Websoft University

टुक्चुवा झरना र मिनि हाइड्रोपावरले गाउँको आकर्षण बढाउँँदैै




युवराज ठकुरी/सिंहदेवी,मोरङ, माघ १६ गते ।
रातो तारा डट कम -मोरङको विकट पहाडी गाविस वारङ्गी-९फुर्केटारमा मिनि हाइड्रोपावर सन्चालनमा आएपछि गाउँ नै झलमल्ल भएको छ।

गाविसमा विधुत बिस्तार नभए पनि गाविसको वडा न-९मा मिनि हाइड्रोपावर वैकल्पिक उर्जा व्यवस्थापनको सहयोगमा सन्चालनमा आए पछि विजुलीको आवश्यकता पुर्तिहुनुको साथै आकर्षण पनि थपिएको छ।१३किलो वाटको मिनि हाइड्रोपावरबाट उत्पादित बिधुतले ४५घरधुरी लाभान्वित भएको श्रीजङ्गा प्राविका शिक्षक हेमचन्द्र लिम्बूले बताए।
मिलेको वस्तीमा अवस्थित उक्त वडाको अर्को आकर्षणको रुपमा टुक्चुवा झरना पनि एक हो।

धनकुटा जिल्लाको वसन्तटार-१,मोरङ जिल्लाको सिंहदेवी-३ र वाराङ्गी-९,फुर्केटारको सङ्गम स्थलमा रहेको टुक्चुवा झरनाको आकर्षण बिस्तारै बढ्दै गरेको सिंहदेवी-३का राजेन्द्र लिम्बूले बताए।

६०/६५फिट अग्लो उक्त झरना सदावहार झरिरहने र त्यहाँ रामनवमीको दिन वीससय पुजा गर्ने गरिएकाले पनि त्यसको छुट्टै महत्त्व भएको लिम्बूले बताए।धनकुटा वसन्तटार,मोरङ सिंहदेवी र मोरङ वाराङ्गीका श्रदालुभक्त जनहरुको बाक्लो उपस्तिथिमा बीस सय जीवहरु बलिदिएर त्यस झरनामा पुजाआजा गर्ने चलन रहेको राजेन्द्र लिम्बू बताउँछन।

धनकुटा वसन्तटार गाविसले यसै वर्ष झरनाको विकासमा योजना छुट्याएको र त्यहीँ झरनाको आसपासमा मन्दिर बनाउन वाराङ्गीका वासिन्दा लागिपरेका छ्न।त्यसैगरी सिंहदेवी-३,फाइबादेखी वाराङ्गी जोड्ने योजना पनि रहेको हेमचन्द्र लिम्बूले बताए।

 त्यस क्षेत्र  प्रचारप्रसारको अभावमा ओझेल परेता पनि पर्यटकीय विकास गर्न वाराङ्गी-९फुर्केटारमा होमस्टे सन्चालन गर्ने अन्तिम चरणमा पुगेको पनि लिम्बूले बताए।

मोरङको लेटाङ बजार देखि कच्ची बाटो हुँदै त्यहाँ सम्मको यात्रा गर्न सकिने र झरना पुग्न धनकुटा वसन्तटार,मोरङको सिंहदेवी-३देखि१घन्टा पैदल र फुर्केटार गाउँदेखि १५/२०मिनेट पैदल यात्रा गरे पछि पुग्न सकिन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.