Websoft University

मुकुन्द्रद्वारा राष्ट्रिय खेलकुदमा ह्याट्रिक



बिराटनगर, पुस ११ गते । २०७३, रातो तारा डट कम-
सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्न सफल भएका छन् । उनले शहिद रङ्गशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराते ६७ केजी तौलमा स्वर्ण हात पार्दै पर्शुराम बास्तोला संग आफुलाई बराबरीमा उभ्याएका छन् । मुकुन्द्रले पाँचौ, छैटौं र सातौंमा लगातार स्वर्ण पदक जित्न सफल भएका छन् ।


यस स्पर्धामा सुदूरपश्चिमका मो.शेखु आलमले रजत तथा नेपाल प्रहरीका भुपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक पाए ।

यस्तै पुरुषको ८४ केजीमुनीको तौलमा नेपाल प्रहरीका दिवश श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण जिते । तेश्रो स्थानमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भिमबहादुर तामाङ्ग रहे ।


महिला ६८ केजी तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले बाजी मारिन् । उनले आर्मीकी रिता कार्कीलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारिन् । मध्यमाञ्चलकी रोजिता रंजित र पुलिसकी मनिता मोक्तानले कास्य पाए ।

टेबल टेनिस

टेबल टेनिस तर्फको मिक्स डबलल्सको खेलमा नेपाल पुलिसका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले पराजित गर्दै स्वर्ण कब्जा गरे । एपिएफका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा आर्मीका कृष्ण थापामगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझाए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.