Websoft University

वारङ्गी, जाँते, लेटाङलगायतका गाउँमा बाटो बन्दै जनता उत्साहित



पथरी ९ मोरङ,१४ गते, कात्तिक।
मोरङको पहाडी क्षेत्र वारङ्गी, जाँते, लेटाङलगायतका गाउँमा विकासको कामले गति पाउन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

लेटाङ, वारङ्गी, जातेलगायतका गाविसमा सोही क्षेत्रका सर्वसाधारण मिलेर विकास निमार्णमा जुुटिरहेका छन् । मोरङको क्षेत्र नम्बर ९ का स्थानीय बासिन्दा सक्रिय भएपछि विकास निर्माणको कामले गति लिन थालेको हो ।


मोरङ जातेका सोमनाथ दाहालले पर्यटकीयस्थल भेडेटारलाई जोड्ने यो बाटोले पर्यटक प्रवद्र्धनमा समेत सहज पुग्ने बताए । मोरङको कानेपोखरीदेखि धनकुटा जोड्ने यो बाटोले करोडौँ रुपैयाँका लागतमा ६ नम्बर बुधबारेमा बन्न लागेको महेन्द्रनारायण निधि अस्पतालसम्म पुग्न सहज हुने उनको भनाइ थियो ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख रामचन्द्र रायका अनुसार पूर्व पश्चिम राजमार्गलाई पहाडी राजमार्गसम्म जोड्ने उद्देश्यले सुरु गरेको कानेपोखरी, लेटाङ तथा ६ नम्बर बुधबारे सडकको निर्माण कार्य अहिले तीव्ररुपमा भइरहेको छ ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख रायका अनुसार पहाडी क्षेत्रलाई तराईसँग जोड्न कानेपोखरी, लेटाङ हुँदै धनकुटाको ६ नम्बर बुधबारे जोड्ने उक्त सडकमा सडक मर्मत सम्भार एवम् विस्तार गर्दै कालोपत्रे गर्ने काम भइरहेको हो ।

१२ किलोमिटरसम्मको उक्त सडकमा सात मिटर चौडाइमध्ये पाँच मिटरमा कालोपत्रै गर्ने काम सम्पन्न भएको छ ।

त्यस्तै पहाडी गाविसमा रहेको वारङ्गी, लेटाङ, यांगशिलालगायतका खोलामा पुल निर्माणका नाप नक्साङ्कन तथा सर्वे समेत भइसकेको छ । लामो समयदेखि ट्रयाक मात्र खोलिएको उक्त सडक विस्तार एवम् कालोपत्रेका लागि आफूले सडक विभागमा पहल गरेको बताउँदै सांसद डिगबहादुर लिम्बूले बाटो बनेपछि विकासले गति लिने र सो क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्नमा सहयोग पुग्ने
बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.