Websoft University

संविधान संसोधन प्रस्ताव ल्याउन हतार नगर्दा राम्रो : डा कोइराला नगर्दा



बिराटनगर,मंसिर १४ मंगलवार, मोरङ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले सरकारले संविधान संशोधन प्रक्रिया हतारमा अगाडी वढाउन नहुुने वताएका छन ।

हतारमा निर्णय गर्दा मुुलुुकमा असहज परिस्थििती आउने भएकाले सवै कुरा वुुझेरमात्र प्रस्ताव अगाडी वढाउन सरकारलाई आग्रह गरे ।

 नेपाली कांग्रेस विराटनगरको ६ नम्वरवर्डाको वर्डा  सम्मेलनमा वोल्दै नेता कोइरालाले हतारमा निर्णयगर्दा जातिय सदभाव विग्रने भन्दै प्रदेश तथा जिल्लावासीको भावना वुुझेरमात्र संविधान संसोधन प्रक्रिया अगाडी वढाउनुपर्ने बताए । संविधान कार्यान्वयका लागी निर्वाचन आवश्यक रहेको र त्यसका लागी संविधान संसोधन जरुरी रहेको भन्दै सवैलाइ मिलाएर संविधान संसोधनगर्दा राम्रो हुुने कोइरालाको भनाई थियो ।

 नेता कोइरालाले राजनितिक वर्चश्व र आफनो स्वार्थका लागी प्रदेश अलग्याउन खोजे मुुलुुकका लागीनै अनिष्ट हुने वताए । दलका केही नेताले आफनो स्वार्थाका लागी प्रदेश विभाजन गर्न खोजेको छन त्यसो गर्नुु रामा्रे होइन उनको भनाई थियो । भोट नआउने गाउलाइ अर्को गाउमा मिसाउन नदिने केही नेताहरुको प्रवृतिका कारण जातिय सदभावमा असर परिरहेको उनले वताए ।

उहाले  ५ नम्वर प्रदेशका केही क्षेत्रलाई अलग्याउन खोजि रहेको वेला स्थानिय वासिन्दाहरु आन्दोलनमा उत्रिएको अवस्थालाई पनी सरकारले वुुझन सक्नुुपर्ने कोइरालाको भनाई थियो  ।

उनले भने  जिल्लावासीहरुको चाहना केहो त्यो कुुरालाई दलहरुले वुुझन सक्नुुपर्दछ उनले भने होचुवाका भरमा जिल्ला अलग्याउन खोज्दा त्यसको असर सवैतिर पर्ने भएकाले जनता के चाहन्छन पहिले त्यो वुुझनुु जरुरी छ  ।

उनले  आगामी १४ महिनाभित्र तिनै तहको निर्वाचन नभए मुुलुुक राजनितिक दुुर्घटनामा फस्ने भएकाले अहिलेकै संरचना अनुुसार भएपनी सरकारले स्थानिय निकायको निर्वाचन गराउनुुपर्ने वताए  ।

नेता कोइरालाले डा गोविन्द केशीले अनशन वसेरमात्रै समस्याको समाधान नहुुने वताए  । उनले  विश्व विद्यालयहरुको आफनै नियम कानुुन हुुने भएकाले नियम अनुुसार विश्व विद्यालयलाई आफनो कामगर्न दिनुुपर्ने बताए  । अनशन वसेर आफनो अनुुकुुल मान्छे नियुुक्तगर्दै जाने हो भने नियम कानुुन केका लागी उहाले प्रश्न गरे ।

 अनशन वस्दैमा नियम कानुुन विपरित अगाडी वढने होभने मुुलुक अराजकता तर्फ जाने  नेता कोइरालाको भनाई थियो । विश्व विद्यालयको आफनै नियम कानुुन हुुन्छ कानुुन मिचेर केहीपनी गर्न सकिदैन उनले भने  । चित नवुुझेका कुरा  छलफलवाटपनी समस्याको समाधान हुुने भएकाले अनशन तोड्न केशीलाई उनले आग्रह समेत गरे ।

 अहिले सरकारमा , सांसदमा तथा संवैधानिक निकायमा समेत अराजक्ता वढेको उनको भनाई थियो । उनले मुुलुकका प्रमुुख व्यैक्ति गएर विदेशमा सरकारले वारेन्ट गरेको व्येक्तिलाइ भेटनु मन्त्रीले आन्दोलनको आडमा ९, ९ जनाको हत्यागर्ने व्येक्तिलाई सफाइ दिन्छुु भन्नुु सवै अराजकताको पराकाष्टा भएको वताए ।

 उनले निलम्वित अख्तियार प्रमुुख लोकमान सिंहको महाअभियोगका विषयमा कांग्रेसले समय आएपछी निर्णय लिने वताए । कसैको दवावमा कागेस नजाने भन्दै ठिक समयमा ठिक निर्णय काग्रेसले गर्ने उनको भनाई थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.