Websoft University

नवजात शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ


बिराटनगर, मंसिर १० गते ।
नवजात शिशुको जन्म दिइ हत्या गरेको आरोपमा ओखलढुंगाको बेतेनी गाविस ६ की २२ वर्षीया गुनिसा मगरलाई प्रहरीले घरबाटै ९ गते पक्राउ गरेको छ ।

अवैध गर्भधारण गरि जन्मिएको स्त्रीजातको शिशु हत्या
गरेको स्थानीयले फेला पारेपछि उजुरीका आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

मगरले ०७३ मंसिर ४ गते नै शिशु जन्माएर सेफ्टी ट्यांकीमा फालेको बयानमा बताएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपक कुमार शाहले जानकारी दिनुभयो । घर नजिकैको शौचालयको सेफ्टी ट्यांकीमा शिशुको लास देखेपछि स्थानीयले हिजो नै प्रहरीलाई खवर गरेका थिए ।

पक्राउपछि घटनाकाबारेमा अनुसन्धान भइरहेको शाहले बताउनुभयो । आरोपितका पति बैदेशिक रोजगारीमा रहेकाले अबैध गर्भधारण गरेर जन्मेका् शिशुको हत्या गरेको हुन
सक्ने प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.