Websoft University

राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर आउँदै, सुरक्षा व्यावस्था कडापारियकोछ


रोशन पोखरेल-विराटनगर कात्तिक ६ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर आउँदै हुनुहुन्छ । उहाँ ११ बजे विराटनगरमा आई पुग्नु हुने जनाइएको छ । एक नम्बर प्रदेशका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी विराटनगर आउनु लाग्नु भएको हो ।

हेलिकोप्टरबाट आउनु हुने भण्डारी छिन्नमस्ता मन्दिर सप्तरी दर्शनपछि कोशीटप्पु बन्यजन्तु आरक्षमा ओर्लनु हुनेछ । खाना खाएर ११ बजे जैन भवन आई उहाँ ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भई दिउँसो २ बजे काठमाडौ फर्कने बताइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले प्रदेश नम्बर १ का ३ हजार ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दैछ ।

सत्तरी वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्न लागिएको हो । सम्मानित हुनेमध्ये एकसय वर्षमाथि २१ जना छन् । कार्यक्रममा सहभागी हुन एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल विराटनगर आईसक्नु भएको छ ।

विराटनगरमा राष्ट्पति आउने भएपछि विराटनगरको टफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । राष्ट्पति आउनुभन्दा चारघन्टा अगावैदेखि नगरवासीले सास्ती खेप्नु परेको छ । विहानैदेखि सडकमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्पतिको कार्यक्रमस्थल मेनरोडमा सवारी आवागमन निषेध गरिएको छ ।

मेनरोड भएर साइकलयात्रुलाई समेत प्रवेश दिइएको छैन । कार्यक्रम सुरुवात हुनुभन्दा ३ घन्टा अगाडिदेखि नै उत्तरमा वडा प्रहरी कार्यालय क साथै दक्षिणमा जलजला मोडदेखिको मेनरोडमा  सवारी साधनलाई प्रवेशमा निषेध गर्दा गन्तव्यमा पुग्न खोज्ने वटुवा र आपत्कालीन सवारी साधनलाई समेत समस्या भएको छ । प्रहरी ठूलो मात्रामा परिचालन गरिएको भएपनि आपसी समन्वय नभएको देखिएको छ ।

साथै विभिन्न स्वास्थय संस्थाले बृद्धबृद्धाहरुको लागी निशुल्क स्वास्थ्य परिक्षण सेवा पनि संञ्चालन गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.