Websoft University

उत्कष्ट वन गस्ति गर्ने समुह पुरस्कृत


बिराटनगर, मङ्सिर ११ गते ।
मोरङको बेलवारी –६ मा रहेको देविथान सामुदायिक वन उपभोक्ता समितिले आज एक कार्यक्रमका विच विभिन्न वन गस्ति टोलीलाई पुरस्कृत गरेको छ ।

समितीको कार्यालयमा आयोजित सो कार्यक्रममा कात्तिक महिनाभरीमा उत्कृष्ट वन गस्ति गर्ने टोली नम्बर ३ तथा ५ लाई क्रमश नगद रु ३ हजार तथा २ हजार रुपैयाले पुरस्कृत गरेको हो । सो पुरस्कार समितीकी सचिव रिता भण्डारीले वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा प्रथम हुने टोली नम्बर ३ की टोली प्रमुख रिता राईले अनाधिकृत रुपमा जंगल प्रवेश गरि दाउरा निकासीका लागी प्रयोग गरिएको साइकल ४ थान बरामद गरि कार्यालयलाई वुझाएकी थिईन भने दोश्रो हुने टोली नम्बर ५ का प्रमुख दुर्गा बहादुर मगरले महिना भरीमा बरामद गरिएका ४ थान खुर्पा तथा ४ थान डोका वुझाएको छ ।

सो सामुदायिक वनमा ६० वन गस्ति टोलीले मासिक नियमित रुपमा वनको गस्ति गर्दै आएको छ भने महिनाभरीमा उत्कृष्ट गस्ति गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको समुहका अध्यक्ष नारायण कुमार सुनुवारले वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.