Websoft University

बेलबारीका गुरुङ परिवारद्धारा १८ लाख पचास हजारको मञ्च निर्माण


मोरङ,बेलबारी, पुस १४ गते । २०७३, रातो तारा डट कम-
गुरुङ जातिहरुको महान पर्व ल्होसारको अवशरमा शुभकामना आदन प्रदान तथा कर्णबहादुर गुरुङ स्मृति मञ्च हस्तान्तरण कार्यक्रम विहीवार सम्पन्नभएको छ।

तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद मोरङद्धारा कार्यक्रममा कर्णबहादुर गुरुङको स्मृतिमा उनका परिवारहरुले निर्माण गरेको मंचको हस्तान्तरण गरिएको हो । बेलबारी स्थित तमु बुद्धिष्ट गुम्वामा १८ लाख ५० हजार लागतमा निर्माण गरेको मंचको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले आदिवासी जनजातिको क्षमता अभिवृद्धि, शीप र लोकसेवा आयोगमा सहभागीताका लागि विभिन्न कार्यक्रमहरु ल्याईने बताएका छन् । साथै बेलबारीमा बन्न लागेको आदिवासी जनजाति संग्रालयका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ विशेष अतिथि र मोरङ क्षेत्र नंं. ८ का साँसद चन्द्रबहादुर गुरुङ, समानुपातिक साँसद मधु गुरुङ विशिष्ट अतिथि रहेका थिए ।

त्यसैगरी कार्यक्रममा सरकारको उपल्लो निकायमा रहने गुरुङ जातिका चारजनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका लक्ष्मण गुरुङ, कर्नेल पूर्णबहादुर गुरुङ, सावित्रारत्न गुरुङ र प्रहरी उपरीक्षक गोपाल गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गुरुङ जातिको विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएका थिए । कार्यक्रममा एमालेका डीपी राई, योगेन्द्र गुरुङ, माओवादी केन्द्रका तिलक राई, काँग्रेसका राजकुमार लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम कृष्ण गुरुङको संचालन र परिषदका जिल्ला अध्यक्ष मनकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.