Websoft University

युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको हत्या प्रयास



नेपालगन्ज, १५ पुस । बाँकेमा युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको हत्या प्रयासमा संलग्न पाँच जनालाई प्रहरीलाई पक्राउ गर्न सफल भएको छ । बाँके प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सुदीप सुवेदी, नवीन शाही, सुरवीर मल्ल, विकास शाही, विमल श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुलाई हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनाका मुख्य योजनाकार जुम्लाका लक्ष्मण मल्ल देखिएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कोहलपुर स्नुकर हाउसमा पुल खेलिरहेका बेला बुढाथोकीमाथि बिहीबार राति नौ बजे आक्रमण भएको हो । बुढाथोकी युवा संघका बाँकेका इन्चार्ज पनि हुन् । आक्रमणकारीले मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरेका कारण बुढाथोकी घाँटीमा गहिरो चोट लागेको छ ।

घटनालगत्तै कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएका बुढाथोकीलाई राति नै थप उपचारका लागि भारतको लखनउमा लगिएको छ । नेपालगन्जमा उपचार हुन नसक्ने भनेपछि युवा संघले राति नै राजधानी ल्याउनका लागि हेलिकप्टरको खोजी गरेको थियो ।

तर, असम्भव भएपछि उनलाई भारत लगिएको हो । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको दुई साता नबित्दै बाँकेमा अर्का नेताको हत्या प्रयासले कार्यकर्ताहरुमा आक्रोश बढेको युवा संघका अध्यक्ष राजीव पहारीले दैनिक नेपाललाई बताए ।

आक्रमणको कारण खुल्न नसके पनि राजनीतिक कारण भएको पहारीले बताएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.