Websoft University

सिंहदेवीमा गाविस स्तरीय सामुदायिक सस्थाहरुको सार्वजनिक सुनुवाइ तथा समन्वय गोष्ठी





युवराज ठकुरी/सिंहदेवी,मोरङ, मङ्सिर १० गते।
उत्तरी मोरङको सिंहदेवी गाविस भित्र स्थापित सामुदायिक सस्थाहरुको  सार्वजनिक सुनुवाइ तथा समन्वय गोष्ठी
सिंहदेवी-५बिहिबारेमा सप्पन्न भएको छ।

सिंहदेवी गाविसमा२०७१सालदेखि स्थापना भई  सात वटा सामुदायिक सस्थाहरु गठन भई हाल आएर समुहमा बचत गर्दै क्षमता विकास लगायत साना तथा भौतिक पुर्वाधार निर्माण  कार्यहरु गर्दै अघिबढिरहेको सामुदायिक सस्थाहरुको संजालका अध्यक्ष खगेन्द्रप्रसाद जमरकट्टेलले बताउनु
भयो।

उक्त कार्यक्रममा सातवटा सामुदायिक सस्थाका प्रतिनिधिहरुबाट प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रमको औचित्य सामुदायिक विकास प्रयास नेपाल,विराटनगरका कार्यकारी अधिकृत बालकृष्ण पाण्डेले बताउनुभएको थियो।
       
पहाडी गाविस वाराङ्गी र सिंहदेवीमा सुरुवातमा लागु गरिएको उक्त गरिबी निवारण कोषको अनुदान रु  २१५९५१५र स्व-लगानी रु२१६५००,समग्र सस्थाहरुको रु६१०८०बचत र १९२जना सदस्य भइसकेको सामुदायिक संजालका अध्यक्ष सन्तोषी राईले बताउनुभयो।

सामुदायिक सस्था संजालको आयोजना र गरिबी निवारण कोष,काठमाडौ सामुदायिक विकास प्रयास नेपाल,विराटनगरको सहयोगमा भएको कार्यक्रम प्रयास नेपाल विराटनगरका संयोजक नेत्र अधिकारीको संचालन र सामुदायिक सस्था संजाल सिंहदेवीका अध्यक्ष खगेन्द्रप्रसाद जमरकट्टेलको सभापतित्वमा सप्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि विराट पर्यटन विकास सस्था काकरभिट्टाका अध्यक्ष डिल्लीराम शर्मा, अतिथिहरु माओवादी केन्द्रका खड्गबहादुर ठकुरी,नेकपा एमालेका दिलीप ठकुरी,नेपाली काङ्ग्रेसका डगलसिङ राई,एकीकृत विकास अभियान सिंहदेवीका उपाध्यक्ष प्रेम लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा सात वटा सामुदायिक सस्थाले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने सिंहदेवी गाविसको प्रत्येक वस्ती वस्तीमा सामुदायिक सस्था गठन गर्ने र प्रत्येक वर्ष भौतिक पुर्वाधार निर्माणका लागि योजना माग गर्ने सस्थाको लक्ष्य रहेको सस्थाका संयोजकले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.