Websoft University

बैशाख ३१ गतेको चुनाव सर्छ भनेर दुबिधामा नपर्न सबैलाई आग्रह


काठमाडौं, बैशाख १७ गते । रातो तारा डट कम-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाख ३१ गतेको चुनाव सर्छ भनेर दुबिधामा नपर्न सबैलाई आग्रह गरेका छन् ।

उनले आगामी १९ गते उत्सवको रुपमा उम्मेदवारी दर्ताको वातावरण बनाउन व्यवस्थापिका संसदको आजको बैठक स्थगित गर्नुपरेको जानकारी पनि दिए । उनले उम्मेदवारी दर्ता पछि २१ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्तावबारे छलफल हुने बताए ।

‘१९ गते नोमिनेसनको वातावरण बनोस् भन्नाका लागि २१ गते बैठक राखिएको छ । एउटा उत्सवकै रुपमा नोमिनेसन गराउने अनि ३१ को निर्वाचनको तयारी गर्ने,’ आइतबारको संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बैशाख ३१ गते निर्वाचन हुन्छ । 

अब कुनै खालको कन्फ्युजन तपाईं मिडियाका साथीहरुले पर्न र पार्न जरुरी छैन ।’ सभामुख ओनसरी घर्तीले भने दलहरुलाई सहमतिको वातावरण बनाउनका लागि २१ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको जानकारी दिएकी छन् ।

प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताव र उम्मेदवारी दर्ता सँगसँगै अघि बढाउने परिस्थिति बनेको जानकारी दिए ।
३१ गतेको निर्वाचनलाई सम्पन्न गराउने प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको प्रचण्डले बताए ।

स्थानीय तहको चुनावमा मधेसी मोर्चा पनि सहभागी हुने उनले विश्वास व्यक्त गरे । ‘सबैभन्दा पहिले नोमिनेसन दर्ता गरेर ३१ गतेको निर्वाचनलाई सम्पन्न गराउने प्राथमिकता दिनुपर्ने परिस्थिति बन्यो,’ प्रचण्डले भने, ‘मधेसी मोर्चा पनि यसमा समझदारीमा आउने स्थिति बनेको छ । उहाँहरु आउनुहुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.