Websoft University

छिमेकीको अन्तर घात सहनै नसकेर नेपालले चीन संग सैन्य सम्बन्ध बढायो


काठमाडौं, चैत १६ गते। रातो तारा डट कम,
आर्थिक राजनीतिक र सामरिक विषयमा प्रायः दक्षिण छिमेक भारतसँग निर्भर रहेको देश छिमेकी नेपाल संग अन्तर घात भारतले गर्न थाले पछि, नेपालसँग चीनले सैन्य सम्बन्ध बढाएको हो । विकास सहायता र सहकार्य लगायत आर्थिक सम्बन्धमा चिनियाँ चासो बढ्दै गर्दा अब यसमा सैन्य सम्बन्ध पनि थपिएको कुराले नेपाली ज्यदै खुसि भएकाछन।

इतिहासमा पहिलोपटक नेपाली सेनाले चिनियाँ सेनासँग संयुक्त अभ्यासको तयारी गरिरहेको छ । दुबै देशका सेनाबीच अभ्यासको गृहकार्य र मोडालिटीको बारेमा तीव्र तयारी भइरहँदा चिनियाँ रक्षामन्त्रीले यसैसाता नेपालको भ्रमण गरे ।

चिनियाँ सेनाले पछिल्लो समय नेपाली सेनालाई निकै प्राथमिकतामा राख्न थालेको छ । चिनियाँ रक्षामन्त्री चाङवाङ क्वानको तीन दिने नेपाल भ्रमणले चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच बढ्दो निकटतालाई स्पष्ट पारेको छ ।

चार महिनामा कर्णेलदेखि मन्त्रीसम्मको भ्रमण:-
चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेलको नेतृत्वमा एक टोली आएको दुई महिना पनि नहुँदै चिनियाँ सेनाकै उच्च तहका अधिकृतहरु नेपाल आए ।

दुई महिनाअघि परराष्ट्र, रक्षा र सैनिक हेडक्वार्टरका समेत सीमित अधिकारीहरुलाई जानकारी दिएर चिनियाँ जनमुक्ति सेनाका मेजर जनरलको नेतृत्वको टोली नेपाल भ्रमणमा आएको थियो ।

मेजर जनरल लि उ चुनको नेतृत्वको टोली तीन दिने नेपाल भ्रमणमा रहँदा दुई देशका सेनाबीच संयुक्त अभ्यासको विषयले प्राथमिकता पायो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पहल र चिनियाँ सेनाको विशेष चासोले दुई देशका सेनाबीच पहिलो पटक हुन लागेको संयुक्त अभ्यासको तयारी अहिले चलिरहेको छ । अभ्यासको मिति तय भइनसकेको अवस्थामा चिनियाँ रक्षामन्त्री पनि नेपाल आए ।

यी सबै घटनाक्रमले चीन सैन्य कूटनीतिबाट नेपालसँग नजिक हुन चाहन्छ भन्ने देखाएको छ । पूर्वरथी बालानन्द शर्माको बुझाइमा अन्य निकायलाई दिएको सहयोगभन्दा नेपाली सेनालाई दिएको सहयोग र सम्बन्धले ठोस नतिजा दिएकाले दुर्इ देशका सेनाबीच सम्बन्ध नजिक भएको हो

विज्ञहरु भन्छन्:-राजनीतिमा भन्दा सेनामा चीनको विश्वास
चिनियाँ रक्षामन्त्री १६ वर्षपछि नेपाल भ्रमणमा आएका हुन् । चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार, नेपाली सेना र चिनियाँ सेना बीचको सम्बन्ध पुरानै भए पनि १६ वर्षपछि रक्षामन्त्री नेपाल आउनुले नेपाली सेनालाई चीनले महत्व दिएको बुझनुपर्छ ।

‘१६ वर्ष अघिसम्म चिनियाँ सेनाको सम्बन्ध सीधै दरबारसँग थियो, त्यसबेला दरबार नै स्थायी संस्था भएकोले उसैसँग सम्बन्ध राखे पुग्थ्यो । अहिले भने स्टेकहोल्डरहरु धेरै भए, तर सरकार स्थायी हुन सकेन र कर्मचारी संयन्त्र पनि बलियो हुन सकेन । त्यो हिसाबले अहिलेको अवस्थामा नेपाली सेनालाई नै स्थायी सम्बन्ध बनाउने संस्थाको रुपमा बुझेको हुन सक्छ’, पूर्व राजदूत आचार्य भन्छन् ।

उनले ठूलो सैन्य क्षमता भएको मुलुकले हाम्रो जस्तो प्रशासनिक संयन्त्र बलियो नभएको र राजनीतिक स्थायित्व नभएको मुलुसँग सैन्य कुटनीति नजिक बनाउन खोज्नु सकारात्मक भएको उनको विचार छ ।

पूर्वरथी बालानन्द शर्माको बुझाइमा अन्य निकायलाई दिएको सहयोगभन्दा नेपाली सेनालाई दिएको सहयोग र सम्बन्धले ठोस नतिजा दिएकाले पनि चीन र नेपालका सेनाबीच सम्बन्ध नजिक बनाएको हो ।

‘राजनीतिक सम्बन्ध नजिक र स्थायी हुनु मुलुकका लागि सकारात्मक हुन हुन्छ । तर त्यो नभएको अवस्थामा सैन्य सम्बन्ध विस्तारलाई आपसी सम्बन्ध बलियो पार्ने माध्यम बनाउने उनीहरुको रणनीति हुन सक्छ’, पूर्वरथी शर्माले भने ।

अर्का पूर्वरथी सिबी गुरुङ भने राजनीतिक सम्बन्ध स्थायी र विश्वासिलो हुन नसके सैनिक सम्बन्धले मात्रै खासै केही नहुने बताउँछन् ।

उनले भने, ‘चिनियाँ सेनासँग नेपाली सेनाको सम्बन्ध पुरानै भए पनि परिस्थिति अनुसार केही नजिक भएको हुन सक्छ । तर, सेना(सेनाबीचको सम्बन्ध मात्रै पर्याप्त हुँदैन ।’

एक देशको सेनासँग सम्बन्ध बलियो बनाउने र अर्कोलाई अपमान गर्न नमिल्ने भन्दै उनले थपे, ‘सबैभन्दा मुख्य कुरा राजनीतिक सम्बन्ध हो, सैन्य सम्बन्ध त नियमित प्रक्रिया मात्रै हो ।’

नयाँ होइन, नेपाल चीन सैन्य सम्बन्ध:-
चीनसँग नेपालको सैन्य सम्बन्ध नयाँ चाहिँ होइन । नेपालले भारत र चीनसँग सैन्य कूटनीति लगभग एकै समयमा स्थापना गरेको हो । राजा महेन्द्रकै पालामा नेपाली सेनाले चीन र भारतस्थित नेपाली दूतावासमा सैनिक सहचारी राखेको थियो। तर, भारतसँग नेपाली सेनाले विशेष सम्बन्ध स्थापित गरिसकेको अवस्थामा चीनसँग संयुक्त अभ्यास बल्ल पहिलो पटक हुन लागेको हो र भइरहनु पर्छ भन्दैछन् जनता।

नेपाल र भातीय सेना प्रमुख एक अर्काको मानार्थ प्रधानसेनापति हुने परम्परा छ,गलत हो ? त्यो खारेजी हुनुपर्छ यो जनताको माग हो । नेपालले भारत संघ व्यापारीक सम्बन्ध मात्र राखन जनताले भन्दैछन् ।

यस्तै, हरेक वर्ष ‘सूर्यकीरण’ नामको संयुक्त अभ्यास समेत हुँदै आएको छ । तर, चीनसँगको सैन्य सम्बन्ध सामान्य स्तरमा मात्रै सीमित रहेको थियो ।

नेपालबाट चीनमा ‘नेशनल डिफेन्स कोर्स ९एनडसी० गर्ने पहिलो अधिकृत पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ हुन् । त्यसयता चीनमा हरेक वर्ष ३ देखि ४ जना सम्मले चीनमै सेनाको सबैभन्दा महत्वपूर्ण तालिम एनडीसी कोर्षर् गर्दै आएको छ ।

जनमुक्ति सेनाका अधिकृतहरु पनि स्टाफ कलेजका लागि नेपाल आउने गरेका छन् । तर, दुई देशका सेनाबीच संयुक्त अभ्यास हुन सकेको छैन । यही अवस्थालाई चिर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले चिनियाँ जनमुक्ति सेनासँगको सैन्य कूटनीतिलाई नयाँ तहमा पुर्‍याएका छन् ।

त्यसो त पछिल्ला वर्षहरुमा चीनले नेपाली सेनालाई सहयोग बढाएको छ । दुई वर्षअघि ८० करोड मूल्य बराबरको सहयोग गरेको थियो । तीन वर्षमा चीनले नेपाली सेनालाई डेढ अर्बभन्दा बढी सैन्य सहयोग उपलब्ध गराइसकेको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको चीन भ्रमणताका मात्रै चीनले ५० करोड सहयोग गर्न सम्झौता गरेको थियो । जुन रकमबाट नेपाली सेनाले शान्ति मिसनका लागि आवश्यक एपीसी खरिद गर्ने भएको छ ।

भारतीयहरुले नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्ने प्रयास गर्दै आएका छन् । यही कारणले पञ्चायत कालमा चीनबाट हतियार खरिद गर्दा उसले आपत्ति जनाएको थियो ।

सार्वभौम देश नेपालले भारतको बाटो भएरमात्रै हतियार खरिद गर्नुपर्छ भन्ने भारतीयहरुको मान्यता रहँदै आएकाले उनीहरु नेपाल र चीनवीचको सामरिक सम्बन्धलाई रुचाउँदैनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.