Websoft University

संघीय समाजबादी फोरमले पुस ९ र १० गते जिल्ला अधिबेशन गर्ने



विराटनगर १० गते । रोशन पोखरेल,
संघीय समाजवादी फोरम नेपालको मोरङ जिल्ला अधिवेशन आगामी पुस ९ र १० गते विराटनगरको हाटखोला मैदानमा गर्ने भएको छ र यो अधिबेशन पाटिको प्रथम एकता अधिबेशन हुनेछ।

फोरमले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराइएको हो । कार्यक्रमको लागी आफना सदस्यहरु बाट प्रति सदस्य रु १००० अधिवेशन बापत संकलन गरिने नपुग रकम सहयोगी दाताहरूबाट जुटाइने भएको कुरा प्रेेस बिज्ञप्ति मार्फत जानकारी गराइएकोछ ।

हजारौंको संख्यामा उपस्थित सो जिल्ला अधिवेशनलार्ई फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उदधाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पाटिका बरिस्ठ नेता असोक राई उपाध्यक्ष युबराज कार्की समेतको उपस्थिति रहनेछ।

 कार्यक्रममा हजार प्रतिनिधि कार्याकर्ता र करिव ३०० जना परिवेक्षकहरू बन्द सत्रमा रहनेछन् ।

उदधाटन सत्रको कार्यक्रमलाई विभिन्न नेताहरूले सम्बोधन
गर्ने भएका छन । सो अधिवेशन सफल गर्नका लागी १३ ओटा उपसमिति समेत गठन भएको छ । भने बन्द शत्रको काम विराटनगर १२ को रामजानकी मन्दिरमा सञ्चालन गरिने फोरमका मोरंग अध्यक्ष राजकुमार यादवले बताउनुभयो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.