Websoft University

लालबहादुर र साबित्रालाई पुनःस्थापना गरिएकोछ


काठमाडौं, माघ १८ गते ।२०७३, रातो तारा डट कम -
७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा थिए प्रमु्ख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानासहित दर्जनौं अधिकारकर्मी र स्थानीयको लर्को नै थियोे ।

अन्तर्जातीय र फरक उमेर बीचको प्रेम सम्बन्ध खुलेपछि गत पुस १ मा गाउँबाटै धपाइएका अर्वेनी ५ का लालबहादुर सुनार र साबित्रा न्यौपानेबीच बाजागाजाका साथ शनिबार दोस्रो विवाह भएको हो । अधिकारकर्मी र स्थानीयकै पहिलमा दम्पत्तिलाई पञ्चेबाजासहित पुनःस्थापना गरिएको हो ।
गाउँ निकालासँगै भत्काइएको उनीहरुको घर पनि स्थानीय समुदायबाटै निर्माण गरिएको छ । खरले छाएको पुरानो घर भत्के पनि अहिले टिनको छाना, दुई कोठा र शौचालयसहित चिटिक्कको घर पनि निर्माण भएको छ ।

लालबहादुर र साबित्रालाई स्थानीय राजनीतिक दलका प्रमुखसहित गाविस कार्यालयमै उपस्थित भएर छलफल गराई विवाह गरेको कागज गराएर गाउँमा बस्न नदिई निकाला गरिएको थियो । बाहुन परिवारकी महिला दलित वृद्धसँग लागेको आरोपमा सावित्राका भतिज चिन्तामणि न्यौपानेकै अगुवाइमा घर समेत भत्काउन लगाइएको थियो । 

प्रहरीमा सार्बजनिक अपराध अन्तर्गत निवेदन दर्ता भए पनि समाजमा पुनःस्थापित गर्ने दिनसम्म चिन्तामणि र गाविस सहायक झविलाल न्यौपाने फरारकै सूचीमा छन् ।
उजुरी परेका दुबै फरार रहे पनि कुनै न कुनै दिन पक्राउ पर्ने र कारबाही पनि हुने प्रजिअ ढुंगानाले बताए । कान्तिपुर बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.