Websoft University

आउँदो शैक्षिकसत्रको भर्ना अभियानका अभिभावक परिचालन गरिने



काठमाडौं,चैत १७ गते । रातो तारा डट कम,
नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ ।

सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ ।

सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाको अध्यक्षतामा सम्पन्न पदाधिकारी बैठकले शैक्षिकसत्र २०७४ को भर्ना अभियानको समय आएकाले सबै जिल्ला समितिले व्यापकरुपमा अभिभावक परिचालन गरी भर्ना अभियानमा सामेल हुने र टोलछिमेकका कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट बाहिर नरहून् र विगतमा भर्ना भएकाले बीचैमा विद्यालय नछोडून् भनेर ध्यान राख्न अभिभावकलाई सचेत गराउने निर्णय पनि गरेको छ ।

सङ्घले संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड तथा निर्देशिका २०७३ को संशोेधन, पाठ्यपुस्तक उत्पादन तथा वितरणका सम्बन्धमा समीक्षा गरी शिक्षा मन्त्रालयलाई आफ्ना प्रतिबद्धता पूरा गराउन र कमजोरी पाइए दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.