Websoft University

कल्याणकारीको स्वर्णमहोत्सवमा विविध सास्कृतिक प्रस्तुति




युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन १४ गते । २०७३,
रातो तारा डट कम -उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवीमा रहेको कल्याणकारी माविको स्वर्णमहोत्सवको दोस्रो दिन विविध सास्कृतिक साथ सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय लिम्बू जातिको धान नाच,सिक्किमका हास्यव्यङ्ग्य कलाकार विवि केरुङको हास्यव्यङ्ग्य प्रस्तुति, गायक गोबिन्द चेम्जोङ र सोनु लिम्बूको गीत बिराटकला केन्द्र विराटचोकका कलाकारहरुको आकर्षक नृत्यले कार्यक्रमको माहोल तताएका थिए।

सास्कृतिक कार्यक्रम कविन्द्र लिम्बू र लक्ष्मी बान्तवा राईले संचालन गरेको उक्त कार्यक्रममा युवराज ठकुरी अज्ञानी,राजेश लिम्बूलगायतले एक दर्जन गजल वाचन गरेका थिए।

काङ्ग्रेस पुर्वमहासमिति सदस्य तथा खदम क्याम्पस केराबारीका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्य र बिराट पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी,नोबेल मेडिकल कलेजका सुनिल शर्माको विशेष आतिथ्यता दोस्रो दिनको स्वर्णमहोत्सव सम्पन्न भएको हो।

कार्यक्रम फागुन १३गते देखि १६गते सम्म संचालन हुने आयोजक कमिटीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.