Websoft University

वर्क परमिट नभएका आप्रवासी हरूलाई अमेरिकामा यस बेला निकै गारो हुँदै,



काठमाडौं,फागुन १२ गते। रातो तारा डट कम -
अन्तराष्ट्रिय समाचार-अमेरिका-अमेरिकामा काम गर्दै पढ्छु भन्ने योजना छ भने अव यो कठिन हुने भएको छ । स्थायी बसोबासका लागि शरणार्थी वा आश्रय माग्ने (असाईलम) पाउनपनि मंगलवार इमिग्रेसन सम्वन्धि मामिला हेर्ने डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटीले जारी गरेको निर्देशनले मुस्किल वनाएको छ । 
यसवाट २ बर्ष यता अमेरिका आई कलेजको शुल्क उठाउन वर्क परमिट बिना काम गर्ने विद्यार्थी र असाईलमका लागि निवेदन दिएका र दिने तयारीमा रहेकापनि प्रभावित हुने भएका छन् ।  यो कुरा नेपाली सरकारले पनि सिक्न जरुरी भइ सकेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मंगलवार जारी गरेको इमिग्रेसन कानुन कार्यान्वयन कडा वनाई गैरकानुनी रुपमा अमेरिका वस्दै आएका आप्रावासीलाई पक्राउ गरी फिर्ता पठाउने निर्देशनले यस्तो अवस्था सिर्जना भएको हो ।  
होमल्याण्ड सेक्यूरिटीले मंगलवार जारी गरेको दुईवटा मेमो (निर्देशन) मा गैरकानुनी रुपमा अमेरिका वस्दै आएकालाई कडाई गर्ने र यसका लागि जनशक्ति थप गर्ने उल्लेख छ । यो निर्देशनले २ बर्ष यता अमेरिका आएका काजगात विहिन आप्रावासी, काम गर्ने अनुमती वर्क परिमिट नभए पनि काम गर्ने, मेक्सिको लगायत गैरकानुनी रुपमा अमेरिका छिर्ने र अमेरिकामा आश्रय (असाईलम) माग गर्ने निशानामा पर्ने भएका छन् । 
होमल्याण्ड सेक्यूरिटीले संघीय र स्थानिय प्रशासनसँग मिलेर इमिग्रेसन कानुनको कडा कार्यान्वयन गर्ने जनाएको छ । यसका लागि सिमा गस्तीमा ५ हजार र इमिग्रेसन एण्ड कस्टमस् इन्फोरस्मेण्ट (आईसीई) मा १० हजार जनशक्ति थप गरिने भएको छ । यसका लागि आवश्यक बजेट व्यवस्थाको व्यवस्था भने भईसकेको छैन । राष्ट्रपति ट्रम्पले चुनाव प्रचारका क्रममा गैरकानुनी आप्रवासीलाई फिर्ता पठाउने घोषणा गरेका थिए । कागजात नभएका अपराधमा संलग्नलाई तत्काल हटाउने राष्ट्रपतिले बताउँदै आएका थिए । 
अमेरिकामा करिव १ करोड १० लाख कागजात विहिन आप्रावासी रहेको अनुमान छ । गैर कानुनी भन्नाले वर्क परमिट, ग्रीनकार्ड या नागरिकता लगायत वैधानिक रुपमा काम गर्न र बसोबास गर्न नपाउने व्यक्तीहरु पर्छन् । यी आप्रावासीलाई फिर्ता पठाउने चुनावी नारा पुरा गर्न राष्ट्रपति ट्रम्प अग्रसर भएपनि व्यवहारीक रुपमा कठिन हुने कानुन विज्ञहरु बताउँछन् । केही दिन अघि साताव्यापी छापा मर्दा करिव ६ सय ८० जना आप्रावासी पक्राउ परेका थिए । तर, यो छापा प्रति आप्रावासी अधिकारवादीहरुले कडा प्रतिवाद गरेका थिए ।
अमेरिकामा कानुन तह रोजगारी गर्न चाहिने वर्क परमीट विना काम गर्न र आश्रय (असाईलम) खोज्नेलाई मंगलवार आएको निर्देशनले थप कठिन बनाएको छ' इमिग्रेसन सम्वन्धि कानुनी परामर्श दिदैं आएका वकिल बासु फुलाराले मंगलवार हिमालयखवरसँग भने-'यो नयाँ व्यवस्थाले घुम्न वा विद्यार्थी भिषामा आएको छ यहां काम गरिरहेको भेटियो भने पनि डिर्पोटेशन हुन सक्छन ।'
उनका अनुसार शरणार्थी माग गरेका वा माग्ने तयारीमा रहेकालाई पनि पहिले जस्तो सजिलो हुने छैन । शरणार्थी वा आश्रय माग गर्नेले पेश गरेका विवरण सही छन वा छैनन् (क्रिडेवल फियर हो होइन )यसलाई थप अनुसन्धान गरिने नयां निर्देशनमा उल्लेख छ । यस अनुसार गलत विवरण दिएर शरणार्थी माग गर्नेलाई पनि फिर्ता पठाइने नयां निर्देशनमा थप व्यवस्था गरिएको छ । 
अहिले पनि अमेरिकामा आश्रय (एजाइलम)का लागि निवेदन दिएर निर्णय पर्खिएका नेपालीको संख्या सयौंमा छ । पक्राउ परेपछि एजाइलम माग गर्दा अमेरिका भित्रै वसेर मुद्दा लड्न पाइने हालको व्यवस्थालाई पनि कडा वनाउने निर्देशनमा उल्लेख छ । 
नेपालमा गएको महाभुकम्पका कारण टीपीएसको सुविधा दिएकाले धेरै नेपालीलाई भने केही राहत पुगेको छ । तर, दुई बर्ष यता अमेरिका आएका, यहाँ बस्ने कानुनी कागजात नभएका, आश्रय मागेका र माग्ने क्रममा रहेकालाई भने मंगलवारको निर्देशनले यहां वस्न मुस्किल वनाएको छ । 
गैरकानुनी रुपमा मेक्सिको वा अन्य स्थानवाट अमेरिका छिरेर यहां कानुनी रुपमा वस्ने कागजात वनाउन पनि अव कठिन
छ । कयौं नेपालीहरु गैरकानुनी रुपमा मेक्सिको हुदैं अमेरिका आउने गरेका छन् । कयौं विद्यार्थीहरुले वर्क परमिट नभएपनि कलेजको शुल्क उठाउन काम गर्दै आएका छन् ।
मंलगवार होमल्याण्ड सेक्युरिटीज्ले दिएको निर्देशनमा समात्ने र छाड्ने विगत नीतिलाईलाई परिवर्तन गरेको छ । अव समात्ने र छाड्ने होइन गैरकानुनी रुपमा वस्नेलाई फिर्ता पठाउने  नीति लिईएको छ । २ बर्ष निरन्तर अमेरिका वसेको पुष्टी गर्न नसक्नेलाई संघिय अधिकारीलाई थप कारवाही गर्न सक्ने अधिकार प्रदान गरिएको छ । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.