Websoft University

भोकानाङ्गा सांसदहरुलाई १ रूपैयाकादरले बिराटनगरमा आर्थिक संकलन



विराटनगर, मंसिर १० गते ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक
 र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संशोधन गरी सांसदहरुलाई बढाइएको तलब सुविधाको विरोध स्वरुप हिजो विराटनगरको ट्राफिक चौकमा भोकानाङ्गा सांसदहरुलाई भन्दै आर्थिक संकलन गरिएको छ ।

पब्लिक फोरमको आयोजनामा भएको कार्यक्रममा भोका नाङ्गा सांसदलाई भन्दै हिजो आर्थिक संकलन गरिएको हो । जनताहरु न्यूनत सेवा सुविधाबाट बञ्चित भैरहेको र देश दिनप्रतिदिन अधोगति तर्फ लागिरहेको अवस्थामा सांसदको तलब, सुविधा वृद्धि गरेकाले त्यसको विरुद्धमा आर्थिक संकलन गरिएको हो ।

संकलन भएको रकम सिडियो कार्यालय मोरङबाट संसद सचिवालय पठाइने उपभोक्तावादी संस्था पव्लिक फोरमले जनाएको छ । विद्यार्थी, बालबालिका, युवा, समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्णले पैसा संकलनमा सहभागी भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.