Websoft University

डा केसीसँग वार्ता गर्न सरकारले टोली बनायो, आजैदेखि पहल गर्ने



काठमाडौं, मंसिर ११ गते।
चिकित्सा क्षेत्र सुधारको माग राखेर आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकारले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । शनिबार सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सिनेन्द्रराज उप्रेती रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

डाक्टर केसीसँग अनौपचारिक वार्ता जारी रहेको र औपचारिक वार्ताको लागि वार्ता टोली गठन गरिएको शिक्षा मन्त्री धनिराम पौडेलले जानकारी दिनुभयो । सरकारी वार्ता टोलीले शनिबारदेखि डा. केसीसँग वार्ताको पहल गर्ने बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.