Websoft University

मिक्लाजुङ नेकपा माओवादी केन्द्रले उम्मेद्वार घोषणा


मोरङ-मिक्लाजुङ, बैशाख १७ गते। रातो तारा डट कम,
मोरङको मिक्लाजुङ गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेद्वार घोषणा तथा चुनावी प्रचारप्रसार उद्घाटन गरेको छ ।

बिहीबार मधुमल्ला बजारमा आयोजित सभामा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं जिल्ला संयोजक कुशल लिम्बूको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा केन्द्रीय आयोजक समिति सदस्य लक्ष्मी पौडेल ‘विवेक’ले मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट प्रेम मिभक लिम्बूको उम्मेद्वारी घोषणा गर्नुभयो ।

सो अवसरमा अध्यक्षका उम्मेद्वार लिम्बूले समृद्ध, विकसित मिक्लाजुङका लागि प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भौगोलिक रूपमा असहजताले मिक्लाजुङको विकासमा समस्या भएको बताउँदै सडक संरचनासँगै विकासले फड्को मार्ने बताउनुभयो ।

स्थानीय सरकारका रूपमा घरघरमा सिंहदरबार आएको बताउँदै उहाँले सडक निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

कृषि, पर्यटनलगायतको सम्भाव्यता रहेको मिक्लाजुङमा मावा खोलादेखि तेलीखोलासम्म कृषि सडक, मधुमल्ला–टाँडीहुँदै मिक्लाजुङसम्मको सडक आफ्नो पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

लिम्बूले मिक्लाजुङमा कलेजस्तरका कुनै पनि क्याम्पस स्थापना नभएकोले कलेज स्थापनाका साथै स्वास्थ्य, सञ्चार, विद्युत विस्तार पनि प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

मिक्लाजुङको प्रमुख समस्याको रूपमा रहेको बक्राहा–नुनसरी बाढी नियन्त्रणका लागि दीर्घकालिन रूपमा तटबन्ध निर्माण गर्नेसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष र दुई वडा सदस्यबाहेक माओवादी केन्द्रले मिक्लाजुङमा ४४ जना उम्मेद्वारको घोषणा गरेको छ ।

जसअनुसार वडा नं. १ अध्यक्षमा उमेश राई, २ मा अमर राई, वडा नं. ३ मा चन्द्रकुमार लिम्बू, ४ मा अर्जुनकुमार तामाङ, ५ मा शंकर बजगाई, ६ मा गंगा भण्डारी, ७ मा मेघनाथ घिमिरे, ८ मा प्रेमबहादुर कुँवर र ९ मा गोपाल नेपाली रहेका छन् ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरूले माओवादीले जनयुद्धमा उठाएको गणतन्त्र, समावेशी, संघीय, धर्मनिरपेक्षता जस्ता मुद्दा संबिधान मार्फत स्थापित भएको र सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको बताएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.