Websoft University

ठूलो परिमाणमा लागु औषध गाँजासहित एक जना पक्राउ


सुनसरी, फागुन १७  गते ।
सुनसरीको हरिपुरबाट प्रहरीले ठूलो परिमाणमा लागु
औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल हरिपुर, भण्टावारी र सीमा प्रहरी चौकी भण्टावारीको संयुक्त टोलीले हरिपुरबाट सोमबार राति ठूलो परिमाणको लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीको चेकजाँचको क्रममा पूर्वबाट पश्चिमका लागि छुटेको को १ च ५५०५ नम्बरको एम्बुलेन्सबाट गाँजासहित तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको
छैन । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.