Websoft University

निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको आग्रह


काठमाडौं, चैत १५ गते ।रातो तारा डट कम-
स्थानीय तहको निर्वाचनको आचारसंहिता कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

प्रशासन कार्यालयले मंगलबार बिहान दलहरुसँग गरेको छलफलमा यस्तो आग्रह गरेको हो । निर्वाचनलाई लक्षित गरी स्थानीय तहमा गरिने र्‍याली, जुलुस, सभा लगायतका कार्यक्रम एउटै समयमा नगरी फरक समय र स्थानमा गर्न भनिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

एक(अर्काको कार्यक्रम बिथोल्ने, डर(त्रास फैलाउने, अनुचित दबाव दिने काम नगर्न र स्वच्छ रुपमा चुनाव गर्ने तयारी गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ । दलका स्थानीय नेताहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपले पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच प्रशासन कार्यालय गोरखाले निर्वाचनलाई मर्यादित ढंगले सञ्चालन गर्न र सहजीकरण गर्न संयन्त्र बनाउने तयारी गरेको छ ।

निर्वाचनका लागि निर्वाचन कार्यालय गोरखामा १६ दल दर्ता भएका छन् । मतदान गर्न जिल्लाको दुई सय १३ ठाउामा मतदान केन्द्र स्थापना गरिएको छ । मतदाताको संख्याको आधारमा केन्द्र थपघट हुन सक्ने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

संघीयता कार्यान्वयन गर्ने निर्वाचन भएकाले मतदानमा सहभागी भएर स्थानीय गाउँपालिका र नगरपालिकाको विकासका लागि नेतृत्व चयन गर्न उनले जिल्लावासीलाई आग्रह समेत गरेका छन् । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.