Websoft University

इटहरीमा सुरु भयो दलहरुको घरदैलो अभियान


 बिराटनगर बैशाख १३ गते । रातो तारा डट कम-इटहरी उपमहानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि दलहरुले घरदैलो अभियान कार्यक्रम सुरु गरेका छन्।

तराईको मुख्य सहरसमेत मानिएको इटहरी उपमहनगरमा अहिले गर्मीको जति चाप बढेको छ। त्यति नै राजनीतिक सरगर्मी पनि बढेको छ। इटहरीको गल्ली, चोक तथा बजार पसलमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने गरेको छ।

सरकारले एक नं. प्रदेशको निर्वाचन दोस्रो चरणमा गर्ने निर्णय गरे तापनि स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु भने निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त भइरहेका भेटिन्छन्।

सुनसरीको २ नं. क्षेत्रमा पर्ने इटहरी पहिलेदेखि नै नेकपा एमालेको पकड क्षेत्रको रुपमा मानिँदै आएको छ। साबिकको इटहरी नगरपालिकामा पकली, बकलौरी, खनार र हासपोसा गाविसलाई गाभेर इटहरी उपमहानगरपालिका बनेको हो।

एक नं. प्रदेशको राजधानीसमेत बनाउने चर्चा चल्ने गरेको ८७ वर्ग किलोमिटर क्षेत्रफल भएको इटहरीमा १ लाख ४२ हजार आठ सय एक जनसख्या र ७६ हजारभन्दा बढी मतदाता रहेका छन्।

यतिवेला सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरे पनि इटहरीको भावि उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरु को होलान् भन्ने विषय सबैको चासोको विषय भएकोछ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.