Websoft University

उद्योगपति भोला दुलालद्वारा कल्याणकारीको पुस्तकालय निर्माणमा दुईलाख अनुदान




युवराज ठकुरी/सिंहदेवी,मोरङ,फागुन १५ गते। रातो राता डट कम,उत्तरी मोरङको पर्यटकीय गाविसमा रहेको कल्याणकारी माविको स्वर्णमहोत्सवको तेस्रो  दिन नेपाल जेसिज २०१३को राष्ट्रिय अध्यक्ष ,पिएलओ लुब्रीकेन्टका प्रोप्राइटर तथा उद्योगपति  भोलेश्वर दुलालको प्रमुख आथित्यमा विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

 स्वर्णमहोत्सवको तेस्रो दिनको  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योगपति भोलेश्वर दुलालद्वारा कल्याणकारी माविको पुस्तकालय निर्माणका लागि दुईलाख रुपैया अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका छ्न।

त्यसैगरी सिंहदेवीमा रहेका विपन्न परिवारका ५० बालबालिकालाई निशुल्क अध्ययनमा सहयोग पनि गर्ने र   विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई विद्यालयमा सजिलो वातावरणमा अध्ययन गर्न पाउन भनेर ३०० सेनेटरी प्याड पनि उपलब्ध गराउने भएका छ्न।

स्वर्णमहोत्सवकै अबसर पारेर उद्योग वाणिज्य संघ कोशी हरैचा सदस्य,व्यवसायी तथा समाजसेवी रमेश कार्कीद्वारा पनि पुस्तकालय निर्माणका लागि ५१हजार रुपैयाँ अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका छ्न।

कार्यक्रममा एसएलसी स्थापना भएदेखि हालसम्म उत्कृष्ट हुने विद्यार्थीहरु रेबिसा खाण र रबिना राईलाई सम्मान गरिएको छ। तेस्रो दिनको कार्यक्रममा स्थानीय कलाकारको नृत्य, हास्यव्यङ्ग्य कलाकार बिबि केरुङको हास्यव्यङ्ग्य प्रस्तुति सोनु लिम्बूको गीतले दर्शकहरुलाई ध्यानाकर्षण गराएका थिए।

 तेस्रो दिनको कार्यक्रममा स्थानीय कलाकारको नृत्य, हास्यव्यङ्ग्य कलाकार बिबि केरुङको हास्यव्यङ्ग्य प्रस्तुतिले दर्शनहरुको ध्यानाकर्षण गरेका थिए।कार्यक्रम दिलिपकुमार ठकुरीको सभापतित्व ,हेमबहादुर ठकुरीको सन्चालन र छबिरमण पौडेलले शुभकामना मन्तव्य राखेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.