Websoft University

आज मुलुकभर दिपावलि गरिदै



विराटनगर कात्तिक १४ गते ।
यमपञ्चकको तेस्रो दिन आज मुलकभर दीपावली गरि लक्ष्मी पुजा गरिदैछ । आज विहान गाईको गोबरले लिपपोत गरी साँझ घर घरमा दिपावली गर्नुका साथै धन धान्यकी देवी लक्ष्मीको भक्तिपूर्वक पुजा आरधना गर्ने चलन छ ।

लक्ष्मी पुजाका लागि आज घरका झ्याल ढोकाका साथै गाग्री र कलशमा फूलका माला लगाई आँगन, पिँडी, दलान कोठा, सफा पारिन्छ । आज सुन चाँदीका गरगहना, रुपैयाँ, पैसा र अन्य धनदौलतको पुजा गर्नाले धनधान्यले सम्पन्न भइन्छ भन्ने जनविश्वास रही आएको छ ।

जुन घरमा दीपावली गरिन्छ, त्यहाँ महालक्ष्मीले सदा बास गर्छिन् भन्ने धार्मिक विश्वासका आधारमा हिन्दुहरुले धनकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ ।

साँझ चामलको पिठोद्धारा लक्ष्मीको पाईलाको प्रतिक चिन्ह बनाई आँगनदेखि भण्डार तथा ढुकुटीसम्म र्पुयाई रातभर दिपावली गरि झकिझकाउ पार्ने गरिन्छ । सोही पाईलामा टेकेर लक्ष्मी गृहप्रवेश गर्छिन् भन्ने जनविश्वास छ ।

आज लक्ष्मीपुजा सकेपछि घरघरमा दैउसी भैलो खेल्ने परम्परा छ । भोली गाई र गोरु तिहारका साथै पर्सी भाइटीका मनाएर यमपञ्चक सम्पन्न हुने गर्दछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.