Websoft University

बुढा विदेशमा,श्रीमतीले दुई नाबालक छोरा छाडी बेपत्ता


युवराज ठकुरी/सिंहदेवी,मोरङ, मङ्सिर ११ गते ।
सुन्दर परिवार बनाउने सपना सजाएर विदेसिएका धेरै नेपाली युवाहरुको श्रीमतीको कारणले घरबार तहसनहस भएका घटनाहरु बढ्दोरुपमा घटिरहेको छ।

उत्तरी मोरङ सिंहदेवी-९मोरङका जसमान राईको जीवनमा पनि२०७३साल सोच्दै नसोचेको घटनाले पारिवारिक जीवनमा भुइचालो आएको छ।पहिलो छुट्टीमा घर आउँदा ३०वर्षीय श्रीमती सोनु राई दुई छोराहरु लालनपालन गरि राम्रै घरबार सम्हालेर बसेकाले पुनः विदेश गएको १८महिना नपुग्दै नाबालक छोराहरुलाई छाडी भएभरको सम्पति लिएर बेपत्ता भएपछि छागाबाट खसेझै भए।

२०७३/७/३०मा श्रीमती बेपत्ता भएको खबर सुन्ने बित्तिकै जसमान हान्निएर नेपाल आए,नेपाल आउँदा साना दुई छोराहरु मात्रै पाए पछि श्रीमतीको खोजीमा विभिन्न ठाउँमा भौतरिरहेको र   इलाका  प्रहरी चौकी केराबारीमा पनि रिपोर्ट लेखाए पनि आजसम्म फेला नपरेको बताउछन् ।

चौध वर्ष बुबाआमा सग छुट्टिएर आफ्नै घरबार सम्हालेका जसमानको परिवारमा कुनै खटपट नआएको र आफू बिदेशमा रहदामा पनि सम्बन्ध राम्रै रहेकाले श्रीमतीको बिश्वासले उनकै नाममा पैसा पठाउने गरेका थिए तर आज मेरो बिश्वासमा आगो लगाएर ३/४लाख पैसा र भएभरको सम्पत्ति लिएर बेपत्ता भएकाले सन्चार माध्यमबाट पनि खोजिदिन आग्रह गरेका छ्न।

दुई नाबालक छोराहरु छाडेर भएभरको सम्पति लिएर हिड्नु र छिमेकी युवा पनि त्यसैबेला हराउनुले पनि अर्कै केटासँग भागेकी हुन भन्ने गाउँघरमा चलेको हल्लाले पनि आफ्नो बिश्वास,प्रेममा आगो लगाएर हिडेकी हुन जस्तो लागेको
छ।

आखिर जहाँ जसरी बेपत्ता भएपनि एक पटक पत्ता लगाए सबै भ्रम हटाउन पाए हुन्थ्यो भन्ने लागेर सबैसँग सोनु राई फोटोमा भएकी आइमाईलाई भेटेमा खबर गरिदिन आग्रह गरेको जसमान राई बताउछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.