Websoft University

धनकुटा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी



ईश्वर थापा-
धनकुटा, फागुन १४ गते ।  रातो राता डट कम-
नेविसंघले धनकुटा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ। निर्वाचनकै लागि फर्जी विद्यार्थी भर्ना गराइएको र राजनीतिक दलमा आबद्ध व्यक्तिलाई निर्वाचन अधिकृत तोकिएको भन्दै नेवि संघले क्याम्पसमा तालाबन्दी गरेको हो।

चुनाव गराउन असहस भएको भन्दै श्याम वाग्लेले बुधवार राजीनामा दिएपछि बिहीबार उपप्राध्यापक नन्द न्यौपानेलाई स्ववियु निर्वाचन अधिकृत नियुक्त गरिएको थियो। न्यौपाने एमालेको जिल्ला कमिटी सदस्य भएकाले निष्पक्ष निर्वाचन नहुने पक्का भएको नेवि संघका जिल्ला सभापति तथा धनकुटा बहुमुखी क्याम्पसका स्वावियु सभापति उम्मेदवार बालानन्द दाहालले जानकारी दिए।

फर्जी विद्यार्थी र स्वतन्त्र व्यक्ति निर्वाचन अधिकृत नियुक्त नभएसम्म ताला नखोल्ने उनले बताए। निर्वाचन अधिकृत न्यौपानेले भने राजनीतिक पार्टीको व्यक्ति भन्नु भन्दा पनि उसले निर्वाह गर्ने भूमिका सही छ या गलत भन्ने छुट्याउन आग्रह गरे।

यता क्याम्पस प्रमुख निरञ्जन वस्तीले क्याम्पसमा फर्जी विद्यार्थी नभएको दाबी गर्दै समस्या समाधानका लागि वार्ताको प्रयास भइरहेको बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.