Websoft University

बारुदजन्य पटका आयात भै रहदा समेत प्रहरी मोैन


विराटनगर कात्तिक १५ गते । रोशन पोखरेल,
जिल्ला प्रहरी कार्यालय मोरङले तिहारको समयमा पटका जन्य विस्पोटक पटका आयातमा रोक लगाएको भएपनि विराटनगरका अधिकाश स्थानमा खुल्ला रुपमा आयात भै रहेको छ ।   विष्पोटक जन्य पटका र आतिसबाजीजन्य पटकाहरू विराटनगरका वजारमा व्यापारीहरु ले आयत गर्दा समेत मैन वसेको विराटनगर बासिले आरोप लगाएका छन । स्थानिय प्रहरीले नाम मात्रको रोक लगाएको विराटनगर १ का विकाश राईले बताउनुभयो ।

सिमा क्षेत्रमा तैनाथ प्रहरीले आर्थिक प्रलोभनमा पटका ल्याउदा पनि कमिशनको लोभमा पटकाको निवाध रुपमा नेपाल आयात भै रहेकोे जोगवनिका एक व्यातिmले नाम नवताउने शर्तमा बताएका छन । प्रहरीले सुरक्षा व्यावस्थामा नाम मात्रको कडाइ गरेको र सर्वसाधारण जनतालाई झुकाएर कमिशनको खेलमा पटका आयात भै रहेको बताइएकोछ।

विराटनगरमा खुल्ला सिमानाका कारण बारुदजन्य पटका आयात भै रहेको एक प्रहरी अधिकृतले बताएका छन । तर प्रहरीले यस विषयमा सादा पोसाकमा प्रहरी परिचालन गरेपनि उल्लेनिय उपलव्धि भने हाँसिल गर्न नसकेको उनले बताएका छन । रातको समयमा अति नै धेरै विष्पोटक पदार्थ पडकने गरेको कारण सुत्न समेत समस्या भएको विराटनगर ६ का आशिष रौनियारले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.