Websoft University

कल्याणकारीको स्वर्णमहोत्सव सम्पन्न


युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन १७ गते ।
रातो तारा डट कम,उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवीमा रहेको कल्याणकारी माविमा संचालित स्वर्णमहोत्सव विविध कार्यक्रम गरि भव्यताका साथ सप्पन्न भएको छ।

फागुन १३गते देखि १६गतेसम्म संचालित स्वर्णमहोत्सवको चौथो दिन अर्थात समापन समारोह पुर्व सस्कृति मन्त्री तथा माओवादी केन्द्र प्रदेश नम्बर १इन्चार्ज गोपाल किराँतीको प्रमुख आथित्यमा सप्पन्न भएको थियो।

विशेष अतिथिमा मोरङ जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल,माओवादी केन्द्र मोरङ इन्चार्ज कुशल लिम्बू ,जनवादी गायक आधुनिक देवान लगाएतको उपस्तिथि रहेको थियोे ।
समापन समारोहमा विभिन्न व्यक्तित्व सम्मानित भएका छ्न।सम्मानित हुनेहरुमा जग्गादाता,चन्दादाता,भुपु विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,भुपु प्रअ,भुपु शिक्षक र उत्कृष्ट विद्यार्थीहरु रहेका छ्न।

कल्याणकारी माविबाट उत्कृष्ट हुने छात्रछात्राहरुलाई माओवादी केन्द्र मोरङ जिल्ला कमिटीका तर्फबाट प्रत्येक वर्षरु५०००/५०००छात्रवृत्ति दिने माओवादी केन्द्र मोरङ इन्चार्ज कुशल लिम्बूले बताए। स्वर्णमहोत्सवको अन्तिम दिन जनवादी गायक आधुनिक देवानले जनवादी गीत  गाएर दर्शनहरुलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रमको अर्को आकर्षण खुल्ला लोक नृत्य प्रतियोगिता रहेको थियो।खुल्ला लोक नृत्य प्रतियोगितामा १२वटा क्लब तथा विद्यालयले सहभागिता जनाएका थिए।

खुल्ला लोक नृत्य प्रतियोगितामा बसन्तसमाज सेवा युवा क्लब धनकुटा बसन्तटार सार्थोपा तेस्रो ,बालकल्याण मन्च सिंहदेवी दोस्रो र गौरव युवा क्लब धनकुटा बसन्तटार समेवाले तेस्रो स्थान हासिल गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.