Websoft University

ओझेल परेको हिलेथाम खेलमैदानमा युवाहरुको चासो बढदो ।


 युवराज ठकुरी,
सिंहदेवी,मोरङ, पुस १६ गते । रातो तारा डट कम-
 उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवी-९मा अबस्थित ओझेलमा परेको ऎतिहासिक फुटबल खेलमैदान हिलेथामको स्तरोन्नति गर्न स्थानीय युवाहरूले चासो देखाएका छ्न।

पुस-९गते रातोतारा डटकममा "ओझेलमा  ऎतिहासिक खेलमैदान हिलेथाम"भन्ने शीर्षकमा प्रकाशित समाचारको प्रभावले सिंहदेवी-९का युवाहरू समिति नै निर्माण गरेर खेलमैदानको स्तरोन्नति र त्यहाँ सम्म पुग्न मोटरबाटो खन्नलाई लागि पर्ने भएका छ्न।

विपन राईको अध्यक्षतामा ११सदस्यीय समिति गठन गरिएको नवगठित समितिका अध्यक्ष राईले बताए ।खेलमैदान स्तरोन्नति र मोटरबाटो निर्माण समितिमा सचिब नरेश ठकुरी,कोषाध्यक्ष निर्मला शाही र सदस्यहरुमा  डब्लुविक्रम खाण ठकुरी,कृष्णबहादुर ठकुरी,युवराज शाही,देवी राई,डम्बरबहादुर शाही,किरण राई,सुजता परियार र लक्ष्मीशाही  चयन भएका छ्न।

त्यसै गरि नगेन्द्रकुमार खाण ठकुरीको संयोजकत्वमा हेमबहादुर ठकुरी र अनरबहादुर शाही कृष्णराज खाण,वसन्तकुमार खाण,दिर्घमाया शाही,ताराकुमार शाही सदस्य रहने गरि सल्लाहकार समिति गठन भएको छ।साथै कन्चन शाहीको संयोजकतमा सात सदस्यीय युवा उपसमिति गठन भएको संयोजक शाहीले बताए।

सिंहदेवीको ऎतिहासिक खेलमैदान हिलेथाम विगत २वर्ष देखि सिंहदेवीका विभिन्न वडामा खेलमैदान निर्माण हुनु र वरिपरि वस्ती पातलो हुन र मोटरबाटो नपुग्नुले पनि ओझेलमा परेको थियो।खेलमैदान स्तरोन्नति गर्न र सोमबारे भञ्ज्याङ् देखि खेलमैदान सम्म पुग्न मोटरबाटो खोल्न आदिवासी जनजाति महासङ्घ सिंहदेवीले तीस हजार रकम छुट्ट्याएको महासङ्घका सचिब राजेश लिम्बूले बताए ।

त्यसैगरी विभिन्न ठाउँबाट खेलप्रेमी र विकास प्रेमीहरुबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको समिति अध्यक्ष राई बताउँछन। उक्त खेलमैदानको स्तरोन्नति र मोटरबाटो निर्माण गर्न सके सिंहदेवीको पर्यटन विकास हुनुका साथै उत्तरी मोरङकै नमुना खेलमैदान बन्ने थियो कि?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.