Websoft University

तातोपानी अब छिटो चाालुु हुुनेे


बिराटनगर, पुस १५ गते । रातो तारा डट कम-
अहिले चीनतिरको क्षतिग्रस्त सडक चिनियां पक्षले बनाउन थालिसकेको बताइएको छ।
नेपाल-चीनबीचको एक उच्चस्तरीय सुरक्षा बैठकमा भाग लिएर सीमापारि खासाबाट फर्केका सिन्धुपाल्चोकका कायममुकायम प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले चिनियाँ भूभागमा क्षतिग्रस्त सडकको निर्माण धमाधम भइरहेको  जनाएका छन्।
तातोपानीको उक्त क्षेत्र भूकम्पीय दृष्टिले जोखिमपूर्ण रहेको भन्दै नाका खोल्नमा आनाकानी गरिरहेको चिनियां सरकारले अहिले नाका खोल्ने काम चाँडोभन्दा चाँडो हुने भन्दै काम भइरहेको छ।
अब न्यालमदेखि खासासम्म गएको पहिरो हटाउने काम भइरहेको उहाँहरु(चिनियां अधिकारीहरु)ले जानकारी गराउनुभयो। खासादेखि सिमानाको मितेरी पुलसम्म सबैभन्दा बढी बिग्रेको बाटो बनाउने काम धमाधम भइरहेको छ।
चीन सरकारले तिब्बती क्षेत्रमा मात्र होइन, नेपाली भागको कोदारी क्षेत्रमा बिग्रिएको मुख्य अप्ठ्यारो सडक खण्डको मर्मतमा समेत सघाइरहेको सडक विभागले जनाएको छ।
उनीहरु गत वर्ष पहिरोले क्षति पुर्याएको जुरे भन्ने स्थानको सडक खण्ड र बाह्रबिसेमाथिको सबैभन्दा गाह्रो मानिने स्थानको झन्डै साढे दुई किलोमिटर बाटो बनाउन सहमत भएको बताइएको छ।

चिन्ता

नेपालतर्फ सडक विभागले पनि कामलाई तीव्रता दिएको सडक विभाग अन्तर्गत चरिकोट डिभिजनका प्रमुख अशोक तिवारीले बताए।
सडक निर्माणमा चिनियां पक्षसंग समन्वय भइरहेको भन्दै डिभिजन प्रमुख तिवारीले भने, "बाह्रबिसेदेखि माथिको हामीले ३० करोडको ठेक्का लगाइसकेका छौं। तर चिनियां पक्षले त्यहाँको काममा सघाउने भनेपछि हामीले बाह्रबिसेदेखि बयान्नब्बे भन्ने स्थानसम्म हामीले काम गर्ने र त्यहाँभन्दा माथि तातोपानीसम्मको काम उनीहरुले गर्ने भन्ने सहमति गरेका छौं।"
आधा शताब्दीदेखि चालू व्यापारिक नाका तातोपानी २० महिनादेखि बन्द भएपछि नेपाली व्यापारीहरुमात्र नभई नेपाल केन्द्रित चिनियां व्यापारीहरुलाई समेत ठूलो घाटा भएको बताइन्छ।
चीनको अर्को चिन्ता चाहिं तिब्बतसंग जोडिएको देखिन्छ।
सिलवालका अनुसार तातोपानी नाका खोलेसंगै त्यहाँबाट हुनसक्ने सम्भावित चीन विरोधी गतिविधि रोक्न नेपाल सरकार गम्भीर हुनुपर्ने आग्रह चिनियां पक्षको छ। बीबीसी नेपाली सेवा बाट,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.