Websoft University

सुनसरीबाट संगठित रुपमा गाई गोरुको तस्करी



इनरुवा, फागुन १५ गते । रातो तारा डट कम -
सुनसरीको भारतसँग सीमा जोडिएको नरसिंह गाविसको सीमा नाकाबाट विगत एक महिनादेखी दैनिक सयौं गाई गोरु भारत तस्करी हुँदै आएको पाईएको छ ।

पहाडी जिल्ला भोजपुर, धनकुटा, उदयपुर र खोटाङ्गबाट सुनसरीको महेन्द्रनगर र चतरामा कोशी तारेर जम्मा पारिएका सयौ गाईगोरु चतरा नहर हुँदै नहरको सडक सञ्जालबाट भारत पुर्याउने गरिएको छ ।

कारोवार गर्नेहरुले पहाडी जिल्लामा खरिद गरेका गाई गोरु महेन्द्रनगर चक्रघट्टीबाट प्रकाशपुर, भोक्राहाको ढोका हुँदै नरसिहं तर्फ ल्याएर एक ठाँउमा जम्मा पारी नरसिंहको उल्टी सीमा नाकाबाट भारत तर्फ चोरी निकासी गरी लैजाने गरेको हो ।

एक कारोवारीका अनुसार नरसिंहमा रहेको पूर्व पश्चिम राजमार्ग देखी दक्षिण तर्फको मिल्लत एजुकेशनल मदरसा इस्लामनगरदेखी दक्षिण तर्फको एक विद्यालयको कम्पाउण्डको पूर्व तर्फ जम्मा पारेर ति गाई गोरु साँझ चरिचरन गराउने बहानामा नेपाल भारत सीमा नाका छेउमा जम्मा पारी भारत लैजाने गरिएको छ ।

कारोवारीहरुले दैनिक २ सय देखी ५ भन्दा बढीको संख्यामा गाई गोरु भारत तर्फ लैजाने गरेको सीमाक्षेत्रका स्थानीयहरुले जनाएका छन । पहाडी जिल्लाका बाहेक सो क्षेत्रमा सुनसरी देखी पश्चिमका तराईका विभिन्न जिल्लाहरुबाट समेत गोरुको संकलन गरि फुलवडी ट्रकमा लोड गरी सोही नहरमा दैनिक ५ देखी १० वटा सम्म ट्रकबाट गोरु अनलोड हुने गरेको नरसिहं १ का स्थानीयहरु बताउँछन ।

सो क्षेत्रमा सुरक्षाकर्मीहरुको सुरक्षा निगरानी नहुने भएकाले मौकाको फाइदा उठाउनेहरुले गाई गोरु तस्करी सँगै विभिन्न सामानहरु समेत ओसारपसार गर्ने गरेको नरसिंहका जागेश्वर यादवले रातो तारा डट कम लाइ बताए ।

सरकारले पछिल्लो समय भारत तर्फ निकासी हुने गोरुको भन्सार राजश्व लिने नीति लिए पनि कारोवारीहरुले भन्सार छलेर अवैध रुपमा सीमानाकाबाट चोरी निकासी गर्दै आएका छन । गाईगोरु भारत लाने सो नाकामा भन्सार कार्यालय
छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.