Websoft University

तिहार सुरु - आज कागको पूजा गरिँदै


कात्तिक १२ गते ।  कात्तिक कृष्ण त्रयोदशीका दिन शुक्रबार कागको पूजा गरी कागतिहार मनाइँदैछ ।  यमपञ्चकको यो पहिलो तिथिदेखि पाँच दिनसम्म यमलोकबाट आफ्नी बहिनी यमुनालाई भेट्न यमराजले मत्र्यलोक विचरण गरेका हुन्छन् भनिन्छ ।
कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गर्ने भूमिका खेलेको प्रसङ्ग यो दिनसँग जोडिएको छ ।  कागलाई यमदूतका रूपमा पूजा गरिन्छ ।  कागलाई यसै दिन भोजन गराउँदा सोझै पितृले पाउँछन् भन्ने शास्त्रीय मान्यता छ ।  ज्योतिष डा। सुनिल सिटौलाका अनुसार कागलाई नित्य भोजन गराउँदा प्रशस्त धनलाभ हुने ज्योतिषशास्त्रीय मान्यता छ ।  कागलाई निकै चतुर पक्षीका रूपमा बुझिँदै आएको छ ।
यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको आराधना गरी
राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ ।  बाग्मती अञ्चल आयुर्वेद औषधालय ९जयबागेश्वरी०ले जयबागेश्वरीमा अवस्थित धन्वन्तरीको पीठमा पूजन गरेर दिवस मनाउँदैछ ।

मुलुकमा धन्वन्तरीको एकमात्र प्रस्तरपीठ रहेको यो क्षेत्र रावणलाई उपचार गर्ने वैद्य समुदाय बसोबास गर्ने थलोका रूतिहार सुरु आज कागको पूजा गरिँदै कात्तिक १२ गते ।  कात्तिक कृष्ण त्रयोदशीका दिन शुक्रबार कागको पूजा गरी कागतिहार मनाइँदैछ ।  यमपञ्चकको यो पहिलो तिथिदेखि पाँच दिनसम्म यमलोकबाट आफ्नी बहिनी यमुनालाई भेट्न यमराजले मत्र्यलोक विचरण गरेका हुन्छन् भनिन्छ ।

कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गर्ने भूमिका खेलेको प्रसङ्ग यो दिनसँग जोडिएको छ ।  कागलाई यमदूतका रूपमा पूजा गरिन्छ ।  कागलाई यसै दिन भोजन गराउँदा सोझै पितृले पाउँछन् भन्ने शास्त्रीय मान्यता छ ।

ज्योतिष डा। सुनिल सिटौलाका अनुसार कागलाई नित्य भोजन गराउँदा प्रशस्त धनलाभ हुने ज्योतिषशास्त्रीय मान्यता छ ।  कागलाई निकै चतुर पक्षीका रूपमा बुझिँदै आएको छ ।
यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको आराधना गरी राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ ।  बाग्मती अञ्चल आयुर्वेद औषधालय ९जयबागेश्वरी०ले जयबागेश्वरीमा अवस्थित धन्वन्तरीको पीठमा पूजन गरेर दिवस मनाउँदैछ ।  मुलुकमा धन्वन्तरीको एकमात्र प्रस्तरपीठ रहेको यो क्षेत्र रावणलाई उपचार गर्ने वैद्य समुदाय बसोबास गर्ने थलोका रूपमा पनि प्रख्यात छ  । पमा पनि प्रख्यात छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.