Websoft University

सुन बजारमा अभाव हुन थाल्यो


विराटनगर कात्तिक १० गते।
तिहार र बिवाहको सिजन नजिकिएसँगै बजारमा सुनको अभाव हुन थालेको छ । चाड बाडकै अवसरमा सुन खरिद
गर्ने उपभोक्ताको संख्या बढेकाले बजारमा अभाव देखिएको सामान्य अवस्थामा सुनको दैनिक माग १५ किलो हो ।
तर हाल माग २५ किलो नाघेको व्यवसायीहरु बताएका
छन।

माग बढेपछि व्यवसायीहरुले तोलामा थप ५ सय रुपैयाँ बढी लिएर बिक्री गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तिहार सुरु हुन तीन÷चार दिन मात्रै बाँकी रहेकाले गहना खरिद गर्न आउने ग्राहकको संख्या निकै बढेको छ । जसले गर्दा दैनिक माग २५ किलो नाघेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
महासंघका अनुसार बजार मागअनुसार राष्ट्र बैंकले कोटा बृद्धि नगरेकाले अभाव भएको छ ।

राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.