्द्र संगोलाकी श्रीमति हुन् । खगेन्द्र संग्रोला एमालेका पुराना कार्यकर्ता हुन् । खगेन्द्र संग्रोला मेयरको उमेद्वारको आकांक्षी भएपनि टिकट नपाकै कारण श्रीमति राधा संग्रौलालाई उमेद्वारमा उठाएको हो भनिएको छ । यद्यपि राधाले भने आफै उठेको आफूलाई कसैको प्रेस नभएको पत्रकार सम्मेलनमा बताएकि छिन ।

राधा संग्रौलाले मेयरको उमेद्वारी दिने घोषणा गरेपनि पत्रकार सम्मेलनमा टंक स्पि भएर पटक-पटक उपमेयरको उमेद्वार भनेका थिए ।

पथरीशनिश्चरेमा एमालेका आकाक्षी बढि भएको कारण पथरी १ नम्बर वडा अध्यक्षमा पनि धनकुमार तमाङले पथरी १ नम्बर वडा अध्यक्षमा पनि वडा अध्यक्षको उमेद्वारी दिएका छन् । तामाङ एमाले मोरङ जिल्ला सदस्य हुन् ।

पार्टीले बाबुराम लिम्बूलाई उमेद्वारी दिएपछि जिल्ला सदस्य तामाङ्गले स्वतन्त्र उमेद्वारी दिएका हुन् । तामाङ उद्योग वाणिज्य संघ पथरीको निर्वाचित अध्यक्ष समेत हुन् ।
त्यसैगरी वडा नम्बर २ मा पनि एमालेका शसक्त कार्यकर्ता रत्न बरहानुर बस्नेतले अध्यक्षको उमेद्वारी दिने घोषणा गरेका छन् । उनी एमालेका पुराना र प्रभावकारी कार्यकर्ता हुन् ।

२ नम्बर वडामा एमालेले यमप्रसाद गुरागाईलाई अध्यक्ष पदमा उठाएपछि बस्नेतले स्वतन्त्र उमेद्वारी दिएका हुन् । वडा अध्यक्षमा स्वतन्त्र उमेद्वार दिएका तामाङ र बस्नेत स्थानीय स्थानका लोकप्रिय व्यक्ति हुन् ।



रबिन्द्र बराल-रंगेली ,माेरङ जेष्ठ १५ गते । रातो तारा डट कम-
मोरङको पथरीशनिश्चरे जारी पूर्वाञ्चल स्तरीय भलिबल प्रतियोगीताको उपाधि लक्ष्मिमार्ग भलिबल क्लवले जितेकोछ।
मोरङको पथरीशनिश्चरे नगरपालिकामा जेष्ठ १२ देखि १४ गते सम्म संचालित पुर्वाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हिजो समापन भएको थियो ।

‘दुव्यासन विरुद्धको अभियान, युवा खेलकुदको पहिचान’ भन्ने नाराको साथ जेठ १२ देखि खेल सुरु भएको थियो ।
पथरीशनिश्चरे भलिवल क्लबलेको आयोजनामा मोरङ, झापा, सुनसरी, धनकुटाका गरी १० टिम सहभागि भएका थिए ।

झापा टाइगर र लक्ष्मिमार्ग बिच भएको प्रतियोगीतामा लक्ष्मिमार्गले ३–१ कोे सेटमा खेल्दै बिजेता बनेको हो ।
झापा टाईगरले आयोजकलाई जित्दै फाईनल प्रबेश गरेकोहो भने लक्ष्मिमार्गले धरानलाई हराउदै फाइनल प्रबेश गरेको हो ।

प्रतियोगिताको प्रथम र दोस्रो हुने टिमले नगद ५१ र ३१ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडलहरु प्रमुख अतिथी प्याब्सन कल्ष्टर न.ं७ मोरङका अध्यक्ष सुरेन्द्र लिम्बु र पथरी भलिबल क्लवका अध्यक्ष रबिन्द्र राईले वितरण गर्नु भयो ।

खेलमा लक्ष्मिमार्गका खेलाडी बेष्ट स्पाइकर तारा मगर, बेष्ट सटर रोशन घिमिरे, बेष्ट लिब्रो बसन्त राई र झापा टाईगरका रोशन श्रेष्ठ बेष्ट बल्कर, प्रदिप श्रेष्ठ बेष्ट सरभर घोषित भए ।

खेलको मुख्य प्रायोजक पथरीशनिश्चरे नगरपालिका र सह–प्रायोजक प्याब्सन कल्ष्टर न.ं७ मोरङले गरेको थियो । खेल राष्ट्रय रेफ्री हेम बुढाथोकी र जिल्ला रेफ्री मुकेस थापाले संचालन गनुभएको थियो ।


चितवन जेठ १५ गते । रातो तारा डट कम-माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । अहिले मतगणना रोकिएको छ ।

मत गणनास्थलमा मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको  थियो ।
अनलाइन बाट


काठमाडौँ, जेठ १५ गते । रातो तारा डट कम-भूकम्पले क्षति भएका ८ लाखमध्ये ४४ हजार ४५७ घरको प्राधिकरणले पुनःनिर्माणको काम सुरु गर्ने भएको छ ।

अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३/०७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ ।

पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ हजार २६८ ले घरको जग निर्माण गरी दोस्रो किस्ताको रु एक लाख ५० हजार माग गर्दै निवेदन दिएका छन् । यसमध्ये सात हजार ७५९ घर सहरी विकास मन्त्रालय अन्तर्गत खटिएका इन्जिनियरले प्रमाणित गरेका 
छन् ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी छ लाख २६ हजार ६९५ लाभग्राही सर्वेक्षणबाट पहिचान भएका थिए ।

यसमा गुनासो सम्बोधनबाट २७ हजार २१८ लाभग्राही थपिए। यसरी कुल छ लाख ५३ हजार ९१३ लाभग्राही अति प्रभावित १४ जिल्लामा पहिचान भएका छन् ।

यसमध्ये पाँच लाख ५४ हजार ६१४ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । एक हजार ४३८ घरधनीले दोस्रो किस्ताको रु एक लाख ५० हजार बुझेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

भूकम्पबाट कम प्रभावित १७ जिल्लामा ‘भेरिफिकेसन मोडेल’ बाट सर्वेक्षण अन्तिम चरणमा पुगेको छ ।
चालु आवको फागुन मसान्तसम्म स्थानीय तहमा दुई लाख पाँच हजार ३३५ गुनासा दर्ता भएका छन् ।

दर्ता भएको गुनासामध्ये ९३ हजार ३७४ अर्थात् ४५ प्रतिशत फछ्यौट भएका छन् । बाँकी गुनासा फछ्यौटको चरणमा छ।



काठमाडौं, जेठ १४ गते । रातो तारा डट कम-धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना भएको 
छ । दुर्घटनामा परी तीन जनाको निधन भएको खबर पुष्टि भइ२७ जना घाइते भएकाछन ।

३० जना बोकेर धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस ग १ ख ३८०५ नम्बरको दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी टोली पुगेरउदार काम थालेकोछ । अनलाइन बाट

काठमाडौं, जेठ १४ गते । रातो तारा डट कम-धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना भएको 
छ । दुर्घटनामा परी केहीको निधन भएको खबर आएपनि पुष्टि हुन सकेको छैन ।

धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस ग १ ख ३८०५ नम्बरको दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी टोली पुग्दैछ । अनलाइन बाट



बिराटनगर,जेठ १४ गते । रातो तारा डट कम,मालपोत कार्यालय बिराटनगरका अधिकृत देवी प्रसाद भट्टराई र फाटका नासु लक्ष्मीनारायण निरौलाले दिएको जानकारी अनुसार साउन देखि बैशाख सम्मको मुद्धा सम्बन्धि  तथ्यांक, नामसारी ४४८  थान परेका निवेदन फछर्यौट भई कारवाही हुन ४ थान बाँकी रहेकाछन ।

हालसाबिक तर्फ २३०९ थान सबै फछर्यौट भएका छन भने संसोधनमा ६१९ थान र दाखा निवेदन २१८ थान,सबै फछर्यौट भएका छन । हकसफाइ र जग्गा दर्ता सम्वन्धि निवेदन परेनन्।

सरकार वादी उजुरी २२ थान निवेदन दर्ता भएकामा सबै बाँकी रहेका र स्वबासी जग्गा दर्ता तर्फ ४६ परेका निबेदन मध्ये ११ थान फछर्यौट भई ३५ थान कारवाही हुन बाँकी रहेको जानकारी गराउनु भएको छ ।

यसरी हेर्दा साउन देखि बैशाख सम्मको मासिक प्रगति अनुसार उल्लेखित सबै श्रीसकहरुको जम्मा निवेदन संख्य ३६०५ थान निवेदन उपर कारवाही भई बाँकी ६१ थान कारवाही बाँकी रहेको पाईएकोछ ।

त्यसैगरी रजिष्टेशन तर्फका मालपोत अधिकृत गोैतमराज अमात्यले दिएको जानकारी अनुसार साउन देखि बैशाख सम्मको प्रगतिअनुसार जम्म रजिष्टेशन २४ हजार १४ थान रजिष्टेशन भएकाछन र महिलाकाहरुलाई २५ प्रतिसत छुट हुने भएकाले उनिहरुका नाममा बढी रजिष्टेशन भएको पाईन्छ ।

यसरी हेर्दा यो वर्ष ४० करोड ७२ लाख ११ हजार ५०० सय राजश्व उठेको अमात्यले बताउनु भयो ।
मालपोत लेखा अधिकृत सम्भु श्रेष्ठ र लेखापाल दुर्गा पोखरेलले दिएको जानकारी अनुसार बिभागले मालपोतलाई अरु वर्षको जसरी यो आ व मा यति लक्ष्य राजश्व पुगाउनु पर्छ भन्ने नभए पनि गत वर्षको तुलनामा यो वर्ष साउन देखि बैशाख सम्मको कुरा गर्दा पुँजि गत लाभ कर सहित रु ५६ करोड २ लाख ५८ हजार ४ सय १४रुपैयाँ उठेकोछ यो गत वर्षको तुलनामा राजश्वामा प्रगति भएको मान्नसकिन्छ ।


विराटनगर, जेठ १४ गते । रातो तारा डट कम-सुनसरीको इटहरी उपमहानगरपालिका ४ बुढीगंगामार्गका उपभोक्ताले आज डिभिजन सडक कार्यालय विराटनगर घेराउ गरेका छन्।

एक वर्ष सम्म सडक कालोपत्रे हुन नसकेको भन्दै उनीहरुले कार्यालयमा तत्काल कालोपत्रेको काम अघि बढाउन माग राखेर दबाव समेत दिए ।

१६ फिट चौडाई भएको दुई सय २५ मिटर लामो सडक कालोपत्रे गर्न डिभिजन सडक कार्यालय विराटनगरले पहिलो पटक २०७३ साल पुस र दोस्रो पटक २०७४ बैशाख अन्तिममा टेण्डर आब्हान गरेको थियो ।

तर दुई पटक नै टेण्डर रद्ध गर्नु परेको छ । ठेक्का नपरेका कारण टेण्डर रद्ध गर्नु परेको कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताउनु भयो । सडक कालोपत्रे गर्नका लागि २०७३ जेठ १५ गते १२ लाख रुपैयाँ बजेट पास भएर रातो कितावमा समेत उल्लेख गरिएको थियो ।

इटहरी उपमहानगरपालिका ४ बुढीगंगामार्ग उपभोक्ता समितिका सचिव ठाकुर खात्रीका अनुसार छोटो प्रक्रियाबाट भए पनि तत्काल सडक कालोपत्रे हुनु पर्ने माग सम्बन्धीत निकायसंग गरिएको बताउनु भयो । सडक कालोपत्रे गर्ने कुरामा ढिलाई भएमा बजेट नै फ्रिज हुने खतरा रहेको खत्रीको भनाइ छ ।

विकास निर्माणको सन्दर्भमा अन्तिम समयमा आएर काम थाल्न खोज्ने सम्बन्धीत निकायको कमजोरीको सिकार सर्वसाधारण बन्नु परेको उहाँको गुनासो छ ।

बजेट फ्रिज हुन नदिने र केही समयमै काम सक्ने गरी सडक कालोपत्रे सुरु नगरिए आन्दोलन गर्ने चेतावनी उपभोक्ताले दिएका छन् ।




विराटनगर, जेठ १४ गते । रातो तारा डट कम-मोरङको रतुवामाई नगरपालिका ९ का ६० वर्षीय रामप्रसाद अधिकारीको आज लडेर मृत्यु भएको छ ।

हिंड्दै गरेको अवस्थामा खेतको डिलबाट लडेर अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

प्रहरी निरीक्षक केशव कटवालका अनुसार लडेपछि उठ्न नसक्दा खेतमा जमेको पानीमा अनुहार डुबेर अधिकारीको मृत्यु भएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


विराटनगर जेष्ठ १४ गते । रातो तारा डट कम-बाल अधिकार हनन्का घटनाहरु दोहारिदै जादा बालमेत्री नगर कायान्वयनमा चुनौति थपिएको सरोकारवालाहरुले बताएका छन् ।

बालमैत्री नगर घोषणाको एक वर्ष पुगेको उपलक्ष्यमा आज विराटनगर महानगरपालिकाले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठिका सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै बालबालिकाको क्षेत्रमा का गर्दै आएका सरोकारवाला निकायका प्रतिनिधिहरुले बालमैत्री पूर्वाधार निर्माणमा सुश्तता, राज्य पुनसंरचा संगै प्रशासनिक निकायको पुनसंरचना, समाजमा सकारात्मक सोचको अभाव लगायतका समस्यले बालमैत्री नगर कार्यान्वयनमा चुनौति देखिएको बताए।

बालमैत्री नगर घोषणा पश्चातको एक वर्षृमा महानगरपालिकाले नगरको साविकको २२ वटै वडाहरुमा बालभेला, बालक्लब गठन, संस्थागत तथा सामुदायिक विद्यालयहरुमा बालक्लक गठन, एक सय १२ विद्यालयहरुमा खानृपानी तथा वास अभिमुखिकरण लगायतका कार्यक्रम संचालन गरेको जनाएको छ ।

साथै २ सय ६६ जना बालश्रमिकहरुलाइ परिवारमा पुनस्थापना गरेको र २० जनाको परिवारलाइ आयआर्जनमा सहयोग गरिएको महिला तथा बालबालिका शाखा प्रमुख डिल्लि धिमालले जानकारी दिनुभयो ।

त्यस्तै बालमैत्री नगरको महत्वपुर्ण सुचक मध्येको सुनौलो हजार दिन अभियान प्रवर्धनका लागि नगरका एकसय ३५ जना स्वास्थ्य स्वयमेसेवीकालाइ अभिमुखिकरण, अस्पतालमा प्रसुति गराइ ३५ दिन भित्रमा जन्मदर्ता गराउनेलाइ एक हजार भत्ता सहितको पोषण कार्यक्रम लागु गरिएको र ६ जनाले सो सुविधा लिइसकेको जनाइएको छ ।


काठमाडौं, जेठ १४ गते । रातो तारा डट कम-काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

१३ दिनसम्म च लेको मत गणना शनिबार मध्यरातमा सकिएको छ । तर, औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ ।

शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए ।
विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भइन् । उनले २३ हजार ४३९ मत पाएकी छन् ।

साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् । कांग्रेसले हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भइन् । उनले ५८ हजार ९५२ मत पाइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।



काठमाडौ,जेठ १४ गते । रातो तारा डट कम-रोल्पा,सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ ।

थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण थपिन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले बताउनु भयो । “अहिले निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा आउनेको चाप बढ्दै गएका कारण भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लागेका छौँ” – घर्तीले भन्नुभयो ।

भवन निर्माणका लागि विभिन्न सङ्घसंस्थाले समेत सहयोग गरिरहेका छन् । सहयोगकै क्रममा नेपाली सेनाको खडक दल गणको एक सैनिक टोली थवाङमा रहेर निर्माण कार्यमा सहयोग गरिरहेको सैन्य स्रोतले बताएको छ । विद्यार्थीको चापसँगै भवन अपुग भएको भन्दै विद्यालयले नेपाली सेनालाई भवन निर्माणमा सहयोग गर्न अनुरोध गरेअनुसार हाल एक टोली थवाङमा पुगी विद्यालय भवन निर्माणमा सहयोग गरेको हो ।

विद्यालयको आन्तरिक र बाह्य परीक्षामा अधिकांश विद्यार्थी अङ्ग्रेजी विषयमा असफल हुन थालेपछि विद्यालयप्रति अभिभावकको आकर्षण घट्न थालेकाले अङ्ग्रेजी माध्यमबाट पठनपाठन थालनी गरिएको विद्यालयले बताएको छ । नर्सरीबाट सुरु गरिएको अङ्ग्रेजी माध्यमको पढाइ कक्षा ९ सम्म पुगेको बताइएको छ । कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ गर्ने योजना रहेको विद्यालयले जानकारी दिएको छ ।

विद्यालय व्यवस्थापन समितिले पछिल्लोपटक विद्यालयलाई नमुना बनाउने भन्दै थालेको अभियानस्वरुप शैक्षिक र भौतिक उपलब्धि देखिन थालेपछि अभिभावकसमेत सन्तुष्ट देखिन थालेको विद्यालयले बताएको छ ।

विद्यालयमा हाल सरकारी दरबन्दीका रुपमा कक्षा १ देखि १२ सम्म २१ जना शिक्षक र ७५० बढी विद्यार्थी रहेका छन् । रासस 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.