Websoft University

यतिबेला सरकार सानातिना काममा अल्झने बेला होइन: महामन्त्री कोइराला


काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका महामन्त्री
डाक्टर शशांक कोइरालाले संविधान कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस टोखाले तिहार तथा छठ पर्वका अवसरमा बुधबार राजधानीमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री कोइरालाले संविधान कार्यान्वयनपछि मात्र विधिको शासन कायम हुने भएकाले सबै दल मिलेर त्यसतर्फ जानुपर्नेमा जोड दिएका हुन् ।

अहिले सरकार सानातिना काममा अल्झने समय नभएको भन्दै उनले ठूलो पार्टी भएको हैसियतले नेपाली कांग्रेसले मुलुकलाई निकास दिनुपर्ने बताए ।

महामन्त्री कोइरालाले सरकारले निर्वाचनको तयारी गर्न ढिलाई गरेकोमा असन्तुष्टि बताए ।

उनले निर्वाचनको तयारीलाई तिव्रता दिन सरकारलाई आग्रह गरे । स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन सम्पन्न गरेपछि मुलुकले गति लिने भन्दै उनले निर्वाचनका लागि सबै दल तयार हुनुपर्ने पनि बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.