Websoft University

मोटरसाइकल चालकको मृत्यु




बिराटनगर, फागुन १५ गते । रातो तारा डट कम,
मोरङको टंकिसिनवारी-४ स्थित कोशी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा को १९ प ७८७५ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहवी-भलुवा नगरपालिका ४ बस्ने अन्दाजी २८ वर्षिय राजेश चौधरी रहेका छन। चौधरी सवार मोटरसाइकललाई बिराटनगरबाट सिरहा तर्फ जादै गरेको ना ६ ख ५९६६ नम्बरको बसले दिउँसो २ बजेतिर ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते चौधरीको विराट नर्सिङहोमा उपचारकाक्रममा अपरान्ह ३ बजे मृत्यु भएको छ। बसको ठक्करबाट मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ३० को अरबिन्द हलुवाई साह गंम्भीर घाईते भएका छन।

साहको बिराट मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.