Websoft University

प्रधानमन्त्री प्रचण्डले चिनियााँराष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटघाट गरेका छन्


काठमाडौं, चैत १५ गते । रातो तारा डट कम-
आफ्नो कार्यकालमा चीनको भ्रमण नै नहुने हो कि भन्ने संशयका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइजिङको भ्रमण गरेकाह छन् । वोआओ सम्मेलनमा भाग लिन चीन गएपनि प्रधानमन्त्री प्रचण्डले चिनियााँराष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटघाट गरेका छन् ।

प्रधानमन्त्री हुनुभन्दा पहिला र त्यसपछि पनि पटकपटक प्रचण्डले दुई देशको बीचमा सन्तुलित सम्बन्ध राख्ने भने पनि लगभग असन्तुलनको अवस्था देखियो । यो भ्रमणले त्यसलाई केही हदसम्म सन्तुलनमा ल्याएको देखिन्छ ।

विश्वासको वातावरणमा जोड
नेपाल र चीनको बीचमा पछिल्लो समय केही राजनीतिक अविश्वासको वातावरण देखिएको पक्कै हो । प्रधानमन्त्री प्रचण्डले पनि यसलाई सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन् । उनले चीन जानुभन्दा अगाडि नै आफ्नो भ्रमण मुख्य रुपमा विश्वासको वातावरण बनाउन केन्द्रित हुने बताएका
थिए ।

प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीचको भेटघाटको समयमा यो विषयले पनि प्राथमिकता पाएको देखिन्छ । चीनका सञ्चारमाध्यमहरुले स्पष्ट शब्दमा ‘सीले राजनीतिक विश्वासको वातावरणलाई सुदृढ गर्न’ जोड दिएको उल्लेख गरेका छन् । यस अगाडिको भेटमा चिनियाँ पक्षले सो विषय उल्लेख गर्ने गरेको थिएन ।

मुख्य चासोको विषयमा अझ सहकार्य
नेपालमा चीनको मुख्य चासो चीनविरोधी गतिविधिमा नियन्त्रण हो । यसका लागि उसले राजनीतिदेखि सैन्य क्षेत्रमा समेत नेपाललाई सहयोग विस्तार गरिरहेको छ । तर, तिब्बतको मामिलामा ऊ अझै आश्वस्त हुन सकेको छैन ।

प्रचण्ड र सीबीचको भेटपछि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ, ‘सी ले दुई मुलुकको मुख्य चासोको विषयमा अझ बढी सहकार्य र सहयोगमा जोड दिनुभएको छ ।’

संविधान कार्यान्वयन
चीनले स्पष्ट रुपमा नेपालमा नयाँ संविधानको कार्यान्वयनमा जोड दिएको छ । नेपालमा अस्थिरता बढेमा आफ्नो सुरक्षा चासोमा असर पर्ने बेइजिङको पुरानै बुझाइ हो । संविधान कार्यान्वयनको एउटा खुड्किलो स्थानीय तहको निर्वाचनको लागि सहयोग गर्ने वचन दिएर चीनले आफ्नो धारणालाई बल पुर्‍याएको छ ।

संविधान संशोधन तथा मधेसवादी दलहरुको मागको सम्बन्धमा भने उसले स्पष्ट बोलेको छैन । तर, निर्वाचनमा सबै पक्षको सहभागिता होस् भन्ने उसले सन्देश दिएको छ ।

रेल्वे र सडकको विस्तार
पछिल्ला वर्षहरुमा नेपाल र चीनको बीचमा भएका उच्चस्तरीय भेटघाटहरुमा चीनले रेल्वे र सडक विस्तारलाई निरन्तर जोड दिँदै आएको छ । नेपालसम्म रेलवे र सडक विस्तार गर्ने उसको योजनामा नेपालले पर्याप्त सहयोग नगरेको निष्कर्ष उसको हुन सक्छ । यस अगाडि भारतको गोवामा भएको भेटघाटमा पनि चिनियाँ राष्ट्रपतिले यी विषयमा विशेष जोड दिएका थिए।अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.