Websoft University

बालबालिका माथि हुने घटनाहरु ब्यवस्थापन गरिने


भोजपुर,माघ १५ गते । रातो तारा डट कम ,
बालबालिकाहरु माथि हुने बिभिन्न घटनाहरु भोजपुरमा ब्यवस्थापन गरिने भएको छ । जिल्ला बाल कल्याण समितिको आयोजनामा भोजपुर सदरमुकाममा भएको तीन दिने घटना ब्यवस्थापन कार्यप्रवाह सम्वन्धी तालिम पश्चात जिल्लामा हुने सवै खालका बालबालिकासँग सम्वन्धित घटनाहरु ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको हो ।

तालिमका सहभागि जिल्ला बाल सञ्जालका अध्यक्ष लक्ष्मण चौहान तीन दिनको तालिम उपलब्धी मुलक भएकाले त्यसक्रममा सिकेका ज्ञानहरु बाल हिंसा अन्त्यमा प्रयोग गरिनु पर्ने बताउँछन ।बाल अधिकार, मनोबैज्ञानिक समबेदना, बालबालिकाको घटना अभिलेख विषयमा तालिम प्रदान गरिएको जिल्ला बालकल्याण समितिका सदस्य तथा पत्रकार निरोज कोइरालाले बताए । उनका अनुसार तालिमको सहजीकरण बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारी र बाल अधिकार श्रोत व्यक्ति उत्तम खड्काले गरेका थिए ।

सो तीन दिने तालिममा पांचा, रानिबास गाविस र बोखिमका गाउँ बाल संरक्षक,जिल्ला बाल कल्याण समितिका सदस्य, सामुदायिक महिला प्रहरी र महिला बिकास कार्यालयका कर्मचारी गरी ३० जनाको सहभागीता रहेको थियो ।सो तालिम समापनमा बौल्दै भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समितिका अध्यक्ष अर्जुनकुमार शर्माले तालिम उपलब्धी मुलक रहेकाले तालिमका सहभागिले ज्ञान र सिपलाई तल्लो स्तरसम्म पु¥याएर बाल हिंसा न्युनीकरणमा सहयोग पु¥याउनु पर्ने बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.