Websoft University

विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइटसेवा आजबाट सुरू



विराटनगर,फागुन १४ गते। २०७३, रातो तारा डट कम- पूर्वाञ्चलमा पहिलोपल्ट विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ । उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आयोजित विराट एक्स्पो–२०७३ अन्तर्गत हिमाली क्षेत्रको अवलोकन गराएर पर्यटक क्षेत्रको प्रचार प्रसार गर्नु मुख्य उद्देश्यका साथ तीन दिनका लागि सो फ्लाइट सेवा आजवाट सुरुभएको बिमानस्थलमा पत्रकार  सम्मेलन गरेर आयोजकले जानकारी गराएका थिए ।

यति एयरलायन्सको विमानबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र गौंरीशङ्कर हिमालको अवलोकन गराउने
बताइएकोछ । उक्त विमानबाट दिनमा एकपल्ट १९ जना यात्रुले सो हिमाली क्षेत्रको अवलोकन गर्छन् ।

विराटनगर विमानस्थलबाट आज सुरु भएको पहिलो फ्लाइटबाट, उधोग संगठ मोरङका अध्यक्ष मुकेश उपाध्यया, प्रजिअ यज्ञप्रसाद कोइराला, प्रहरी नायवमहानिरीक्षक रमेश भट्टराई,पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, सहित १९ जना सहभागी हुनुभएको छ ।

दिनमा एकपल्ट गरी तीन दिनसम्म जारी रहने सो सेवाका लागि प्रति यात्रुबाट रु नौंहजार रकम लिने गरिएको भविस श्रेष्ठले  पत्रकारहरू लाई जानकारी गराउनु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.