Websoft University

भारतले नेपालमाथि गलत राजनीतिक औजारको प्रयोग गर्ने अबस्थामा नेपाल सचेत हुनुपर्छ


मंसिर १४ गते । पोर्चुगिज युवा स्कलर डा. कन्सटन्टिनो जेभियरले नेपालको भूराजनीति निकै नै संवेदनशील रहेको उल्लेख गर्दै एउटा छिमेकीको विरुद्धमा अर्कोलाई प्रयोग गर्दा मुलुकको राजनीति नै खतरामा पर्न सक्ने सुझाव दिएका छन् ।
नेपाल इकोनोमी फोरमद्वारा सोमबार राजधानीमा आयोजित ‘भारतको नयाँ छिमेक नीति परिणाममुखी हुन सक्छ ?’ सम्बन्धी अन्तरक्रियामा उनले नेपाललाई एउटा सानो सम्मानित, स्वतन्त्र, आर्थिक सुद्रिढिकरणका साथै राजनीतिक स्थायीत्वको लागि अघि बढिरहेको मुलुकका रूपमा ब्याख्या गरे । 
उनले नेपालजस्तो मुलुकले दुई ठूला छिमेकीबीचमा सन्तुलित कूटनीति अघि बढाउन सक्नुपर्ने बताए । नेपालले पहिल्यैदेखि अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्रनीति नीति नै अहिलेको समयमा उत्तम रहेको धारणा उनले थियो । 
कार्नेजि इन्डियाको थिंक ट्यांकमा रहेर अध्ययन गरिरहेका अध्येता जेभियरले नेपालको वर्तमान अवस्था ‘शीत युद्ध’ को समयमा विभिन्न शक्ति मुलुकबीचमा रहेका साना मुलुकको जस्तै रहेकाले कूटनीतिक ह्याण्डेलिङमा विशेष सावधानी अपनाउनुपर्ने बताए । 
उनले भने, ‘भारतले भन्ने र गर्नेमा एकै नीति हुन आवश्यक छ । कतिपय नीति बारे राजनीतिक नेतृत्वले भनिदिन्छ तर त्यो कर्मचारी तन्त्रमा अडकिएको हुन्छ । सायद अहिले छिमेक नीतिमा पनि यस्तै भएको हुन सक्छ ?’ 
भारतले नेपालजस्तो सानो छिमेकी मुलुकमा आफ्नो प्रभुत्व राख्ने प्रकारको नीति नभई सुझावमूलक र सहयोगी हुनुपर्ने बताए । भारतले के भन्छ र के गर्छ भन्नेमा पनि सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको उनले बताए । 
‘नेपालजस्तो मुलुक विकासका लागि अघि बढदा नचाहेर पनि चीन नजिक हुन्छ नै तर त्यसो भन्दैमा चीनले नै सबै थोक गर्न सक्छ भनेर एक अर्कामा उपयोग गर्न हुन्न । यसमा नेपाल सचेत रहनुपर्छ’ उनको भनाइ थियो ।
उनले भारतले नेपालमाथि एक वर्षअघि लगाएको आर्थिक नाकाबन्दीलाई आन्तरिक मामिला ब्यवस्थापनमा गलत औजारको उपयोगको संज्ञा दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.