Websoft University

नेपाल टेलिकम अब कर्मचारीले नै डुबाउने भए

काठमाडौं, चैत१५ गते । रातो तारा डट कम-
नेपाल टेलिकमका दुई जना कर्मचारीको व्यक्तिगत हित हुने गरी ल्याइएको ‘फोरजी’ सेवाबाट कम्पनीमा ठूलो रकम हिनामिना भएको छ ।

नेपाल टेलिकमले चलाएको एडिएसल ईटरनेट सेवा पनि चल्दै नचलेर धमाधम अरूकम्पनीका सेवा सेवा लिन थालेका छन। अब टेलिकम कर्मचारीले नै डुबाउने भए।


त्यसैगरि १२ करोड रुपैयामा हुवावे कम्पनीले टेण्डर हाल्दा पनि नदिएर जेटीइलाई कमिसनकै कारण झनै उल्टै बढी रकमको स्वीकृत गरिएको थियो । सीटीओ अफिसमा बसेर कुन कम्पनीलाई मिल्ने स्पेक बनाउने र कमिसन लिने भन्ने विषयमा विद्याबारिधि गरेका प्रदिप ठाकुरकै कारण फोरजी सेवा पूर्णतया नोक्सानीमा गएको छ ।

फोरजीको सेवा लञ्च गरिएको भनेर तामझामका साथ प्रचार गरिएपनि थ्रीजी पनि नभएको टेलिकमकै प्राविधिकहरु बताउँछन् । अहिले एक दुई स्थानमा बाहेक त्यही थ्रीजीका लागि सेवा उपलव्ध छैन ।

नेपाल टेलिकमको नेतृत्वमा भ्रष्टाचार गर्न सिपालु व्यक्तिको पदस्थापन भएपछि यसरी टेलिकमको अवस्था धारासायी हुन गएको हो । टेलिकमको प्रबन्ध निर्देशक बनेकी कामिनी राजभण्डारीले अहिलेसम्म कम्पनीलाई फाइदाहुने गरी कुनैपनि नीतिगत निर्णयहरु गर्न नसक्दा उनको कार्य सम्पादन मापन पनि फेल खाएको छ ।

उनले अहिले नियुक्त हुँदाको समयमा सञ्चालक समितिको तर्फबाट दिइएको प्रबन्ध निर्देशकको कार्य सम्पादन मापनको सुचांक ६ पनि पुगेको छैन् । बैकिङ तरलताका कारण ब्याजमा बृद्धि भएकाले मात्रै कुल मुनाफा शिर्षकमा वृद्धि भएको हो । अहिले नेपाल टेलिकमले १३ प्रतिशत ब्याज पाएकाले नै यो मात्रै ट्राजेट पुगेको छ ।

त्यसलाई पनि प्रबन्ध निर्देशक राजभण्डारीले उपलब्धिकै रुपमा लिएकी छन् । यसरी प्रबन्ध निर्देशक हुनका लागि कम्पनीले राखेको न्यूनतम मापदण्ड इबीटीडीए ग्रोथ, रेभेन्यू ग्रोथ (सञ्चालन आम्दानीमा वृद्धि), सब्सक्राबर ग्रोथ (ग्राहक सेवामा वृद्धि), नेट प्रोफिट ग्रोथ (कुल मुनाफामा वृद्धि), ग्रोथ इन रिटर्न अन टोटल एसेस्ट (सम्पत्तिको प्रतिफलमा वृद्धि) मा कम्तीमा पनि ९.७५ सुचांक ल्याउनुपर्ने हुन्छ ।

तर संचालक समितिका तर्फबाट प्रबन्ध निर्देशकले गर्नुपर्ने न्यूनतम मापदण्डलाई नै केहि रकम घुसका रुपमा दिएर सच्चाई पद सुरक्षित गर्न लागेकी राजभण्डारीलाई भने अहिले केहि इमान्दार र राष्ट्रवादी सोच भएका कर्मचारीका कारण असफल बनाइदिएका छन् ।

गुणस्तर सेवाका सम्बन्धमा पनि नियामक निकायले निर्धारण गरेको मापदण्ड अनुसार र कुनै स्वतन्त्र निकायबाट ग्राहक सन्तुष्टबारे सर्वेक्षण गराउने र सोका आधारमा समय समयमा लक्ष्य तोकिनु पर्ने उल्लेख गरिएको छ ।अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.