Websoft University
November 2016



बिराटनगर, मङ्सिर १५ गते ।
नेकपा एमाले पाटि आबद्ध बिधार्थी सगठन अनेरास्ववियुले आज बेलुका ६ बजे बिराटनगरको गणतान्त्रिक चोकमा
नारा जुलुसका साथ एक घन्टा चक्काजाम गरे।

बिधार्थीहरूले संविधान संशोधन प्रस्ताप खारेज गर, नालाएक सरकार राजीनामा दे ! बिधार्थी सगठन एक होै, नारा लगाएका
थिए।

भोलिबाट विभिन्न बिरोधका कार्यक्रम गर्ने जनाएका छन।  


बिराटनगर, मङ्सिर  १५ गते ।
खोटाङबाट उत्पादन गरिएको मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको छ । दिक्तेल नगरपालिका–१० मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको हो ।

समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको ६० र बैंक अफ काठमाडौंको ४० प्रतिशत गरी झण्डै २२ करोडको लागतमा हाइड्रोपावर सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो ।

लोडसेडिङको मार खेपीरहेका खोटाङका बासिन्दा मेवाखोला हाइड्रोपावर सञ्चालन भएपछि हर्षित भएका छन् । जिल्लामा दुई दशमलव पाँच मेगावाट विद्युत खपत भइरहेकोमा मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट विद्युत थप भएपछि लोडसेडिङ नहुने जनाइएको छ ।


जन्म २००८÷८÷०८,                                     २०७३÷०८÷१२, मृत्यु
हाम्रो रातोतारा डटकमका संमाचार संयोजक रोशन पोखरेलकी हजुरआमा गोमादेवि पोखरेलको मिति २०७३ मंसिर १२ गते राति १.०५ मिनेटमा ६५ वर्षको अल्पाआयुमै निधन भएकोमा दिवागत आत्माको चिरशान्तिको कामना गदै शोकाकुल परिवारमा श्री पशुपति नाथले धैयधारण गर्ने शतिm प्रद्धान गरुन भनि हार्दिक समवेदना व्यक्त गर्दछौ ।


                       रातोतारा डट कम परिवार


इलाम, मंसिर १५ गते।
इलामको पशुपतिनगर-४ बाट मंगलबार भारतीय पाँच सय
र हजार दरका नोटसहित एक जना पक्राउ परेका छन्।

भारत गोपालगञ्ज घर भई हाल सुर्योदय नगरपालिका-६ फिक्कल बस्ने २४ बर्षिय जन्नत हुसैन मियाँको साथबाट प्रहरीले पाँच सय र हजार दरका चार लाख ४४ हजार पाँचसय रुपैया बरामद गरेको हो।

मियालाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखि थप अनुसन्धान भइरहेको छ।


बिराटनगर, मंसिर १५ गते।
मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट मंगलबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको केराबारी-४ बस्ने ३० बर्षिय दिपेन लिम्बु रहेका छन्। लिम्बुलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँज गर्ने क्रममा दिउँसो २ बजेतिर प्रकाउ गरेको हो। प्रहरीले उनको साथबाट डाइजेपाम १५ एम्पुल, फेनारगन १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल  बरामद गरेको छ।

लागुऔषधसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।



बिराटनगर, मङ्सिर १५ गते ।सूचना तथा सञ्चारमन्त्री राम कार्कीले सचिवालयको टोलीमा बसिदिनका लागि आफ्नो पार्टीनिकट पत्रकार पठाउन केही दिन अघि दबाब दिए पनि राससले रोकेको स्रोतले जानकारी दियो ।
अहिले राससका ३ पत्रकार मन्त्रीको प्रेस हेर्ने जिम्मेवारीमा छन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतले आफ्नो प्रेस सल्लाहकारमा राससका कार्यकारी सम्पादक एकराज पाठकलाई नियुक्त गरेका छन् । पाठक काजमै मन्त्रालय गएका हुन् । 
त्यस्तै स्वास्थ्यमन्त्री गगन थापा र ऊर्जामन्त्री जनार्दन शर्माले पनि प्रेसको काम राससकै पत्रकारलाई सुम्पेका छन् । थापाले जीवन भण्डारी र शर्माले रमेश लम्साललाई उक्त जिम्मेवारी दिएका हुन् । राससकै अन्य पत्रकारले समेत मन्त्रालयमा जान रुचि देखाएपछि व्यवस्थापनले रोकेको एक पत्रकारले जानकारी दिए ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार प्रदीप चापागाईंलाई प्रेस विज्ञ बनाएका छन् । त्यस्तै, पर्यटनमन्त्री जीवन शाहीले पनि रेडियो नेपालमा कार्यरत सुनील सापकोटालाई प्रेसको जिम्मेवारी दिएका छन् । 
पत्रकारहरू मन्त्रालयमा जान थालेपछि संस्थामा काम प्रभावित हुने भन्दै राससले रोकेको हो । ‘तलब संस्थाको खाने, कामचाहिँ मन्त्रीको पछि लाग्नु राम्रो होइन । सबैलाई प्रेस विज्ञ आवश्यक पनि पर्दैन । त्यसैले हामीले रोकेको हो,’ राससका एक अधिकृतले बताए । कान्तिपुर बाट


काठमाडौं, मङ्सिर १५ गते । 
नेपाल मजदुर किसान पार्टीले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई देश निकाला गर्न माग गरेको छ ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै उक्त पार्टीका सांसद प्रेम सुवालले रायले नेपालको संविधान अपूर्ण रहेकाले सच्याउनुपर्ने बताउँदै हिँडेकाले उनलाई भारत फर्काउन माग गरे ।

राजधानीको एक होटलमा केही दिनअघि भएको कार्यक्रममा रायले नेपालको संविधान अपूर्ण रहेकाले संशोधमार्फत सच्याउनुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएकाले देश निकाला गर्नुपर्ने उनको भनाइ थियो ।

‘भारतीय राजदूत रणजित रायले नेपालको संविधान समावेशी नभएको बताएछन्’, सुवालले भने, ‘रायलाई तत्काल देश निकाला गर्न सम्बन्धित पक्षसँग माग गर्छु ।’

भारतीय योग गुरु रामदेवले नेपालको सत्तापक्ष र प्रतिपक्ष नेतालाई योग प्रशिक्षण दिएकोमा समेत सुवालले आपत्ति जनाए ।



बिराटनगर,मंसिर १४ मंगलवार, मोरङ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले सरकारले संविधान संशोधन प्रक्रिया हतारमा अगाडी वढाउन नहुुने वताएका छन ।

हतारमा निर्णय गर्दा मुुलुुकमा असहज परिस्थििती आउने भएकाले सवै कुरा वुुझेरमात्र प्रस्ताव अगाडी वढाउन सरकारलाई आग्रह गरे ।

 नेपाली कांग्रेस विराटनगरको ६ नम्वरवर्डाको वर्डा  सम्मेलनमा वोल्दै नेता कोइरालाले हतारमा निर्णयगर्दा जातिय सदभाव विग्रने भन्दै प्रदेश तथा जिल्लावासीको भावना वुुझेरमात्र संविधान संसोधन प्रक्रिया अगाडी वढाउनुपर्ने बताए । संविधान कार्यान्वयका लागी निर्वाचन आवश्यक रहेको र त्यसका लागी संविधान संसोधन जरुरी रहेको भन्दै सवैलाइ मिलाएर संविधान संसोधनगर्दा राम्रो हुुने कोइरालाको भनाई थियो ।

 नेता कोइरालाले राजनितिक वर्चश्व र आफनो स्वार्थका लागी प्रदेश अलग्याउन खोजे मुुलुुकका लागीनै अनिष्ट हुने वताए । दलका केही नेताले आफनो स्वार्थाका लागी प्रदेश विभाजन गर्न खोजेको छन त्यसो गर्नुु रामा्रे होइन उनको भनाई थियो । भोट नआउने गाउलाइ अर्को गाउमा मिसाउन नदिने केही नेताहरुको प्रवृतिका कारण जातिय सदभावमा असर परिरहेको उनले वताए ।

उहाले  ५ नम्वर प्रदेशका केही क्षेत्रलाई अलग्याउन खोजि रहेको वेला स्थानिय वासिन्दाहरु आन्दोलनमा उत्रिएको अवस्थालाई पनी सरकारले वुुझन सक्नुुपर्ने कोइरालाको भनाई थियो  ।

उनले भने  जिल्लावासीहरुको चाहना केहो त्यो कुुरालाई दलहरुले वुुझन सक्नुुपर्दछ उनले भने होचुवाका भरमा जिल्ला अलग्याउन खोज्दा त्यसको असर सवैतिर पर्ने भएकाले जनता के चाहन्छन पहिले त्यो वुुझनुु जरुरी छ  ।

उनले  आगामी १४ महिनाभित्र तिनै तहको निर्वाचन नभए मुुलुुक राजनितिक दुुर्घटनामा फस्ने भएकाले अहिलेकै संरचना अनुुसार भएपनी सरकारले स्थानिय निकायको निर्वाचन गराउनुुपर्ने वताए  ।

नेता कोइरालाले डा गोविन्द केशीले अनशन वसेरमात्रै समस्याको समाधान नहुुने वताए  । उनले  विश्व विद्यालयहरुको आफनै नियम कानुुन हुुने भएकाले नियम अनुुसार विश्व विद्यालयलाई आफनो कामगर्न दिनुुपर्ने बताए  । अनशन वसेर आफनो अनुुकुुल मान्छे नियुुक्तगर्दै जाने हो भने नियम कानुुन केका लागी उहाले प्रश्न गरे ।

 अनशन वस्दैमा नियम कानुुन विपरित अगाडी वढने होभने मुुलुक अराजकता तर्फ जाने  नेता कोइरालाको भनाई थियो । विश्व विद्यालयको आफनै नियम कानुुन हुुन्छ कानुुन मिचेर केहीपनी गर्न सकिदैन उनले भने  । चित नवुुझेका कुरा  छलफलवाटपनी समस्याको समाधान हुुने भएकाले अनशन तोड्न केशीलाई उनले आग्रह समेत गरे ।

 अहिले सरकारमा , सांसदमा तथा संवैधानिक निकायमा समेत अराजक्ता वढेको उनको भनाई थियो । उनले मुुलुकका प्रमुुख व्यैक्ति गएर विदेशमा सरकारले वारेन्ट गरेको व्येक्तिलाइ भेटनु मन्त्रीले आन्दोलनको आडमा ९, ९ जनाको हत्यागर्ने व्येक्तिलाई सफाइ दिन्छुु भन्नुु सवै अराजकताको पराकाष्टा भएको वताए ।

 उनले निलम्वित अख्तियार प्रमुुख लोकमान सिंहको महाअभियोगका विषयमा कांग्रेसले समय आएपछी निर्णय लिने वताए । कसैको दवावमा कागेस नजाने भन्दै ठिक समयमा ठिक निर्णय काग्रेसले गर्ने उनको भनाई थियो । 



काठमाडौं, मंसिर १४ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गत नोभेम्बरमा ८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लाखौं अवैध मत खसेको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको आरोपको समर्थनमा कुनै प्रमाण नभएको जनाएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जोश अर्नेस्टले अवैध मत खसेको भन्ने ट्रम्पको आरोप अस्वीकार गरेका हुन् ।

राष्ट्रपति निर्वाचित ट्रम्पले भने लाखौं अवैध मत घटाउने हो भने आफूले पपुलर मतमा समेत जित्ने दाबी गरेका थिए ।

रिपब्लिकन पार्टीका ट्रम्पले प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले जितेको भर्जिनिया, न्यू ह्याम्सायर र क्यालिफोर्नियामा गम्भीर धाँधली भए आरोप लगाएका छन् ।

ट्रम्पले सबै महत्वपूर्ण इलेक्टोरल मतमा जित हासिल गरेका थिए । क्लिन्टनले विस्कन्सीनमा पुनः मतगणना गर्ने ग्रिन पार्टीकी उम्मेदवारको मागलाई समर्थन गरेपछि पछिल्लो विवाद सतहमा आएको हो ।

ट्रम्पभन्दा क्लिन्टनले २० लाख बढी पपुलर मत पाएका छन् । (एजेन्सी)


खोटाड मंसिर १४ गते ।
खोटाङको दिक्तेल नगरपालिकासहित पाँच गाविसका किसानले बाँदर आतङ्क नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन्।खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ र आलु लगायतका बालीनाली बाँदरले सखाप बनाइदिने गरेको दिक्तेल, नेर्पा, दोर्पा्चिउरीडाँडा र लफ्याङका किसानले बाँदर आतङ्क नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन्।

बाँदर आतङ्कले कृषि उत्पादनमा ह्रास ल्याएका कारण बसाई सर्नुपर्ने अवस्था आएकाले प्रशासनलाई गुहार्नु परेको स्थानीय शिबप्रसाद आचार्यले बताए। किसानले बाँदर आतङ्क नियन्त्रणकालागि दीर्घकालीन कार्ययोजना बनाउन वा उचित क्षतीपुर्तीको व्यवस्था मिलाउन माग गर्दै प्रशासनमा निवेदन दिएका छन्।

बाँदरले बालीनाली नष्ट गरेका कारण किनेको अन्न अन्नमा निर्भर रहनुपर्ने गुनासो किसानले गरेका छन्। घरभित्रै राखिएको अन्न खाइदिन थालेपछि बाँदर धपाउनतिर लाग्दा बालबच्चाको पठन–पाठनमा नकरात्मक असर पुगेको लगायतका समस्या आइपरेको निवेदनमा उल्लेख छ।



बिराटनगर, मङ्सिर १४ गते । उदयपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित बेल्टार बसाहा नगरपालिका हाल प्रश्तावित (चौदण्डी नगरपालिका) ले भविष्यमा हुने सक्ने आगलागीको नियन्त्रण गर्नको लागि औपचारिक रुपमा दमकल सेवा सुरु गरेको छ । बेल्टार बसाहा नगरपालिकाको लामो प्रयासपछि भर्खरै सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट नगरपालिकालाई एउटा दमकलको व्यवस्था भएपछि दमकल आफूहरुले जिम्मा लिएर सुचारु गर्ने कार्य सुरु गरेको नगरपालिकाका कार्यकारी अधिकृत विकास सुन्दासले बताउनुभयो ।
बेल्टार बसाहालगायत जिल्लाको पूर्वी क्षेत्रमा प्रत्येक वर्ष यसअघि दमकलको अभावमा आगलागी हुने गरेका कारण धेरै धन सम्पत्तिको क्षति हुने गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको दमकल नहुँदा आगलागीको समयमा छिमेकी जिल्ला सप्तरीको राजविराजको दमकलको भरपर्दै आउनु परेको भए तापनि अब दमकल व्यवस्था भएका कारण भविष्यमा हुनसक्ने आगलागी नियन्त्रण गर्न नगरपालिकालाई सहज हुने नगरपालिकाका कार्यकारी अधिकृत सुन्दासले बताउनुभयो ।
प्राप्त दमकलसहित अन्य दमकल र एम्बुलेन्स छिमेकी देश भारतले उसको ७० औँ गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारलाई धेरै हस्तान्तरण गरेको थियो । स्मरण रहोस्, सात वर्षअघि नै जिल्लाको त्रियुगा नगरपालिका गाईघाटले भने तत्कालीन समयमा रु ६४ लाखको लगानीमा दमकलको व्यवस्था गरिसकेको छ । अनलाइन बाट

काठमाडौं, मङ्सिर १४ गते ।  विश्वभर चीनको प्रभाव विस्तार हुंदै गर्दा विभिन्न देशका भाषाहरु सिक्ने लहर चिनियां युवाहरुमाझ अहिले लोकप्रिय तरिकाले चलिरहेको पाइन्छ।
त्यसमा पनि चिनियाँ युवाहरूले नेपाली भाषालाई मनपराकाले प्राथमिकताकासाथ विश्वविद्यालयमा नै पढाउने गरिएको छ।
चिनियां राजधानी बेइजिंगस्थित कम्युनिकेशन युनिभर्सिटी अफ चाइनामा नेपाली भाषामा चार वर्षे स्नातक गर्न सकिन्छ।
त्यहां नेपाली भाषाको पढाइ सन् १९६३ बाटै सुरु भएको उक्त विश्वविद्यालयले जनाएको छ।
बीचबीचमा छोटो समय रोकिएपनि नेपाली भाषाको अध्ययन,अध्यापनले आधा शताब्दीभन्दा बढी समय पार गरिसकेको छ।
अहिले पनि करिब डेढ दर्जन विद्यार्थीले उक्त विश्वविद्यालयको स्कुल अफ इन्टरन्याशनल स्टडिजमा नेपाली भाषा पढिरहेका छन्। यो समाचार बी बी सी नेपाली सेवा बाट लिएको हो



बिराटनगर, मंसिर १४ गते।
मोरङ जिल्लाको कोशी-हरैचा नगरपालिका १ विराटचौक बस्ने गोपाल थापाको खेतमा राखीएको धानको कुन्युमा सोमबार आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ।

थापाको काटेर थुपारेको धानको कुन्युमा अपरान्ह ४ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट थापाको अन्दाजी एक सय पचास मन दान जलेर क्षति भएको बताइएको छ।

आगलागी ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटि गएको प्रहरी र वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो।क्ष


मंसिर १४ गते । पोर्चुगिज युवा स्कलर डा. कन्सटन्टिनो जेभियरले नेपालको भूराजनीति निकै नै संवेदनशील रहेको उल्लेख गर्दै एउटा छिमेकीको विरुद्धमा अर्कोलाई प्रयोग गर्दा मुलुकको राजनीति नै खतरामा पर्न सक्ने सुझाव दिएका छन् ।
नेपाल इकोनोमी फोरमद्वारा सोमबार राजधानीमा आयोजित ‘भारतको नयाँ छिमेक नीति परिणाममुखी हुन सक्छ ?’ सम्बन्धी अन्तरक्रियामा उनले नेपाललाई एउटा सानो सम्मानित, स्वतन्त्र, आर्थिक सुद्रिढिकरणका साथै राजनीतिक स्थायीत्वको लागि अघि बढिरहेको मुलुकका रूपमा ब्याख्या गरे । 
उनले नेपालजस्तो मुलुकले दुई ठूला छिमेकीबीचमा सन्तुलित कूटनीति अघि बढाउन सक्नुपर्ने बताए । नेपालले पहिल्यैदेखि अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्रनीति नीति नै अहिलेको समयमा उत्तम रहेको धारणा उनले थियो । 
कार्नेजि इन्डियाको थिंक ट्यांकमा रहेर अध्ययन गरिरहेका अध्येता जेभियरले नेपालको वर्तमान अवस्था ‘शीत युद्ध’ को समयमा विभिन्न शक्ति मुलुकबीचमा रहेका साना मुलुकको जस्तै रहेकाले कूटनीतिक ह्याण्डेलिङमा विशेष सावधानी अपनाउनुपर्ने बताए । 
उनले भने, ‘भारतले भन्ने र गर्नेमा एकै नीति हुन आवश्यक छ । कतिपय नीति बारे राजनीतिक नेतृत्वले भनिदिन्छ तर त्यो कर्मचारी तन्त्रमा अडकिएको हुन्छ । सायद अहिले छिमेक नीतिमा पनि यस्तै भएको हुन सक्छ ?’ 
भारतले नेपालजस्तो सानो छिमेकी मुलुकमा आफ्नो प्रभुत्व राख्ने प्रकारको नीति नभई सुझावमूलक र सहयोगी हुनुपर्ने बताए । भारतले के भन्छ र के गर्छ भन्नेमा पनि सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको उनले बताए । 
‘नेपालजस्तो मुलुक विकासका लागि अघि बढदा नचाहेर पनि चीन नजिक हुन्छ नै तर त्यसो भन्दैमा चीनले नै सबै थोक गर्न सक्छ भनेर एक अर्कामा उपयोग गर्न हुन्न । यसमा नेपाल सचेत रहनुपर्छ’ उनको भनाइ थियो ।
उनले भारतले नेपालमाथि एक वर्षअघि लगाएको आर्थिक नाकाबन्दीलाई आन्तरिक मामिला ब्यवस्थापनमा गलत औजारको उपयोगको संज्ञा दिए ।


ईलाम, मंसिर १३ गते।
मेची राजमार्ग अन्तरगत ईलामको चमैता ६ मा सोमबार बिहान बस र भ्यान ठोक्किंदा चार जना घाइते भएका छन्।

झापा बिर्तामोडबाट ताप्लेजुङतर्फ जादै गरेको मे १ ख १७६१ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको को १ ज १२१६ नम्बरको भ्यान एक अर्कासंग ठोक्कीएको हो।

दुर्घटनामा भ्यानका चालक धनकुटा नगरपालाक ५ बस्ने प्रदिप श्रेषठ, भ्यानमा सवार ईलाम एकतप्पा ३ बस्ने तुलमा श्रेष्ठ, सोही ठाउँकी यशोदा श्रेष्ठ र आशा श्रेषठ घाइते भएका छन्।

घाइतेहरुको झापा बिर्तामोडमा उपचार भइरहेको छ भने बसका चालकलाई प्रहरीले अनुसन्धानकालागी नियनत्रणमा लिएको छ।


बिराटनगर, मंसिर १३ गते।
झापाको मेचीनगर नगरपालिका-१० बाट प्रहरीले हिजो लागूऔषससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक-१२ बस्ने ३३ बर्षिय अशोक थापा रहेका छन्।

प्रहरीले थापाको साथबाट  बेलुका ६ बजेतिर भारतबाट प्लाष्टिकमा बेरी ल्याउदै गरेको ७८ सेट टिडीजेसिक इन्जेक्शन फेला पारेको हो। थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।


काठमाडौ, मङ्सिर १३ गते ।
न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा शुक्रवार बहुमूल्य धातु सुनको भाउ घटेर ९ महीनाकै न्यून बिन्दुमा ओर्लिएको छ । अमेरिकामा ब्याजदर बढ्ने अपेक्षामा डलर सुदृढ बनेपछि लगानीकर्ताहरूले आफूसँग रहेको सुन धमाधम बेच्दा सुन दबाबमा आएको  हो । शुक्रवार न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा शुरूको कारोबारमा उकालो लागेको स्पट गोल्डको भाउ बिहानीपख भने घट्न थालेको थियो । उक्त दिनको कारोबार प्रतिऔंस १ हजार १ सय ९२ डलर ६४ सेण्टसम्म पुगेको सुनको भाउ १ हजार १ सय ७१ डलर ९४ सेण्टको न्यून बिन्दुसम्म आएको थियो । यो फेबु्रअरी ८ यताकै न्यून बिन्दु हो ।

यद्यपि, बजार बन्द हुँदा भने स्पटको भाउ केही सुध्रँदै प्रतिऔंस १ हजार १ सय ८३ डलर ६६ सेण्ट कायम भएको थियो । शुक्रवारको कमीेसँगै यस महीना सुनको भाउ करीब ७ प्रतिशतले घटिसकेको छ भने यो सन् २०१३ को जुनयताकै पहिलो तीव्र मासिक कमीतर्फ उन्मुख भएको छ । शुक्रवारको कारोबारमा फेबु्रअरी ५ यताकै न्यून बिन्दु प्रतिऔंस १ हजार १ सय ७० डलर ३० सेण्टमा आएको डिसेम्बर डेलिभरीको यूएस् गोल्ड फ्युचर्स बजार बन्द हुँदा १ हजार १ सय ८३ डलरमा किनबेच भएको थियो । ‘सुनको भाउ प्रतिऔंस १ सयभन्दा तल आएपछि सस्तोमा किनेर बढेको बेलामा बच्नेहरूको सङ्ख्या केही बढेको भए पनि लगानीकर्ताहरू सुनमा लगानी गर्नबाट पछि हटिरहेका छन्,’ कमर्ज बैङ्कका विश्लेषक युगेन वेइनबर्गले भने ।

‘सुनको भाउ शेयरबजार, मुद्रा बजार र अमेरिकी ब्याजदर उच्च रहने अपेक्षालगायत विभिन्न तŒवहरूले डो¥याइरहेको छ,’ अझ अगाडि उनले भनेका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेयता शेयरबजार उकालो लागिरहेको छ । डिसेम्बरमा अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिजर्भ’ले ब्याजदर बढाउने अपेक्षा बढिरहेको छ । यसले डलरको भाउ थप बढाउने र अन्य मुद्राधारीहरूका लागि सुनलगायत कमोडिटिज झनै महँगो बन्ने विश्लेषकहरूले बताएका छन् । अक्टोबर शुरू भएयता मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर सूचक ६ प्रतिशतले बढिसकेको छ । एजेन्सी


बिराटनगर, मङ्सिर १२ गते ।
छिन्नमस्ता भगवती मन्दिरमा शनिबार योगगुरु स्वामी रामदेवबारे समाचार सङ्कलनमा गएका पत्रकारलाई सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले दुर्वव्यहार गर्दै कुटपिट गरेको जनाई पत्रकारले उनको सरुवाको माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका कावा अध्यक्ष श्रवणकुमार देवको नेतृवमा गएको पत्रकारको टोलीले आज प्रजिअ बलदेव गौतमलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक महत्व, विकासनिर्माण, सुव्यवस्था कायम लगायत विषयमा सकारात्मक सूचना प्रवाह गर्ने सञ्चारकर्मीमाथि जिल्ला प्रहरी कार्यालयका प्रमुख लोहनी आफैँले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति भत्र्सना गर्दै ४८ घन्टाभित्र उनको सरुवा माग गरेको छ ।यसैबीच प्रेस मञ्च सप्तरी लगायत एक दर्जन विभिन्न सङ्घसंस्थाले समेत उक्त घटनाको भत्र्सना गरेका
छन् ।



सुनसरी, मंसिर १२ गते।
धरान उपमहानगरपालीका-१५ बाझोघरामा शनिबार सेप्टी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा  स्थानिय फुलमायाँ विश्वकर्माको डेढ बर्षिय छोरा उपहार विश्वकर्मा रहेका छन्।

उनी दिउँसो १२ बजेतिर खेल्ने क्रममा उक्त ट्यङ्कीमा डुबेर गम्भिर घाइते भएका थिए। घाइते बालकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।


युवराज ठकुरी/सिंहदेवी,मङ्सिर  १२ गते ।
मोरङमोरङको पहाडी गाविस सिंहदेवी ७मा प्रत्येक वर्षझैं यसवर्ष पनि मङ्सिरे पुर्णिमाको अबसरमा नकाउट फुटबल प्रतियोगिता गरिने भएको छ।

मङ्सिरे पुर्णिामा(चासोक तङ्नाम)को अवसरमा प्रत्येक वर्षमा मेला लगाइनुका साथै सिंहदेवी-७लक्ष्मी प्राविको खेलमैदानमा फुटबल प्रतियोगिता पनि गरिदै आएकाले यसवर्ष पनि त्यसै अनुरुप मेला सहित फुटबल प्रतियोगिता गर्ने सिंहदेवी खेलकुद समितिका संयोजक सुमन लिङ्दमले बताए ।

 खड्गबहादुर ठकुरीको अध्यक्षतामा मेला बजार व्यवस्थापन समिति र सुमन लिङ्दमको संयोजकत्वमा खेलकुद व्यवस्थापन समिति गठन गरि यस वर्ष मङ्सिरे पुर्णिामामा मेलाबजार सहित फुटबल खेलको आयोजना गरिएको सचिब कमल ठकुरीले बताए।

फुटबल प्रतियोगितामा तेस्रो हुनेलाई रु ५,००० प्रमाणपत्र
र मेडल,दोस्रो हुनेलाई रु१५,०००प्रमाणपत्र र मेडल र प्रथम हुनेलाई ३०,०००प्रमाणपत्र र मेडल पुरस्कारका रुपमा राखिएको र इन्ट्री फि रु२५५१ रहेको आयोजक कमिटीका सदस्य अरुण लिङ्दमले बताए।२८गते मङ्सिरे पुर्णिामाका दिन देखि सुरु हुने उक्त प्रतियोगितामा २७गते देखि २८गते१०बजे सम्म इन्ट्री गर्ने समय रहेको आयोजकले बताएको छ।


युवराज ठकुरी/सिंहदेवी,मोरङ, मङ्सिर ११ गते ।
सुन्दर परिवार बनाउने सपना सजाएर विदेसिएका धेरै नेपाली युवाहरुको श्रीमतीको कारणले घरबार तहसनहस भएका घटनाहरु बढ्दोरुपमा घटिरहेको छ।

उत्तरी मोरङ सिंहदेवी-९मोरङका जसमान राईको जीवनमा पनि२०७३साल सोच्दै नसोचेको घटनाले पारिवारिक जीवनमा भुइचालो आएको छ।पहिलो छुट्टीमा घर आउँदा ३०वर्षीय श्रीमती सोनु राई दुई छोराहरु लालनपालन गरि राम्रै घरबार सम्हालेर बसेकाले पुनः विदेश गएको १८महिना नपुग्दै नाबालक छोराहरुलाई छाडी भएभरको सम्पति लिएर बेपत्ता भएपछि छागाबाट खसेझै भए।

२०७३/७/३०मा श्रीमती बेपत्ता भएको खबर सुन्ने बित्तिकै जसमान हान्निएर नेपाल आए,नेपाल आउँदा साना दुई छोराहरु मात्रै पाए पछि श्रीमतीको खोजीमा विभिन्न ठाउँमा भौतरिरहेको र   इलाका  प्रहरी चौकी केराबारीमा पनि रिपोर्ट लेखाए पनि आजसम्म फेला नपरेको बताउछन् ।

चौध वर्ष बुबाआमा सग छुट्टिएर आफ्नै घरबार सम्हालेका जसमानको परिवारमा कुनै खटपट नआएको र आफू बिदेशमा रहदामा पनि सम्बन्ध राम्रै रहेकाले श्रीमतीको बिश्वासले उनकै नाममा पैसा पठाउने गरेका थिए तर आज मेरो बिश्वासमा आगो लगाएर ३/४लाख पैसा र भएभरको सम्पत्ति लिएर बेपत्ता भएकाले सन्चार माध्यमबाट पनि खोजिदिन आग्रह गरेका छ्न।

दुई नाबालक छोराहरु छाडेर भएभरको सम्पति लिएर हिड्नु र छिमेकी युवा पनि त्यसैबेला हराउनुले पनि अर्कै केटासँग भागेकी हुन भन्ने गाउँघरमा चलेको हल्लाले पनि आफ्नो बिश्वास,प्रेममा आगो लगाएर हिडेकी हुन जस्तो लागेको
छ।

आखिर जहाँ जसरी बेपत्ता भएपनि एक पटक पत्ता लगाए सबै भ्रम हटाउन पाए हुन्थ्यो भन्ने लागेर सबैसँग सोनु राई फोटोमा भएकी आइमाईलाई भेटेमा खबर गरिदिन आग्रह गरेको जसमान राई बताउछन् ।



बिराटनगर, मङ्सिर ११ गते ।
मोरङको कोशिहरैचा १ सुकुना सामुदायिक वन नजिकै आज अपरान्ह यात्रुवहाक वसको ठक्करवाट एक जना घाईते भएका छन । को १ ख १४३६ नम्बरको बसले को २७ प ३७७२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा  इलाम बस्ने २४ बर्षीय महेश बिक घाईते भएका हुन घाईतेको अवस्था चिन्ताजनक रहेको र उनको उपचार विराटनगर स्थित न्यूरो अस्पतालमा भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।



ओखलढुङ्गा, मंसिर ११ गते।
ओखलढुङ्गाको मुलुङ्ग-३ मा वनभोज गएकी बालिककाको शनिबार खोलले बगाएर मृत्यु भएको छ। मृत्यु हुनेमा बरुणेश्वर-३ स्थित बरुण एजुकेसन एकेडमी स्कुलमा अध्ययनरत सोही ठाउँकी अन्दाजी १२ बर्षिया इनिसा कार्की रहेकी छिन्।

बालिकालाई विहान ८ बजेतिर मोलुङग खोला तर्ने क्रममा उक्त खोलाले बगाएको थियो। उनलाई स्थानियले करिब १ मिटर टाढा मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।



काठमाडौं, मंसिर ११ गते।
चिकित्सा क्षेत्र सुधारको माग राखेर आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकारले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । शनिबार सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सिनेन्द्रराज उप्रेती रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

डाक्टर केसीसँग अनौपचारिक वार्ता जारी रहेको र औपचारिक वार्ताको लागि वार्ता टोली गठन गरिएको शिक्षा मन्त्री धनिराम पौडेलले जानकारी दिनुभयो । सरकारी वार्ता टोलीले शनिबारदेखि डा. केसीसँग वार्ताको पहल गर्ने बताइएको छ ।


बिराटनगर, मङ्सिर ११ गते ।
संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् । आर्थिक अवस्था दयनीय रहेका खत्रीले  जीवनरक्षाका लागि सहयोगको अपील गरेका छन्। अस्पतालले  उनको  दुई मृगोला फेल भएको पुष्टी गर्दै रिपोट निकाले सँगै जिबन मरणको दोसाँधमा रहेका छन् उनलाई बिगत ४ महिना देखि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल उपचार गर्दै तर आर्थिक अवस्था कम्जोर रहेकोले भएको पैसा सकिए पछि घर फिर्ता गरेको भाई मिलन खत्रीले जानकारी दिए।

मृगौलाकै कारण बुबाको  मृत्यु भईसकेको र आमाको पनि  सानै उमेरमा निधन भईसकेको छ। जिबन रक्षाको लागी उनका भाई मिलनले  सहयोगी मनहरुलाई अनुरोध गरेका छन्। खत्रीको  उपचारमा  अहिले सम्म ५ लाख खर्च भई सकेको छ। उनी संग  २ वटा विकल्प डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्न मात्र बाकी रहेको छ । पेटबाट गर्ने डायलाइसिस (CAPD) को लागि एक पटकमा रु.३३० पर्छ । मृगौला प्रत्यारोपण नगरेसम्म प्रति दिन दुई देखि चार पटक सम्म गर्नु पर्ने हुन्छ ।  प्रति महिना २० हजार देखि ३० हजार  सम्म खर्च लाग्ने गर्दछ।

डाक्टरका अनुसार थप उपचारका साथै मृगोला प्रत्यारोपणका लागी १० लाख रकमको आबश्यक पर्ने भएको छ । खाउँ लाउँ उमेरमा यसरी दुबै मृगौला फेल भए सँगै उपचारको पर्खाइमा रहनु भएका खत्रीको  उपचारमा आर्थिक  समस्या भई रहेको छ। ‘बाँच्छु जस्तो लाग्छ, उपचार राम्रोसँग गर्न पाए’, पुष्प  भन्छन्, ‘बुबा आमा पनि बितिसक्नु भयो, मैले बाँच्नु छ, मलाई सबैजना भएर बचाउनुहोस् ।’ किरणको उपचारमा सहयोग गर्न ९८४२२१५१३६  र ९८६२०६६९३९ मा सम्पर्क गर्न सकिनेछ । साथै, आर्थिक सहयोगका लागि Rastriya Banijya Bank को खाता नम्बर २०३००११३७७१० मा रकम जम्मा गर्न सकिनेछ।


बिराटनगर, मङ्सिर  ११ गते । 
शनिबार पिपलको परिक्रमा, पूजा गर्नु, दियो बाल्नु तथा 
जल चढाउनु अति नै शुभ मानिन्छ। धर्मशास्त्रमा वर्णन 
भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ।

पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि, अलक्ष्मी उत्पन्न भईन्,
र पछि लक्ष्मी आइन। अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन, यसबाट अलक्ष्मी रुष्ट बनिन। यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय वृक्ष (बासस्थान) पिपलको वृक्षमा बस्ने आदेश दिए र भने यहाँ तिमी आराधाना गर।

म समय(समयमा तिमीलाई भेट्न आइरहन्छु साथै देवी लक्ष्मीले पनि भनिन, म प्रत्येक शनिबार तिमीसँग भेट्नको लागि पिपल वृक्षमा आउने गर्छु। भनिन्छ यही कारण शनिबारका दिन श्रीविष्णु र देवी लक्ष्मी पिपलको वृक्षमा बस्ने गर्दछन्। 

त्यसैले शनिबारको दिन पिपलको वृक्षको पूजा गर्नु, बत्ती बाल्नु तथा जल वा तेल चढाउँदा वा परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ। साथै धन धान्यको पनि वृद्धि हुन्छ भन्ने विश्वास छ। भक्तजनको यही विश्वासका कारण नै शास्त्रमा पिपललाई देव वृक्ष भनिएको छ।

गीतामा भगवान श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयम् आफ्नो रुप बताएका छन। श्रीकृष्ण भन्छन्, ‘अश्वत्थस् सर्ववृक्षणां’ अर्थात समस्त वृक्षहरुमा म पिपलको वृक्ष हुँ।शास्त्रमा भनिएको छ कि ‘अस्वत्थस् पूजितोयत्र पूजितास् सर्व देवतास्’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरुको पूजा गरेको फल प्राप्त हुन्छ।

वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ। किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ। पिपलबाट सधैं अक्सीजनको संचार हुन्छ। आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ। यसबाट कयौं गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ।

भनिन्छ कि चाणक्यको समयमा सर्पको विषको खतराबाट बच्नको लागि ठाउँ ठाउँमा पिपलको पात राखिन्थ्यो। पानी शुद्ध गर्नको लागी पनि जलपात्रमा ताजा पिपलको पात राख्ने प्रथा प्राचीनकाल देखि नै चलि आएको छ।
अनलाइन खबरबाट


बिराटनगर, मङ्सिर ११ गते ।
मोरङको बेलवारी –६ मा रहेको देविथान सामुदायिक वन उपभोक्ता समितिले आज एक कार्यक्रमका विच विभिन्न वन गस्ति टोलीलाई पुरस्कृत गरेको छ ।

समितीको कार्यालयमा आयोजित सो कार्यक्रममा कात्तिक महिनाभरीमा उत्कृष्ट वन गस्ति गर्ने टोली नम्बर ३ तथा ५ लाई क्रमश नगद रु ३ हजार तथा २ हजार रुपैयाले पुरस्कृत गरेको हो । सो पुरस्कार समितीकी सचिव रिता भण्डारीले वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा प्रथम हुने टोली नम्बर ३ की टोली प्रमुख रिता राईले अनाधिकृत रुपमा जंगल प्रवेश गरि दाउरा निकासीका लागी प्रयोग गरिएको साइकल ४ थान बरामद गरि कार्यालयलाई वुझाएकी थिईन भने दोश्रो हुने टोली नम्बर ५ का प्रमुख दुर्गा बहादुर मगरले महिना भरीमा बरामद गरिएका ४ थान खुर्पा तथा ४ थान डोका वुझाएको छ ।

सो सामुदायिक वनमा ६० वन गस्ति टोलीले मासिक नियमित रुपमा वनको गस्ति गर्दै आएको छ भने महिनाभरीमा उत्कृष्ट गस्ति गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको समुहका अध्यक्ष नारायण कुमार सुनुवारले वताउनुभयो ।



विराटनगर मंसिर १० गते ।
नेपाल कम्युनिष्ट पार्टि माओवादी मोरडले आज मोरडको गोविन्दपुरको सुनबर्षि रहेको किशानलाल दुगडको १२५ बिघा जग्गा कव्जा गरेको छ ।


विराटनगरमा आज पत्रकार सम्मेलनमा प्रेस बिज्ञप्तिि जारी
गदै सो बारेमा जानकारी गराइएको हो । गरिव जनताले उपभोग गदै आएको जग्गामा भुमाफिया संघ मिलेर पुन
 दुगडले लगेको आरोप लगाउदै उक्त जग्गा कव्जा गरेको पत्रकार सम्मेलन मा जानकारी गराइएको छ ।

पार्टिको केन्द्रिय निर्णयको समर्थनमा जग्गा कब्जा गरिएको माओवादीका जिल्ला सेक्रटरी पुस्कर द्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लामो समय सम्म भुमिहिनहरुले उपभोग गदै आएको सो जग्गा यस अगाडि माओवादी शान्ति प्रक्रियामा आउनु भन्दा अगाडि पनि माओवादीले कब्जा गरेको थियो ।

गरिव जनतालाई माथि उठाउन त्यस बेला मोरङमा माओवादीले करिब १२०० बिघा जग्गा कब्जा गरेकोमा दलाल सग मिलेर ठुुलो रकम लिदै केहिले फिर्ता गरेको माओवादीले आरोप लगाएकोछ ।



हाल माओवादीले आफना विभिन्न कार्यक्रम सन्चालन गर्दै
आएको छ।

अहिले राष्ट्रकालागि युवा अभियान भन्ने नाराका साथ बाल पेन्टिङ सुरू गरेकोछ ।



विराटनगर १० गते । रोशन पोखरेल,
संघीय समाजवादी फोरम नेपालको मोरङ जिल्ला अधिवेशन आगामी पुस ९ र १० गते विराटनगरको हाटखोला मैदानमा गर्ने भएको छ र यो अधिबेशन पाटिको प्रथम एकता अधिबेशन हुनेछ।

फोरमले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराइएको हो । कार्यक्रमको लागी आफना सदस्यहरु बाट प्रति सदस्य रु १००० अधिवेशन बापत संकलन गरिने नपुग रकम सहयोगी दाताहरूबाट जुटाइने भएको कुरा प्रेेस बिज्ञप्ति मार्फत जानकारी गराइएकोछ ।

हजारौंको संख्यामा उपस्थित सो जिल्ला अधिवेशनलार्ई फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उदधाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पाटिका बरिस्ठ नेता असोक राई उपाध्यक्ष युबराज कार्की समेतको उपस्थिति रहनेछ।

 कार्यक्रममा हजार प्रतिनिधि कार्याकर्ता र करिव ३०० जना परिवेक्षकहरू बन्द सत्रमा रहनेछन् ।

उदधाटन सत्रको कार्यक्रमलाई विभिन्न नेताहरूले सम्बोधन
गर्ने भएका छन । सो अधिवेशन सफल गर्नका लागी १३ ओटा उपसमिति समेत गठन भएको छ । भने बन्द शत्रको काम विराटनगर १२ को रामजानकी मन्दिरमा सञ्चालन गरिने फोरमका मोरंग अध्यक्ष राजकुमार यादवले बताउनुभयो


झापा, मंसिर १० गते।
झापाको दमक नगरपालिका ४ स्थित भालुखोलामा शुक्रबार दिउँसो सोही नगरपालिका ९ बस्ने अन्दाजी ३८ वर्षिय मनकुमार कार्कीको शव फेला परेको छ।

कार्की मंसिर ७ गते राती घरबाट कसैलाई केही नभनि हिडेका थिए। दुई दिनसम्म घर नफर्केपछि उनको खोजी गर्नेक्रममा कार्कीको शव कल्भर्ट मुनि पानीमा डुबेको अवस्थामा फेला परेको मृतकका सालो थल्लुराम रिजालले प्रहरीलाई बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिगई घटनाबारे अनुसन्धान शुरु गरिएको छ।



बिराटनगर, मङ्सिर  १० गते ।
महिला शान्ति अनुसन्धान तथा बिकास केन्द्र मोरङले
बिराटनगरमा महिला हिंसा रोकिनुु परो भन्दै विभिन्न संघ
संस्थाहरूको सहयोगमा रयली निकालेको थियो।

महिलाहरूको रयाली नेपाल बजारबाट सुरु भइ धरान रोड
हुँदै जलजला चोक बाट बुधहाटको सी पल्टमा पुगेर कोण
सभामा परिणत भएको थियो।


महिला हिंसा अराध हो, यो कुरा रोकिनु पर्छ भन्ने १६ दिने
अभियानको आज बाट एक समारोका बिच समारोहका सुरु गरिएको हो।

कार्याक्रमको अध्यक्षता महिला बिकास शाखा बिराटनगरकी
अध्यक्ष  दुर्गा बरालले गर्नुु भएको थियो । कार्यक्रममा प्रहरी
प्रशान गन्ने मान्ने संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति
रहेको थियो।

सन्जु साहले २६ औ महिला हिंसा दिबसको बारेमा बोल्दैदै
शुभ कामना दिनुभएको थियो।

कार्यक्रममा  प्रमुख अतिथि र  अतिथिहरू र मानव अधिकार बादी सघ संस्थाका प्रतिनिधहरूले पनि बोल्नु भएको थियो ।


इटहरी, मङ्सिर १० गते ।
प्रथम उद्योग दिवस–२०७३ को अवसर पारेर प्रदेश नम्बर १ को महत्वपूर्ण शहर इटहरीमा आगामी मङ्सिर २२ देखि २६ गतेसम्म पाँचदिने लघु उद्योगबाट उत्पादित प्रदेश १ स्तरीय बृहत् औद्योगिक प्रदर्शनी मेला आयोजना हुने भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी, उद्योग वाणिज्य सङ्घ सुनसरी, इटहरी, जिल्ला लघु उद्यमी सङ्घ, सुनसरीको आयोजना तथा जिविस सुनसरी, घरेलु तथा साना उद्योग कार्यालय, इटहरी तथा इटहरी र धरान उपमहानगरपालिका लगायतको सहयोगमा उक्त बृहत् औद्योगिक प्रदर्शनी मेला हुने बिहीबार इटहरीमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

प्रदेश नम्वर १ को तराई तथा पहाडी जिल्लामा उत्पादन हुँदै आएका महत्वपूर्ण लघु घरेलु उत्पादनका सामग्रीको सघन सहभागिता गराइने औद्योगिक प्रदर्शनीअन्तर्गत सुनसरीको पटेर झल्ला, झापाको पेटानी, इलामको चिया, अलैँची, ताप्लेजुङको गलैँचा, खाँडी कपडा, धनकुटाको बाँस हस्तकला र फलफूल, भोजपुरको खुकुरी र करुवा, तेह्रथुमको ढाका, सङ्खुवासभाको अल्लो राडीपाखी लगायतका सामग्री प्रदर्शनीमा रहने बताइएको छ ।

घरेलु तथा साना उद्योगका प्रचुर दर्ता र हजारौँ मानिसले रोजगार प्राप्त गरिरहेको औद्योगिक सघनता रहेको सुनसरी जिल्लाका उद्यमीले पर्याप्तरुपमा बजार पाइरहेको अवस्था नरहेकाले त्यसको प्रवद्र्धन गर्न पनि यो प्रदर्शनी मेला निकै सहयोगी हुने विश्वास गरिएको छ ।

करिब १३ लाख रुपियाँ खर्च हुने प्रदर्शनी मेलामा कम्तीमा ७० वटा स्टल रहने र प्रदर्शनी अवधिमा २० हजार मानिसले प्रदर्शनीको अवलोकन गर्ने तथा त्यस अवधिमा कम्तिमा पनि एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको पनि पत्रकारसम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले पत्रकारसम्मेलनमा जानकारी दिए ।

सो अवसरमा इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष लिलम बस्नेतले ‘औद्योगिक क्षेत्रमा लगानी समृद्धिको सुनौलो बिहानी’ भन्ने नाराका साथ गर्न लागिएको यो प्रदर्शनी प्रदेश १ का लागि ऐतिहासिक बन्ने दावी गए ।





युवराज ठकुरी/सिंहदेवी,मोरङ, मङ्सिर १० गते।
उत्तरी मोरङको सिंहदेवी गाविस भित्र स्थापित सामुदायिक सस्थाहरुको  सार्वजनिक सुनुवाइ तथा समन्वय गोष्ठी
सिंहदेवी-५बिहिबारेमा सप्पन्न भएको छ।

सिंहदेवी गाविसमा२०७१सालदेखि स्थापना भई  सात वटा सामुदायिक सस्थाहरु गठन भई हाल आएर समुहमा बचत गर्दै क्षमता विकास लगायत साना तथा भौतिक पुर्वाधार निर्माण  कार्यहरु गर्दै अघिबढिरहेको सामुदायिक सस्थाहरुको संजालका अध्यक्ष खगेन्द्रप्रसाद जमरकट्टेलले बताउनु
भयो।

उक्त कार्यक्रममा सातवटा सामुदायिक सस्थाका प्रतिनिधिहरुबाट प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रमको औचित्य सामुदायिक विकास प्रयास नेपाल,विराटनगरका कार्यकारी अधिकृत बालकृष्ण पाण्डेले बताउनुभएको थियो।
       
पहाडी गाविस वाराङ्गी र सिंहदेवीमा सुरुवातमा लागु गरिएको उक्त गरिबी निवारण कोषको अनुदान रु  २१५९५१५र स्व-लगानी रु२१६५००,समग्र सस्थाहरुको रु६१०८०बचत र १९२जना सदस्य भइसकेको सामुदायिक संजालका अध्यक्ष सन्तोषी राईले बताउनुभयो।

सामुदायिक सस्था संजालको आयोजना र गरिबी निवारण कोष,काठमाडौ सामुदायिक विकास प्रयास नेपाल,विराटनगरको सहयोगमा भएको कार्यक्रम प्रयास नेपाल विराटनगरका संयोजक नेत्र अधिकारीको संचालन र सामुदायिक सस्था संजाल सिंहदेवीका अध्यक्ष खगेन्द्रप्रसाद जमरकट्टेलको सभापतित्वमा सप्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि विराट पर्यटन विकास सस्था काकरभिट्टाका अध्यक्ष डिल्लीराम शर्मा, अतिथिहरु माओवादी केन्द्रका खड्गबहादुर ठकुरी,नेकपा एमालेका दिलीप ठकुरी,नेपाली काङ्ग्रेसका डगलसिङ राई,एकीकृत विकास अभियान सिंहदेवीका उपाध्यक्ष प्रेम लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा सात वटा सामुदायिक सस्थाले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने सिंहदेवी गाविसको प्रत्येक वस्ती वस्तीमा सामुदायिक सस्था गठन गर्ने र प्रत्येक वर्ष भौतिक पुर्वाधार निर्माणका लागि योजना माग गर्ने सस्थाको लक्ष्य रहेको सस्थाका संयोजकले बताएका छन् ।



विराटनगर, मंसिर १० गते ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक
 र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संशोधन गरी सांसदहरुलाई बढाइएको तलब सुविधाको विरोध स्वरुप हिजो विराटनगरको ट्राफिक चौकमा भोकानाङ्गा सांसदहरुलाई भन्दै आर्थिक संकलन गरिएको छ ।

पब्लिक फोरमको आयोजनामा भएको कार्यक्रममा भोका नाङ्गा सांसदलाई भन्दै हिजो आर्थिक संकलन गरिएको हो । जनताहरु न्यूनत सेवा सुविधाबाट बञ्चित भैरहेको र देश दिनप्रतिदिन अधोगति तर्फ लागिरहेको अवस्थामा सांसदको तलब, सुविधा वृद्धि गरेकाले त्यसको विरुद्धमा आर्थिक संकलन गरिएको हो ।

संकलन भएको रकम सिडियो कार्यालय मोरङबाट संसद सचिवालय पठाइने उपभोक्तावादी संस्था पव्लिक फोरमले जनाएको छ । विद्यार्थी, बालबालिका, युवा, समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्णले पैसा संकलनमा सहभागी भएका थिए ।


बिराटनगर, मंसिर १० गते ।
नवजात शिशुको जन्म दिइ हत्या गरेको आरोपमा ओखलढुंगाको बेतेनी गाविस ६ की २२ वर्षीया गुनिसा मगरलाई प्रहरीले घरबाटै ९ गते पक्राउ गरेको छ ।

अवैध गर्भधारण गरि जन्मिएको स्त्रीजातको शिशु हत्या
गरेको स्थानीयले फेला पारेपछि उजुरीका आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

मगरले ०७३ मंसिर ४ गते नै शिशु जन्माएर सेफ्टी ट्यांकीमा फालेको बयानमा बताएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपक कुमार शाहले जानकारी दिनुभयो । घर नजिकैको शौचालयको सेफ्टी ट्यांकीमा शिशुको लास देखेपछि स्थानीयले हिजो नै प्रहरीलाई खवर गरेका थिए ।

पक्राउपछि घटनाकाबारेमा अनुसन्धान भइरहेको शाहले बताउनुभयो । आरोपितका पति बैदेशिक रोजगारीमा रहेकाले अबैध गर्भधारण गरेर जन्मेका् शिशुको हत्या गरेको हुन
सक्ने प्रहरीले जनाएको छ ।




उदयपुर, मंसिर ९ गते ।
संघीय समाजवादी फोरम पार्टीका नेता अशोक राईले अंगिकृतलाई राज्यका प्रमुख पद दिने गरि संविधान संशोधन गनुपर्ने आफ्नो माग नभएको स्पष्ट पार्नुभएको छ ।

कार्यकर्ता भेटघाटको लागि बुधबार बेलुका गृह जिल्ला उदयपुर आइपुगेका राईले बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैवाहिक अंगिकृतको सम्बन्धमा अन्तरिम संविधानअनुसार संशोधन हुनु पर्ने भन्ने गठबन्धनको माग रहेको बताउनुभयो । उहाँले अंगिकृत नागरिकताको बारेमा मधेसका समस्या समाधान गर्न नचाहने दल र व्यक्तिले हल्ला फिजाएको आरोप लगाउनुभयो ।

संविधान संशोधनको प्रसंगमा नेता राईले एक हप्ताभित्र संविधान संशोधनको प्रक्रिया सुरु नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । आन्दोलन कस्तो रहने भन्ने बारेमा भने उहाँले केही बताउनुभएन ।

वर्तमान सरकारप्रति लचक देखिएका राईले अहिलेका प्रधानमन्त्रीले संविधान संशोधनको छलफल अघि बढाई रहनु भएकाले केही आशा पलाएको बताउनुभयो । ‘मैले देखेको प्रधानमन्त्रीले जुन ढंगले संशोधनको बातावरण बनाउन लाग्नु भएको छ त्यसमा मलाई आशा छ’ नेता राईले भन्नुभयो, ‘संविधानमा भएका त्रुटि हटाउने प्रतिबद्धताका साथ प्रधानमन्त्री लाग्नु भएकाले संशोधन हुने मैले देखेको छु ।’

उहाँले राष्ट्रिय एकतालाई सुदृढीकरण गर्न संविधान शंसोधन आवश्यक रहेकाले सहमतिमा नै शंसोधन प्रक्रिया अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अघिल्लो संविधान सभाको स्वामित्व ग्रहण गर्दै राज्य पुनर्संरचना सम्बन्धी डा. मदन परियारको नेतृत्वमा रहेको उच्चस्तरीय आयोगले दिएको सुझावका आधारमा अगाडी बढनु पर्ने बताउनुभयो ।



मंसिर ९ गते ।
भोजपुर आगलागी पछि अवरुद्ध भएको बिद्युत लाइन मर्मत भई नसकेको भन्दै प्राधिकरणले बिद्युत सेवा संचालन नगरे पछि स्थानियले अस्थायीरुपमा भए पनि सेवा सुचारु हुनु पर्ने बताएका छन ।

भोजपुर सदरमुकामको भोटेपसलमा आइतवार बेलुका भएको आगलागीबाट बिद्युत सेवा प्रभावित बनेको भए पनि प्राधिकरणले बुधवारसम्म पनि बिद्युत सेवा पुन सुचारु गर्न नसकेको स्थानिय कृष्ण प्रधानले बताए । उनले भने प्राधिकरणले चार दिन भैसक्दा समेत अस्थायीरुपमा भए
पनि बिद्युत सेवा संचालनका लागि चासो नदेखाउँदा स्थानिय अध्यारोमा बस्न बाध्य भएका छन ।


बिद्युत लाइनमा मर्मतको कार्य भैरहेको प्राधिकरणले जनाए पनि बिद्युत सेवा सुचारु हुने टुंगो भने नदेखिएको स्थानिय संजिव कार्कीले बताए । उनले भने बिराटनगरबाट आएको केवल तार टाग्ने कार्य सकिए पछि मात्र बिद्युत लाइन सुचारु हुने प्राधिकरणका प्रमुखले जनाए पछि बिद्युत सेवा सुचारु हुन नसकेको हो । लाइन सुचारु नहुदाँ आगलागी क्षेत्रका साथै भोजपुर नगरपालिकाको पोखरे क्षेत्रको समेत बिद्युत सेवा अवरुद्ध बन्न पुगेको छ ।



बिराटनगर, ९ गते ।
जिल्ला ट्राफिक कार्यालयले मोरङ दुर्घट्ना न्युनिकरण गर्न कालागि चालकहरु र बाटो हिडने बटुवारे समेतलाई बिभिन्न कोटेशन लेखिएको प्लेकार्ड देखाएर सम्झाउने र स्कुलका बिधार्थीहरूलाइ कक्षामै पुगेर ट्राफिक नियामहरू सिकाउने र बुझाउने काम प्रहरीले गदै आएकाछन ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयमा police Inspector. धनप्रसाद दिवाकोटी आए पछि बिराटनगरको खराब ट्राफिक अबस्थालाई केहीहद सम्म सुधार उनमुख बनाउनुभएको पाइन्छ।

बर्सोै देखि बाटो क्बजा गरेर बसेका ठेेला रिक्सा बाटो बाटैमा
बटुवारे लाई हिडनै नहुने गरि आफनो संम्पती ठान्दै
बसेका हरूलाइ बाटोबाट हाल हटाइएको छ ।


डिउटी वालाले चासो नदिदा केहिठाउमा बाटोमै पसल थापेर बसन थालेको पाइन्छ । धनप्रसाद सिवाकोटी जिल्ला ट्राफिक
कार्यालयमा ईन्चाचार्ज भएर आए पछि रंगेली, उर्लाबारी, बेलबारी, लगाएत बिराटनगरको कोशी राजमार्गको जोगबनी रोडसेष महेन्द्र चोक देखि फहड गछ सम्मको ट्राफिकको अबस्थामा धेरै सुधार आएको पाइन्छ।

महेन्द्र चोक आस पासमा चोकै खराब हुनेगरी बाटो किनारामा
झुप्रा हाल्ने बानाउने ठेेला राखने पसल थापेर दिनभर चोकमा फोहोर बनाउने र बाटो चै आफनै बिर्ता ठान्नेलाइ पनि नगर सुरक्षा कर्मीहरूको सहयोगमा हाल हटाइ सो ठाउमा सुधार गरिएको पाङन्छ। बिराटनगर बजारभित्रका अस्पपताल चोक   गुद्री भट्टी मोड बुधहाट चोकमा ट्राफिक प्रहरीहरू र नगर सुरक्षा कर्मीहरूको पहलमा केही सुधार भएको पाइएको छ।

हाल नेपाल रेडक्रसको सहयोगमा ट्राफिक सप्ताह चलिरहेकाले नियाम बिपरित सवारीसाधन चलाउनेहरूबाट गत आ. ब. मा राजस्व रू एक करोड सडचालिस लाख ७७ हजार करिब उठेकोछ भने सवारीसाधन
३५ हजार ४,५४ वटा कारवाहीमा परेकाथिए।





बिराटनगर मङ्सिर ९ गते ।
साइबर क्राइम अभियोगमा सिरहा गोलबजारका पत्रकार अर्जुन थपलियालाई केन्द्रीय अनुसन्धान व्यूरो (सिविआई) को विशेष टोलीलेे गिरफ्तार गरेको छ ।

गोलबजारको मुख्य चोकबाट घर गईरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ ।

पत्रकारीताको आडमा अरुको चरित्र हत्या गर्ने उद्देश्य सहित विभिन्न सामाजिक संजाल (फेस बुक) मा लेखेको, दशैं तिहार र नयाँ वर्षमा मात्र निस्किने पत्रिकामा लेखेको भन्दै पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देवकुमार यादवले मुद्दा दायर गरेपछि पत्रकार थपलीयालाई पक्राउ गरेको जनाएको छ ।

उनले आफ्नो सामाजिक प्रतिष्ठामा नै आचपुग्नेगरी फेसबुकमा लेखेपछि मुद्दादिन बाध्य भएको बताएको छ । पत्रकार महासंघका अध्यक्ष यादवले अरुलाई त्यसरी सामाजिक प्रतिष्ठामा आँच आउने गरी फेसबुकमा लेख्ने जोकोहीलाई कार्वाही हुनु पर्ने बताएको छ ।

उनले पत्रकारीताका आचासंहिता विपतरित पत्रकारीताको आडमा जे लेख्दा पनि हुन्छ भन्ने मानसिकताले व्यक्तिको चरित्र हत्या गर्ने उदेश्य सहित लेखेको प्रति खेद व्यक्त गर्दै कडा कार्वाहीको माग गरेको छ ।

पत्रकारीताको धर्म नै विर्षेर व्यक्ति चरित्रहत्यामा उत्रिनु कुनैपनि हालतमा पत्रकाहिरता नभएको भन्दै मधेश मिडिया मिसन, प्रेस मञ्च, प्रेस सेन्टर लगायतका संगठनहरुले कार्वाहीको माग गरेको छ । पत्रकारीतालाई नै धुमिलो पार्ने क्रियाकलाप गर्ने, पत्रकारीताको आडमा व्यक्तिगत स्वार्थ पुरा गर्ने तत्वलाई कार्वाही गरिनु पर्ने उनीहरुले माग गरेका छन् ।



काठमाडौं, मंसिर ९ गते ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा राप्रपामा आज पनि छलफल जारी छ । राजधानीमा बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।

‘दुई पार्टीवीच एकीकरण भएपछि सुरु भएको केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्’, उहाँले भन्नुभयो, ‘आजको बैठकमा शीर्ष नेताहरूले धारणा राखेपछि बैठक विभिन्न निर्णय गरेर सकिनेछ ।

दुई राप्रपावीच एकीकरण भएपछि पहिलो पटक संयुक्त बैठक बसेको हो । बैठकले सांगठनिक विषयमा पनि निर्णय गर्ने बताइएको छ । बैठक सक्किएपछि आजै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने सदस्य गिरीले बताउनुभयो ।


मोरङ, मंसिर ९ गते।
मोरङको विराटनगर-६ स्थित मुनाल पथमा बुधबार को २१ प ५४५५ नम्बरको  स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा स्कुटर चालक विराटनगर-५ बस्ने शैलेश भट्टराई
र पछाडी सवार सोही ठाउँका ३० बर्षिय केवल देवान रहेका छन्।  घाइते दुवैजनाको विराटनर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ।

त्यसैगरी मोरङको बयरबन ९ बस्ने २२ बर्षिय गणेश राई बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएकोछ।
मंगलबार बेलुका घरबाट हिडेका राई नफर्किएपछी खोजी
गर्ने क्रममा बुधबार साँझ बयरबन स्थित फलैचा चेकमा उनी मृत अवस्थामा भेटिएका हुन्।

घटना बारे स्थानियले  इलाका प्रहरी कार्यालय पथरीमा खबर गरेपछी प्रहरीको टोली  खटिगइ थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।



 विराटगर मंसिर ८ गते ।
रोशन पोखरेल,
प्रज्ञिक केन्द्रीय बिधार्थी परिषद नेपालले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर १० , ११, १२ गते विराटनगरको तोदी भवनमा कार्यक्रम गर्ने भएको छ।

पत्रकार सम्मेलनमा देशभरबाट भविश्यका कणधार विद्यार्थीको उल्लेख्निय सहभागिता रहने उक्त कार्यक्रममा राष्ट्रिय महासचिव रमेश कडेल, राष्ट्रिय सचिव युरेस अधिकारी  नगर सचिव सुरेस मडल समेतले हस्ताक्षरित  विज्ञप्ती मार्फत जानकारी गराइएको थियो ।

तिन दिन सम्म सञ्चालन गरिने कार्यक्रममा देशको समसामयिक विषयमा युवा रोजगार समेटेर तयार पारिएको प्रतिवेदनका बारेमा बृहत रुपमा छलफल गरिने प्रज्ञिक परिषदका राष्टिय सचिव युरेश अधिकारी समेत तीन जनाको हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

 देशको विकाशमा युवा विद्यार्थीका बारेमा वृहत रूपमा छलफल गरिएको छ । सोहीअवसरमा नागरिक समाजले प्रज्ञिक परिषदका बर्तमान अध्यक्ष रमेश कडेललाई विशेष रुपमा सम्मान गरिने बताइएको छ ।



सोलुखुम्बु, मङ्सिर ८ गते । नेपाली सेनाले पानीको मात्रा घटाएपछि इम्जातालको जोखिम घटेका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९ युएनडिपि० को आर्थिक सहयोगमा समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनामार्फत नेपाली सेनाले आठ महिना लगाएर तालको ३ दशमलव ४ मिटर पानी घटाएको छ।

नेपाली सेनाले अघिल्लो वैशाखको पहिलो हप्ताबाट सुरु गरेको उक्त कार्यमा युएनडिपिले रु। ३० करोड सहयोग गरेको जनाइएको छ । अब तालको नियमित अनुगमन तथा व्यवस्थापन जल तथा मौसम विज्ञान विभागले गर्नेछ ।

इम्जाको पानी घटाउने काम सकिएपछि जडान गरिएको प्राविधिक संरचनाको आज बिहान खुम्जुङस्थित इम्जाताल परिसरमा आयोजित उद्घाटन समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणले इम्जातालको जोखिम न्यूनीकरणमा नेपाली सेनाले पुरियाएको योगदानको प्रशंसा गर्नुभयो ।

सो अबसरमा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले हिमतालको खतरालाई कम गर्न नेपाली सेना सक्षम रहेको कुरा इम्जामा गरेको कुशल कामबाट प्रमाणित भएको बताउनुभयो ।


बिराटनगर, मङ्सिर ८ गते  ।
पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्रबाट प्रशिक्षणरत प्रशिक्षार्थी १३३ औ समुहका प्रहरी जवानहरुलाइ हिजोबाट दिक्षित भई आ- आफनो कार्यक्षेत्र गएका छन ।

यस समापन समरोहका प्रमुख अतिथी पूर्व क्षेत्रिय प्रहरी प्रमुख श्रदेय श्रीमान् प्रहरी नायव महानिरीक्षक केशरी राज घिमिरे ज्यू लगायत सम्पुर्ण पूर्व क्षेत्रका सुरक्षा निकायका प्रमूखहरु, सन्चारकर्मी, र अन्य मानुभावहरुको उपस्थिति  रहेको थयो ।

यस अबसरमा दिक्षित भई जानु हुने जवानहरुको अभिभावक साथै केन्द्रका सिनियर प्रहरी अधिकृत, जुनिय प्रहरी अधिकृत  तथा अन्य प्रहरी कर्मचारीहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

   साथै १३३ औ टोलीका उतकृष्ट प्रशिक्षकहरुलाई पुरस्कारद्धारा सम्मानित समेत गरिएथियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.